Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • स्थानीय तह चुनाव : बैतडीमा यस्तो छ गठबन्धनको भागबन्डा
स्थानीय तह चुनाव : बैतडीमा यस्तो छ गठबन्धनको भागबन्डा
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, चैत २४, २०७८

बैतडी,

सत्ता गठबन्धनका नेताहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेलका लागि छलफल जारी छ । बैतडीमा पनि गठबन्धन गरेर निर्वाचनमा सहभागी हुन् बिहीवार बिहानदेखि छलफल जारी छ । 

१० वटा पालिका रहेको बैतडीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले ६ पालिका, माओवादी केन्द्रले १ पालिका र नेकपा एमालेले ३ पालिकामा चुनाव जितेको थियो । अहिले कांग्रेसले ८ पालिकामा दाबी गरेको छ ।

चुनाव जितेका पाटन, मेलौली, दशरथचन्द नगरपालिका, सिगास, सुनर्या, शिवनाथ गाउँपालिकासहित ८ पालिकाको नेतृत्व माग गरेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

‘हामीले जितेका ६ पालिकामा स्वभाविक रुपमा हाम्रो दाबी रहन्छ,’ उनले भने, ‘नेकपा एमालेले जितेका पालिकामध्ये २ पालिका हामीलाई दिनुपर्छ, त्यसबाहेक अन्य सहमति हुँदैन् ।’ 

अघिल्लो स्थानीय निर्वाचनमा एमालेले पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा चुनाव जितेको थियो । माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा जित हात पारेको थियो । 

एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि बैतडीमा ४ पालिकामा नेतृत्व खोजेको एक नेताले बताए । उसले पाटन, मेलौली नगरपालिका, सुर्नया र सिगास गाउँपालिकाको नेतृत्व मागेको छ । 

माओवादी केन्द्रले पुर्चौडी, मेलौली, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा आफ्नो नेतृत्व माग गरेको छ । अहिले सत्ता गठबन्धनका नेताहरुले बढी पालिकामा दाबी गरेपनि अन्ततः ६ पालिका कांग्रेस, २ पालिका समाजवादी र २ पालिका माओवादी केन्द्रले पाउने सम्भावना बढी रहेको गठबन्धनका एक अर्का नेताले सीमारेखालाई बताए ।

‘सिगास र सुर्नया गाउँपालिका एकीकृत समाजवादी र पुरचौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका माओवादी केन्द्रले पाउने सम्भावना बढी छ,’ ती नेताले भने, ‘कांग्रेसले ती बाहेक अन्य ६ पालिका पाउने गरी सहमति जनाउँनेमा विश्वास छ ।’ 

बैतडीमा चुनावी तालमेल गर्न अहिले सत्ता गठबन्धनका नेताहरुबीच सदरमुकाममा छलफल जारी छ । सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा बैतडी इन्चार्ज परमानन्द भट्ट, माओवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर) र नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दसहितका नेताहरुबीच छलफल भइरहेको हो ।  

#सिमारेखा


प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु शुक्रबार, साउन ३०, २०८२
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त बुधबार, साउन १४, २०८२
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण आइतबार, साउन ११, २०८२
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर सोमबार, असार २३, २०८२
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण शनिबार, असार २१, २०८२
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’ बुधबार, असार ११, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्