Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आश्वासनले बैतडीका १२ मजदुरको परिवार बिचल्लीमा 
आश्वासनले बैतडीका १२ मजदुरको परिवार बिचल्लीमा  नेत्तृत्वमा रहेकाहरुले आश्वासन दिइरहे, उनिहरु काम गरीरहे, तर पारीश्रमिक पाएनन् 
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, साउन २०, २०७९

 बैतडी,  
‘त्यतीबेला नै तपाईको काम छैन भनेको भए हामि घर जान्थ्यौ, तर हामि काम गरीरहे, नेत्तृत्वमा रहेकाहरुले प्रक्रिया मिलाएर पारीश्रमिक दिउला भनीरहे, तर अहिले सम्म दिएनन् ।’
२०७८ साउन ६ गते अनशन तोड्ने बेला नै मेलौली १ घर भएका लेन्थवर्कर बजीर सिंह नायकले भने थिए । ‘अहिले सडकमा बसेको अनशन मात्रै तोडेका हौ, तर हाम्रो परिवार हिजो पनि अनशनमै थियो, भोली पनि अनशनै हुने छ ।’ साच्चै त्यहि भएको छ । बजीरकी आमाले भनिन् ‘दुई वर्ष भयो, पेटभरी खानै पाएका छैनौं, छोराछोरीको लुगाफाटो त के छारोले २ वर्ष देखि गरेको कामबाट नुन समेत किन्ने पौसा पाएनौँ ।’ लालाबाला हुर्काउननै समस्या भएको उनले बताइन् । ‘२ वर्ष देखि किनेको चामलको पैसा तिर्न सकेको छैन, साहुले थर्काउने गर्छ । बजीरले भने, बेजोग हालत छ, बाच्नै मुस्कील भयो,’ उनले भने । 

No description available.
मेलौली १ कै अर्की लेन्थवर्कर सरस्वती साउँदको पनि दुःख भनि नसक्नुको छ । गत वर्ष कात्तिक २३ गते बिद्युत सट भएर जलेको घरलाई मर्मत गर्न साह्रै समस्या भयो । बस्ने घरसमेत जलेपछि ६ महिना सम्म  दुई छोरी र एक छोरालाई लगेर माइतमै बसिन ।  ‘बल्लतल्ल जेनतेन बैशाखमा घरमा बस्न पाए, छ महिना माइत बसे, जसोतसो आफन्तको सहयोगमा झुप्रो त मर्मत भयो, अहिले ऋण मागेर परिवार पाल्नै गाह्रो भएको छ ।,’ उनले सुनाईन् ।
उनिसँगै काम गर्ने १२ जना लेन्थवर्करहरुको अवस्था उस्तै छ । ‘दिनकै साहु कराउछ, रासनको पैसा समेत दिन सकिएको छैन, बालबच्चा पाल्नै धौधौ छ,’ लेन्थवर्कर लाल सिंह ठगुन्नाले भने, नेताहरुले आश्वासन नदिएको भए दुई वर्षसम्म नअल्झिने पनि उनले बताए । ‘बैतडीबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघिय सांसदहरुले आश्वासन दिएका हुन्, त्यसपछि बहालवाला मन्त्री देखि मुख्यमन्त्री र प्रधानमन्त्रीले समेत आश्वास दिए तर पारीश्रमिक दिएनन् ।’ उनले भने । 

No description available.
