Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाइदै  
सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाइदै  
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, भदौ १६, २०७९

 बैतडी 
सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा बिहिबार देखि शुरु भएको छ । बिहिबार पञ्चमीका दिनदखि गौरा पर्व शुरु भएको हो । 
बिहिबार पञ्चमीका दिन बिवाहित महिलाहरुले बिहानै स्नान गरी घरघरमा बिरुडा राखिसकेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपपोत गरी तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर पञ्चअन्न गहुँ, मास, गहत, गुरौँस र केराउ भिजाएर राख्ने गर्दछन् । जसलाई बिरुडा भिजाएको भनिन्छ । गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार वर्त रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा “बिरुडा” अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गरिएको छ । महादेव वर पाउन देवी पार्वतीले गरेको कठोर तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि गौरा मनाइँदै आएको धर्म सस्कृतीका जानकार हरि प्रशाद जोशीले बताए ।
बिगत ३ वर्षदेखि कोरोनाले प्रभावित बन्दै आएको गौरा यस वर्ष चहलपहल बढेको छ  । बिदेशिएका दाजुभाईहरु पनि गौराका लागि घर फर्किसकेका छन् । 
गौराको पहिलो दिन पञ्चमि तिथिः
भाद्र सुक्ल पक्षको पञ्चमी तिथि देखिनै गौरा पर्व प्रारम्भ भएको मानिन्छ । शुक्रबार देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेसको सबैभन्दा महत्वपुर्ण पर्वको रुपमा मानिने गौरा पर्व भाद्र सुक्ल पञ्चमिको दिन तामाको भाडामा गहुत, माँस, गहु गुरौस र केराउ पाँच अन्न मिसाएर महिलाहरुले फाग गाउदै भिजाउने गर्दछन । ति भिजाएको ५ अन्नलाई बिरुडा भनिन्छ ।
सुर्य सष्टीः
पञ्चमिको दाश्रो दिन सुर्य सष्टी पर्दछ । त्यस दिन पञ्चमिको दिन भिजाएको बिरुडालाई नजिककैको पानिको न्वाला (पधेरी)मा लगेर फाग गाउदै धुने चलन रहेको छ । बिरुडा सफा गरिसकेपछि सबैले एउटै ठाँउमा देव घरमा राख्ने चलन पनि रहेको छ ।
सप्तमि तिथिः
गोरा पर्वको तेश्रो दिन सप्तमी तिथि पर्दछ । सप्तमीको दिन साझँको समयमा दिनभरि उपासना बसेका महिलाहरु नुहाइ धुवाइ गरि देव घरमा जम्मा हुने गर्दछन । यस दिन देवघरमा पबित्र मानिएको पिपल जामुन, पङ्यिो, आँप, औलोका स्याउलालाई एक ठाउमा जम्मा गरि कलस स्थापन गरिन्छ । जसलाई स्थानिय भाषामा पञ्चबल्लव पनि भन्ने गरिन्छ । यो पञ्चबल्लवसँगै सौ,बल, धान, गोरेफल मिलाएर एउटा गोरा देविको मुर्ति बनाइन्छ त्यो मुर्तिलाई गौरा देविको संज्ञा दिइन्छ । गौरा सँगसँगै एउटा काठको मुर्ति पनि बनाइन्छ जसलाई महेश्वरको संज्ञा दिइन्छ । गौरोको र महेश्वरको मुर्तिमा बिवाहित महिलाहरुले घाँटीमा लगाउने पहेलो र रातो रङ्को दुवधागो झुन्ड्याइएको हुन्छ । सोहि दिन साँझ सबै महिलाहरु पुजा आज गरी अस्टमि अर्थात भोलिको दिन गौरा पर्वको महत्वपुर्ण दिनको तयारी गर्ने गर्छन ।
अष्टमी तिथि अर्थात अठेवालीः
गौरा पर्वको महत्वपुर्ण दिन हो अस्टमी अर्थात अठेवाली । यस दिन उपासना बसेका बिवाहित महिलाहरुले देवघरबाट गोरा निकालेर गोराखला (गोरा खेलाउने स्थल) मा लिएर जान्छन । महिलाहरु यस दिन समयमा गौरा देवि र महेश्वरको मुर्तिलाई पुजा आजा गरि अस्टमिको दिन गाइने अठेवाली गित गाउने गर्दछन । पुरुषहरुले दमाहा बजाउने, देवताको थानमा पुजाआजा गर्ने र देउडा खेल्ने गर्दछन । महिलाहरुले पुजाआजा सँगै अठेवालि गाइसकेपछि बिरुडाले आफन्तजन, श्रीमान, छोराछोरीको शिरमा चढाँउने गर्दछन । त्यसैदिन देखि एक हप्ता देखि १० दिनसम्म गौरा पर्व पुजापाठ सँगै देउडा खेलेर यो पर्व मनाइन्छ ।
गौरा सेलाउनेः
ठाउँ अनुसार गौर पर्व फरक फरक दिन बिर्सजन गरिन्छ जस्लाई गौरा सेलाउने भनिन्छ । यस दिन बाजागाजाका साथ सजाएर राखेको गौरादृपवको मुर्तिलाई जंगलको पबित्र रुखमुनि पुजा आजा सहित बिर्सजन गरिन्छ । यस दिनलाई नै गौरा सेलाउने भनिन्छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्