Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • आज घटस्थापना, २०७९ सालको बडादसैँ सुरु
आज घटस्थापना, २०७९ सालको बडादसैँ सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज १०, २०७९

नेपालीहरूको महान पर्व बडादसैँ आजबाट सुरु भएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि दसैँको सुरुवात भएको मानिन्छ ।

धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ ।

फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर २३ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने महर्षी वैदिक फाउन्डेसनका सुपरभाईजर समेत रहनुभएका युवा ज्योतिष, विष्णुप्रसाद पाण्डेले सीआईएनसँग बताउनुभयो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने दसैँलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।

घटस्थापनाको दिन पूजाकोठा, दसैँघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ ।

कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घंँटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ ।

यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ ।

विभिन्न नौ देवीको पूजा अर्चनापश्चात दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।


प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्