दुई वर्ष लगातारका काम गरेर नून किन्ने समेत पैसा नपाएको अर्का लेन्थवर्कर पाटन ६ लक्ष्मी पन्तले बताईन् । त्यतीबेला सरोकार वाला निकायका सबै प्रतिनिधिहरुले  प्रक्रिया मिलाएर तलव खुवाउछौ भनेर झुक्याएको उनले बताइन् । ‘भौतीक पुर्वाधार कार्यालय मातहत जाने बेला नै पुर्वाधार कार्यायल प्रमुख जगत प्रकाश जोशीले पारीश्रमिक दिलाउछौँ भनेका हुन्, संघिय सांसद दामोदर भण्डारीले पनि काम गर्नुहोस भनेकै हुन्, प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री पठान् सिंह बोहराले पनि काम गर्दै गर्नुहोला भनेका हुन्,’ पन्तले भनिन्, ‘अहिले रुवाएर छाडे सबैले ।’
पाटन पञ्चेश्वर सडकखण्डमा काम गरेका १२ जना लेन्थवर्करहरुले काम गरेको पैसा नपाएको भन्दै गत वर्ष असार १८ गते देखि साउन ६ गते सम्म पाटनमा अनशन बसेका थिए । अनशन उनिहरुको माग सम्बोधनको लागि तत्कालिन जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले उनिहरुको माग सम्बोधनका लागि प्रतिबद्धता जनाए । र उनिहरुले १९ दिनपछि अनशन तोडे । पारीश्रमिक नपाउनेमा हरि सिंह ठगुन्ना, जयाराम भुल, हरजित सिंह महरा,लक्ष्मी दमाई, डम्मरी भण्डारी, पार्वती पन्त, लक्ष्मी पन्त, घनश्याम भट्ट, दिनेश अवस्थी,लाल सिंह ठगुन्ना, सरस्वती साउँद र बजिर सिंह नायक रहेका छन् । 
पाटन–पञ्चेश्वर सडकखण्डमा लगातार दुई वर्ष काम गरेका उनिहरुले पालिका प्रमुख देखि प्रदेश सांसद, संघिय सांसद, प्रदेशका मन्त्री, मुख्य मन्त्री देखि प्रधानमन्त्रीसम्मकाले लिखित तथा मौखिक आश्वासन बाहेक केहि दिन सकेनन् । 
संघिय सरकार मातहत रहेको पाटन पञ्चेश्वर सडकखण्ड  आर्थिक वर्ष २०७५ ०७६मा प्रदेश सरकार मातहत गएको थियो । तर प्रदेश सरकार मातहत रहदा पनि उनिहरुले २०७६असोज सम्म पारीश्रमिक पाए । त्यसपछि उनिहरुलाई ‘प्रक्रिया मिलाएर पारीश्रमिक खुवाउला काम गर्दै गर्नुहोस’ भनेर आश्वासन पाइरहे । लेन्थवर्कर जयराम भुलका अनुसार तत्कालीन भौतीक पुर्वाधार कार्यालयका प्रमुख जगत प्रकाश जोसीले मात्रै नभई बैतडीबाट प्रतिनिधित्व गर्ने सांसद देखि तत्कालिन भौतीक पुर्वाधार मन्त्री पठान सिंह बोहराले समेत प्रक्रिया मिलाएरु तलव खुवाउने आश्वासन दिएका थिए । 
तर २ वर्षको अवधिमा मुख्यमन्त्री र प्रधानमन्त्रीबाट समेत लिखित तथा मौखिक आश्वासन पाईरहेका उनिहरुले पारीश्रमिक  पाएका छैनन् । ‘लेन्थर्वकर जयराम भुलले भने, पालिका सरकार देखि संघिय सरकारका प्रमुखहरुले आश्वासन मात्रै दिए, पारीश्रमिक दिएनन ।’ लेन्थवर्कर भुलले भने, ‘त्यतीबेला नै तपाईको काम छैन भनेको भए हामि घर जान्थ्यौ, तर हामि काम गरीरहे, नेत्तृत्वमा रहेकाहरुले प्रक्रिया मिलाएर पारीश्रमिक दिउला भनीरहे, तर अहिले सम्म दिएनन् ।’ उनले सुनाए । 
उनिहरुले प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय र प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष पनि पटक पटक भेटेर कुरा राखीसकेका छन् । मुख्य मन्त्रीको कार्यालयबाट भौतिक पुर्वाधार मन्त्रालयमा पारीश्रमिक खुवाउन पत्र जारी भइसकेको छ तर कुनै प्रतिक्रिया आएको छैन । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्री परिशदको कार्यालयबाट समेत प्रारीश्रमिक सुनिश्चितताका बिषय अगाडी बढाउन पत्राचार भएपनि कुनै सुनुवाई भएको छैन । 
नेपाल सडक मजदुर टे«ड युनियनका अध्यक्ष निराजन पाण्डेयले यसबिषयमा पारीश्रमिक भुक्तानीका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समक्ष पत्र पेस गरेका थिए । त्यसपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कायार्यालयले सुदूरपश्चिम प्रदेश सरकारलाई पत्र पठाएको थियो । लगत्तै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि भौतिक पुर्वाधार कार्यालयलाई कारवाही अगाडी बढाउन आदेश जारी गरेको थियो । 
