Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • कोरोना राहातमा मनपरी:पुर्चाैडीमा छानविन समिति, सिगासमा वितरण प्रक्रिया रोकियो
कोरोना राहातमा मनपरी:पुर्चाैडीमा छानविन समिति, सिगासमा वितरण प्रक्रिया रोकियो
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, भदौ १५, २०७९

बैतडी,  
बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ८ मा गत २०७८ माघ महिनामा ३२ जनाले वडा कार्यालयमा आएर कोरोना प्रभावितको फरम भरे । उक्त फरम वडा कार्यालयाट नगरपालिकामा पठाइयो । तर नगरपालिकाले यहि भदौ २ गते वडा नं ८ का कोरोना प्रभावित भन्दै वडा कार्यालयले पठाएको भन्दा २६ जना आफुखुसी नाम थपेर ५८ जनाको नाम वडा कार्यालयमा पठाइयो । नगरपालिकाले आफुखुसी पठाएका कोरोना प्रभावितको विवरण अपूर्ण पनि छ । 
‘नगरपालिकाले आफुखुसी पठाएको विवरणमा नाम मात्रै छ, वडा कार्यालयबाट पठाएको विवरणमा नागरीकता नम्बरदखि, बुवा बाजेको नाम र कोरोना प्रभावितको फोन नं समेत उल्लेख गरिएको छ,’ वडा अध्यक्ष बीर बहादुर बोहरा भन्छन, ‘नगरपालिकाबाट आफुखुसी थपिएको विवरणमा नाम मात्रै उल्लेख गरिएकाले एउटै नामका थुप्रै ब्याक्तीहरु कोरोना प्रभावित रहेको भन्दै आउने  गरेकाले अन्योल छ,’ उनले भने । 
यसैगरी पुर्चाैडीकै वडा नं ५ मा २०३ जनाले गत मंसिरमा कोरोना प्रभावित भन्दै वडा कार्यलयमा फरम भरेका थिए । त्यसपछि वडा कार्यालयले ती सबैको फरम नगरपालिकामा पठाएको थियो । २०३ जनामध्ये ७९ जना मात्रै पालिकाले छनौट ग¥यो, फरम भरेका १२४ जनाको नाम हटाइदियो । आफुखुसी नगरपालिकाबाटै ५८ जना थप गरी कूल १३७ जनालाई कोरोना राहात दिने भन्दै लिस्ट पठायो । 
वडामा फरम नभरेका तर नगरपालिकाबाट कोरोना प्रभावित भनेर नाम उल्लेख भएपछि वडाले अहिले फरम नभर्ने बताएको छ । यसअघि फरम भरेकाहरुको नाम हटाएको हुनाले नगरपालिकाले आफुखुसी नाम राखेर पठाएकाहरुलाई कोरोना राहात दिन नसकिने वडा कार्यालयको भनाइ छ । 
यसअघि वडा कार्यालयमा फरम भरेका पिडितहरुको नाम हटाएर नगरपालिकाले आफुखुसी नाम उल्लेख गरिएको हुनाले नगरपालिकाबाट आफुखुसी थप गरिएकाहरुको फरम भर्न नसकिने वडा नं ५ का वडा अध्यक्ष नागी सिंह खडायतले बताए । 
‘यसअघि २०३ जनाको रीतपुर्वक फरम भरेकाहरुको नाम हटाएर आफ्ना कार्यकर्ता रकम पोस्नेगरी राखिएका नक्कली कोरोना प्रभावितलाई वडाले स्वीकार गर्दैन,यसअघि वडाबाट भरिएका प्रभासवितको नाम किन हटाइयो?,’ उनले भने । 
कोरोना प्रभावितले वडा कार्यालयबाट फरम भर्नुपर्ने भएकाले आजभोली नगरपालिकाले आफुखुसी कोरोना प्रभावित बनाएकाहरु वडा कार्यालयमा फरम भर्न आउने गरेका छन् । पुरानो मितिमा फरम भर्न भनिएको छ । तर वडा नं ५ र ८ बाट फरम भरिएको छैन । 
वडा नं ६ मा पनि ३१ जनाले वडा कार्यालयमा आएर फरम भरेका थिए । तर नगरपालिकाले ३४ जनालाई भत्ता वितरण गरीसकको छ । ३ जना नगरपालिकाले नै थप दिएको हो । 
यो बिषय उत्कर्षमा पुगीसकेपछि नगरपालिकाको चौतर्फी आलोचना भइरहेको छ । माओवादी निकट वाईसिएल र एमाले निकट यसथ फोर्स नेपालले सयुक्त बिज्ञप्ती जारी गरेको छ । कोरोना राहात वितरणमा भएकोबारे छानबिन हुनुपर्ने माग गरेका छन् । 
यता नगरपालिकाले यस बिषयमा छानविन समिति नै गठन गरेको पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपालीले जानकारी दिए । रेजगार संयोजक हरिश धामीका संयोजकत्वमा ४ सदस्यीय छाविन समिति पनि गठन गरिएको उनले बताए । पुर्चाैडी नगरपालिकामा कोरोना प्रभावितलाई राहात प्रदान गर्न ९६ लाख रकम आएको छ । 
यसैगरी बैतडीको सिगास गाउँपालिकामा कोरोना प्रभावितलाई दिइने राहात राकम रोक्का भएको छ । जनप्रतिनिधिहरुलाई आफ्ना परिवारका सदस्यहरुको नाम राखेको भन्दै बिरोध भएपछि जिल्ला प्रसासन कार्यालयमा निवेदन समेत परेको थियो । जिल्ला प्रसासनले अर्काे आदेश नआउन्जेल सम्म रकम वितरण नगर्न भनेको हुनाले वितरण प्रक्रिया रोकिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र ओझाले बताए । नियमसंगत नै प्रभावितलाई छनौट गरिएको पनि उनको दाबी छ । सोहि अनुसारको स्पष्टिकरण पनि जिल्ला प्रसासनलाई बुझाएको उनले बताए । 
सरकारले कोरोना महामारीबाट प्रभावित नागरीकलाई १० हजारका दरले वितरण गर्न भन्दै पालिकाहरुमा बजेट पठाएको छ । स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गर्नुपर्ने प्रावधान रहेको छ । 
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन तथा निषेधाज्ञाका कारण प्रभावित भएका अतिविपन्न, असाहय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिन उल्लेख छ । तर यहाँका पालिकाहरुमा भने आफुखुसी नाम उल्लेख गरि राहात वितरण भइरहेको पाइएको हो ।


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्