Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ‘एक बिद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै
बैतडीमा ‘एक बिद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै
डम्बर बोहरा
डम्बर बोहरा मंगलबार, भदौ १४, २०७९

बैतडीको मेलौली नगरपालिका ७  की लक्ष्मी भट्ट  स्वास्थ्यमा सामान्य समस्या आएको बेला पनि बिद्यालय जान डराउथीन् । महिनावारी भएको बेला त झन् पेट दुख्ने र अन्य समस्याका कारण पढाई नै छुट्ने गरेको थियो । महिनावारीको समयमा निम्तीने स्वास्थ्य समस्याका कारण बिद्यालय छुट्ने गरेको भएपनि अहिले भने अवस्था बदलिएको छ । उनी अहिले नियमित बिद्यालयमा उपस्थीत हुने गरेकी छिन् । 
मणिलेक माध्यामिक बिद्यालयमा अध्ययनरत भट्ट एक बिद्यालय एक नर्स कार्यक्रम सञ्चालन पछि महिनावारीको समयमा निम्तीने सम्भाबित स्वास्थ्य समस्याको बारेमा आवश्यक परामर्श र औषधी बिद्यालयमै पाइरहनुभएको छ । ‘कक्षा सञ्चालन भैरहेको समयमा स्वास्थ्यमा समस्या आएको  अवस्थामा स्वास्थ्य संस्था तथा औषधी पसल सम्म जानुपथ्र्याे अहिले त्यस्तो छैन् ’ उहाँले भन्नुभयो ‘बिद्यालयमा परामर्श सेवा देखी औषधी पनि उपलब्ध छ ।’ बिद्यालय समयमा कुनै किसीमको स्वास्थ्य समस्या आइहाले नजिकमा स्वास्थ्य संस्था पनि नहुँदा समस्या हुने गरेको उहाँले बताउुनभयो । 
‘खेल्दा चोटपटक लाग्यो , सामान्य टाउको दुख्यो, अथवा पेट दुख्यो भने पनि कक्षा छोड्नुपर्ने, परामर्श र सामान्य औषधीका लागि स्वास्थ्य संस्था सम्म पर्ने बाध्यता थियो’, सिगास गाउँपालिका २ को अर्जुन माध्यामिक बिद्यालयमा अध्ययनरत छात्र शेर सिह धामीले भन्नुभयो ‘बिद्यालयमा औषधी उपचार पनि पाइरहेका छौ ।’ बिद्यालय नर्स कार्यक्रमले कक्षामा नियमीत उपस्थीत हुन पनि सहज गरेको धामीले बताउनुभयो । 
किशोराअवस्थामा आउने समस्या र परिवर्तनका बारेमा खुलेर कुरा गर्न असहज मान्ने किशोरीहरुले आजभोली खुलेर कुरा गर्न थालेका छन् । अरु बेलामा खासै खुलेर कुरा गर्न नचाहाने किशोरीहरुले पनि अहिले आफ्ना कुराहरु राख्ने गरेको मणिलेक माध्यामिक बिद्यालयका कार्यरत बिद्यालय नर्स यशोदा टेलरले बताउनुभयो । माथिल्लो कक्षाका किशोरीहरुले आफ्ना समस्याहरु शिक्षकहरुसँंग राख्न हिस्कीचाउथे, अहिले आफ्ना कुराहरु खुलेर राख्ने गरेका छन् उहाँले भन्नुभयो । 
एक बिद्यालय एक नर्स कार्यक्रम अन्तर्गत कक्षा सञ्चालन भइरहेको समयमा आउने स्वास्थ्य समस्या संगै खेल  खेल्ने क्रममा चोटपटक लागेमा प्राथमिक उपचार सेवा प्रदान हुने गरेको बताउदै बिद्यालय नर्स टेलरले स्वस्थकर खानपिन, घरेलु हिसां, यौन शिक्षा लगायतका बारेमा बिद्यार्थीहरुलाई परामर्श दिइरहेको बताउनुभयो । 
एक बिद्यालय एक नर्स कार्यक्रम सञ्चालन भएदेखी बिद्यार्थीको नियमित उपस्थीति बढेको छ । स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि अनुपस्थीत हुने बिद्यार्थीहरु अहिले नियमित रुपमा बिद्यालयमा आउने गरेको मणिलेक माध्यामिक बिद्यालयमा प्रधानाध्यपक  रमेशदत्त बागले बताउनुभयो ।‘बिद्यालय नर्स कार्यक्रम बिद्यार्थीहरुका लागि एकदमै राम्रो र प्रभावकारी रहेको छ’ उहाँले भन्नुभयो ‘नियमित बिद्यालय आउँदा पढाई राम्रो हुने भयो, नियमित स्वास्थ्य परिक्षणले बिद्यार्थीहरु पनि स्वस्थ पनि रहने भए ’
सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत एक बिद्यालय एक नर्स कार्यक्रम बैतडीका तीन स्थानीय तहका तीन ओटा सामुदायिक बिद्यालयमा लागु भएको छ । सिगास गाउँपालिका २ को अर्जुन माध्यामिक बिद्यालय, मेलौली नगरपालिकाको मणिलेक माध्यामिक बिद्यालय र डिलाशैनि गाउँपालिकाको दुर्गा माध्यामिक बिद्यालयमा यो कार्यक्रम लागु भएको हो । 
विद्यालय नर्स कार्याक्रमले यहाँका तीनवटै विद्यालयमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु प्रभावकारी बन्दै गएको छ । किशोरकिशोरीहरु आफ्ना स्वास्थ्यका समस्याहरु खुलेर भन्न थालेका छन् भने नर्सले पनि समस्या समाधानका उपायबारे जानकारी तथा परामर्श दिइरहने गरेका छन् । यसैगरी मानसिक स्वास्थ्य सम्बन्धि सुझाव सल्लाह पनि प्रदान भइरहेको नर्सहरुले बताएका छन् । यस कार्यंक्रमबाट विद्यार्थीहरुको सहभागिता बढेको छ भने गुणस्तर बृद्धीमा पनि यस कार्यक्रमले प्रभावकारी भुमिका खेल्ने विश्वास गरिएको छ ।   
 


प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्