Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नयाँ सहर योजनाः ल्याण्ड पूलीङमा हलो अड्कीयो 
पाटन नयाँ सहर योजनाः ल्याण्ड पूलीङमा हलो अड्कीयो  अन्य कामहरु भइरहेको भएपनि नयाँ शहरको झल्को दिने ल्याण्ड पूलीङको काम अघि बढ्न सकेन 
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, भदौ १२, २०७९

 बैतडी, 
बैतडीको पाटन नयाँ शहरको काम पनि सोचे अनुरुप अघि बढ्न सकेको छैन । नमुना शहर विकासको पहिचानसँग जोडिएका कामहरुले गति लिएको छैन । पाटन बजार क्षेत्रमा सडक स्तरोन्नती भएको भएपनि ढल निकासको काम भएको छैन । फोहोर ब्यवस्थापन केन्द्र पनि बनेको छैन । नमुना बसपार्क पनि सञ्चालनमा आएको छैन । यसैगरी नयाँ नमुना शहरको मुख्य काम जग्गा एकीकरण गर्ने प्रक्रिया सुरु समेत भएको छैन ।   
मुख्यतया ल्याण्ड पुलिङको काम सुरु हुन नसक्दा अन्योल भएको हो । ल्याण्डपुलीङ अर्थात जग्गा एकिकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउदा काम अघि बढ्न सकेको छैन । जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुदासम्म नयाँ शहरी विकासको कार्यालयलाई लालपुर्जा सहित जग्गा हस्तान्त्रण गर्नुपर्ने हुन्छ । त्यस ठाउँमा नयाँ शहरी विकासको कार्यालयले उपयुक्त बासोबासको लागि घर, खानेपानी, खेल्ने चौर, बिद्युतीकरण देखि सुविधा सम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्त्रण गर्ने कार्यक्रम हो । 
तर नयाँ शहर आयोजनाको मुख्य कामको रुपमा रहेको जग्गा एकीकरणको काम अघि बढ्न नसकेको नयाँ शहरी विकास कार्यालय पाटनले जनाएको छ । स्थानीयले जग्गा नदिएकाले उक्त काम अघि बढ्न नसकेको नयाँ शहरी आयोजनाका सुचना अधिकारी यन्जिनीयर रोहितराज भण्डारीले जानकारी दिए । ‘पाटन नगरपालिका ६ को डोबरा टोल आसापासमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ)गर्ने डिपिआरमा उल्लेख गरिएको छ, तर त्यो ठाउँका जग्गाधनीले जग्गा दिन नसक्दा उक्त काम अघि बढ्न सकेको छैन,’ उनले भने । 
यसैगरी नया बसपार्क समेत अलपत्र अवस्थामा रहेको छ । वसपार्कमा घास उम्रिएका छ । संरचनाहरु पनि बिजारीसे जस्तै देखिएका छन् नयाँ शहरी विकास कार्यालय अगाडीको वस पार्क अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । काउण्टर राख्ने भवनका लागि ठेक्का भइसकेको र निर्माण सम्पन्न भइसकेपछि मात्रै सुचारु हुने सुचना अधिकारी भण्डारीले बताए । नयाँ शहरी विकासको कार्यक्रम अन्तरगत हिरापुर पार्क निर्माण, बजार क्षेत्रको सडक स्तरोन्नती र अन्य वडाहरुमा पनि सडक निर्माण लगायतका संरचना बनेका छन् । 
ल्याण्ड पुलीङको सवालमा यहाँका स्थानीयहरुले पुनः छलफल गरिने नयाँ शहरी विकास समितिका संयोजक एवं नगर प्रमुख गौरी सिंह रावलले बताए । ल्याण्ड पुलीङ बन्न लागेको क्षेत्रमा स्थानीयहरुसँग बसेर निष्कर्षमा पुगिने उनले बताए । ‘नयाँ नगर समिति बनेको छ, सबैसँग छलफल र समुन्वय गरेर अघि  बढ्छौ,’ उनले भने । 
राजनितिक खिचातानीले काम अघि बढ्न नसकेको सरोकारवालाले बताएका छन् । ल्याण्ड पुलिङ हुने क्षेत्र डोबरा टोलका स्थानीय समेत रहेका नगर विकास समितिका पुर्व सदस्य समेत रहेका चमन कुमार भण्डारीका अनुसार राजनितिक खिचातानीले काम हुन नसकेको बताउछन् । ‘सुरुको नगर विकास समितिमा रहेर मैले पनि काम गरेको हो, त्यतिबेला ल्याण्ड पुलिङकै कामका लागि ४२ जना स्थानीयको नागरीकता र लालपुर्जा शहरी विकासको कार्यालयमा बुझाएका थियौँ,’ उनले भने ‘त्यतीबेला काम अघि बढ्न सकेन, त्यसपछि समिति परिवर्तन भएर यहाँसम्म आइपुग्दा कुनै प्रगती भएन,’ भण्डारीले भने । 
आर्थिक वर्ष २०६७ ०६८  सालमा १० वटा नमुना शहर बनाउने सरकारले घोषणा थियो । सोही अनुरुप बैतडीको पाटन पनि नमुना शहरको रुपमा विकासित गर्ने सुचमा परेको थियो । घोषणा भएका पहिलो आर्थिक वर्ष २०६७ ०६८मा ३० लाख बजेट आएको थियो । त्यसपछिका २ आर्थिक वर्षमा बजेट आएको थिएन । आर्थिक वर्ष २०७० ०७१ देखि लगातार बजेट आइरहेको छ । नयाँ शहरी विकासको कार्यालय श्रोतका अनुसार हाल सम्म नयाँ शहरी विकासको कार्यक्रमका लागि पाटनमा ८२ करोड ३० लाख बजेट आएको छ । त अधिकांस योजनाहरु अलपत्र अवस्थामा छन् ।
 


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्