Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा मकै जोगाउन सकस, टहरा बनाएर खेतमै बास
बैतडीमा मकै जोगाउन सकस, टहरा बनाएर खेतमै बास
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, भदौ १५, २०७९

बैतडी, 
बैतडीको पाटन ५ अड्तोलाका रामदत्त पाण्डेको विगत एक महिना देखि उनको खेतमै बास छ । उनि मकै जोगाउन खेतको आलीमा अस्थायी टहरा बनाएर बस्ने गरेका छन् । ‘चौबिसै घण्टा जागराम बस्नुपर्छ, बाली जोगाउनै प¥यो, उनले भने, बदेल र बादरले बर्खाभरी सुखले बस्न दिएन,’ साउन पहिलो साता देखि अस्थायी टहरा बनाएर मकै जोगाउन अस्थायी टहरामा बस्दै आएको उनले सुनाए । बाँदर र बदेलको आतंकले किसानहरुलाई वाली जोगाउनै सास्ती हुने गरेको उनले बताए । 
सुर्नया गाउँपालिका ५ का दल बहादुर बिष्टलाई पनि बाँदरबाट मकै जोगाउन हम्मेहम्मे छ । खेतमै ओहोरदोहोर गर्दागर्दै दिन बित्ने गरेको उनले बताए । बदेल र बाँदरका लागि दिनैभर खेतमा बस्नु परेको उनले सुनाए । ‘चार रोपनी खेतमा मकै लगाएको हु, आधा खाइसक्यो, बथानै आउने हुनाले धपाउनै सकिन्न’ बिष्टले भने । मकै भित्¥याउने समयमा मकै जनावरले सखाप परेपछि पिर थपिएको उनले दुःखेसो गरे । 
बैतडीका सबैजसो ठाउँमा जंगली जनावरले मकै सखाप पार्ने गरेको किसानहरुको गुनासो छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका बढीजसो बदेल र बाँदरले बाली सखाप पर्ने गरेको छ । बाली जोगउन एक जना अस्थायीइ टहरा लगाएर दिनैभर रेखदेखमा बस्ने गरेका छन् ।  
मकैको गोडमेल गरीसकेपछि जंगली जनावरबाट जोगाउन धौधौ हुने गरेको अर्का पाटन १ का किसान गाणेशदत्त भट्टराईले बताए। ‘गोडमेल गरीसकेपछि लगातार रेखदेखमै ब्यस्त हुनुपर्छ, बदेलको बथान नै आउने गरेको छ, राती खेतमै टहरा बनाएर बस्ने गरेका छाँै,’ उनले भने । बदेलको बथान आएको बेला एकदुई जनाले धपाउन पनि नसकिने उनले बताए । 

मकै जोगाउन यतिबेला किसानहरुलाई धौधौ भएको पाटन नगरपालिकाका कृषिसाखा प्रमुख महेश अवस्थीले जानकारी दिए । अधिकांस किसानहरुले लगाएको मकैबाली आधापनि बचाउन नसकेको उनले बताए । ‘यतिबेला हामि अनुगमनमा गयौँ, सबैजसो ठाउँमा मकै सखाप पारेको छ’ उनले भने । बदेल, दुम्सी र बाँदरले बढी आतंक मच्चाएको उनले बताए । 

बैतडीमा बाह्र हजार दुई सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिदै आएको छ । पहाडी क्षेत्रको  मुख्य अन्नको रुपमा रहेको मकै यस वर्ष उत्पदान घट्ने आंकालन गरिएको छ । गत वर्ष १९ हजार पाँच सय मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष जंगली जनावरले मकैमा क्षती पु¥याएकाले उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

‘गत वर्षको भन्दा यस वर्ष मकै उत्पदान घट्ने आकलन गरेका छौँ, यस वर्ष जंगली जनावरको आतंक बढेको छ,’  कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपाल दत्त भट्टले भने । दैनिक दर्जनौको संख्याका किसानहरु क्षतीपुर्तीको लागि सिफारीसका लागि आउने गरेको उनले बताए । पछिल्लो एक हप्ताको अवधिमा ४० भन्दा बढी किसानहरु क्षतीपुर्तीको लागि सिफासिका लागि आएका छन् । बढीजसो बदेल र बाँदरले मकै नोक्सान गरेको छ ।


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्