गत वर्ष भदौ १८ गते लेन्थवर्करहरुले अनशन तोडेको दिन तत्कालिन जिल्ला समुन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा बसेको सर्बपक्षिय बैठकमा बैतडबाट प्रदेश सांसद प्रेम प्रकाश भट्ट आदित्य, तत्कालिन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, तत्कालिन भौतिक पुर्वाधार कार्यालयका प्रमुख जगत प्रकाश जोशी लगायत स्थानीय तहका प्रमुख एवं प्रतिनिधिसहित सुरक्षा निकायको उपस्थितमा बसेको बैठकमा प्रदेश सर संघिय सरकारसमक्ष उनिहरुको माग सम्बोधनको लागि पहल गर्ने र उक्त सडक मर्मत भइसकेपछि लेन्थवर्करको रुपमा उनिहरुलाई नै राख्ने सहमती भएको थियो । 
उक्त सहमती भएपछि लेन्थवर्करहरु लगत्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेका थिए । मुख्य मन्त्रीले पनि लगत्तै निति बनाएर पारीश्रमिक सुनिश्चित गर्ने बताएका थिए । ‘ गत वर्ष साउन १७ गते मुख्यमन्त्रीलाई भेटेका हौँ, मुख्यमन्त्रीले छिट्टै निति बनाएर पारीश्रमिक दिन्छौँ, ढुक्क हुनुहोस भनेका हुन्, केहि सुनुवाई भएन,’ अर्का लेन्थवर्कर हरिश ठगुन्नाले भने । 
तत्कालिन भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले आफुले लेन्थवर्करहरुको ब्यवस्थापनको बिषयमा चासो राखेको बताए । ‘उनिहरुलाई भेटेर प्रक्रिया मिलाएर तलव खुवाउने भनेको हु, मैले उक्त प्रश्ताव मन्त्रीपरिषदमा लैजाने तयारी हुदैगर्दा मलाई सरकारले मन्त्रीबाट हटायो,’ उनले भने ।, ‘मन्त्रालयबाटै हुने कुरा थिएन, मैले क्याबिनेटमा लैजाने तयारी गरको बेला म सरकारबाट बाहिरिए ।’ छुट्टै कार्यबिधि बनाएर उनिहरुको ब्यवस्थापन गर्न सकिने पनि उनको धारणा छ । 
बैतडीबाट प्रदेश सांसद लिलाधर भट्टले प्रदेश सरकारले प्रदेश मातहतका सडकहरुका निम्ति निति निर्माण बनाउन नसक्दा समस्या आएको बताए । प्रदेश मातहतका सडकहरुका निम्ति निति निर्माणका लागि पटक पटक आवाज उठाउदा पनि सुनुवाई नभएको उनले बताए । ‘लेन्थवर्करको व्यवस्थापनको लागि प्रदेश सभाको  बैठकमा दुईदुई पटक कुरा उठाएको हु, मुख्यमन्त्रीलाई पटक पटक भेटेरै आग्रह गरियो, तर कुनै चासो दिइएन । उनले भने ।’
सडक हस्तान्त्रणमा ढिलाई संरक्षण नहुदा भत्किन सुरु 
आथिर्क वर्ष २०७५ ०७६मा पहिलो पटक सुरुको १२ किलोमिटर ठेक्क सम्झौता भएको थियो । अहले उक्त १२ किलोमिटर सडक निर्माण सम्पन्न भएको २ वर्ष पुग्नै लागेको छ । तर हस्तान्त्रण हुन सकेको छैन । भौतिक पुर्वाधार विकास कार्यालय बैतडीका सुचना अधिकारी निर्पराज जोशीका अनुसार  निर्माण सम्पन्न भएको भएपनि छछेउछाउ भत्किन थालेपछि म्याद थपिएको छ । सुरुको १२ किलोमिटर निर्माण सम्पन्न भइसकेको र कात्तिक भित्रै हस्तान्त्रण हुने तत्कालिन भौतिक पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत प्रशाद जोशीले बताएका थिए तर थप एक वर्ष हुनै लाग्दा पनि हस्तान्त्रण भएको छैन ।   नाली, वाल तथा सडक भासिन  सुरु भइसकेको छ । संरक्षण नहुदा निर्माण गरिएको सडक भत्किन सुरु भएको हो । 
निर्माण कम्पनीलेले आसोजमै सक्ने गरी काम भइरहेको जनाएको छ । पाटन देखि मेलौली सम्मको ३४.४ किलोमिटर सडकखण्ड स्तरोन्नतीको काम असोज भित्रै सम्पन्न गरी एकै पटक हस्तान्त्रणको तयारी भइरहेको उनले बताए । ‘सुरुको १२ किलोमिटरको काम सकेको २ वर्ष भइसक्यो, त्यो हस्तान्त्रण हुन सकेन, तर भुक्तानी भइसकेको हो,’ निर्माणको जिम्मा पाएको ग्वाल्लेक निर्माण कम्पनीका इन्जिनियर कृष्ण ओझाले भने, ‘अब मेलौली सम्मको सबै काम असोजमा सकेर हस्तान्त्रणको तयारीमा छौ ।’ 


प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्