Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • लगानीमैत्री वातावरण बनाउन मन्त्री भण्डारी समक्ष कोरियन राजदुत सुकको आग्रह,
लगानीमैत्री वातावरण बनाउन मन्त्री भण्डारी समक्ष कोरियन राजदुत सुकको आग्रह, लगानीकर्ता आकर्षीत गर्न नितिगत सुधारका काम गरिरहेको मन्त्री भण्डारीको भनाई 
सीपी लोहिया
सीपी लोहिया बुधबार, माघ २५, २०७९

काठ्माण्डौँ ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीसंग कोरियन राजदुत पार्क चोङ सुकले भेटवार्ता गरेका छन् । मन्त्री भण्डारीलाई बधाई ज्ञापन गर्दै राजदुत सुकले उनको कार्यकालमा दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । 

भेटका क्रममा उनले कोरियन लगानिकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेकाले लगानीमैत्री वतावरण बनाउन आग्रह गरे ।  कोइका मार्फत कोरिया सरकारले नेपाललाई सहयोग गरि रहेको बताउदैँ राजदुत सुकले धेरै लगानीकर्ताहरू लगानीका लागि तयार रहेको बताए । मन्त्री भण्डारीले नेपाल सरकार लागनीमैत्री वातावरण बनाउन लागि परेको बताए । नेपालमा लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नितिगत सुधारका कार्यहरू गरिरहेको उनको भनाई छ ।

इपिएस अन्तर्गत १५ हजार नेपाली कोरियामा रोजगारी गरिरहेको बताउदैँ राजदुत सुकले नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । नेपाल कोरियनको लागि एक आकर्षक पर्यटन गन्तव्य बनेको उनको भनाई छ । कोरियनहरूले उर्जा क्षेत्रमा समेत लगानी गरेको उनको भनाई छ । 

उनले भिसा प्राप्तिमा पनि सहजीकरणको अपेक्षा रहेको बताए । राजदुत सुकले भने,‘लगानीकर्ता र तिनको लगानीको संरक्षण हाम्रो मुख्य चासो हो यसमा यहाँको सहयोग रहने आशा छ । सन् २०३० मा हुने विश्व प्रदर्शनी वुसानमा गर्ने कोरियाले इच्छा गरेको छ । नेपालको तर्फबाट उक्त प्रदर्शनिका लागि नेपाल कोरियाको पक्षमा रहने विश्वास छ ।’
सुदुरपश्चिम क्षेत्रमा कोइका मार्फत गर्न सकिने कामका बिषयमा छलफल गर्ने राजदुत सुकको भनाई छ ।

भेटका क्रममा मन्त्री भण्डारीले सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि नेपाल र कोरियावीचको सम्बन्ध निकट र सौहार्दपूर्ण रहँदै आएको बताए । उनले दुईदेशको सम्बन्ध मैत्रीपूर्ण, पारस्परिक सहयोग र शुभेच्छामा आधारित रहेको बताए । कोरिया सरकारले समय समयमा गरेको सहयोगप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाई लगानीकर्तालाई आकर्षण गर्न नितिगत सुधारका कार्यहरू गरिरहेको बताए ।

उनले भने, ‘नेपाल र कोरियाले द्विपक्षीय सम्झौता र संयन्त्र मार्फत विभिन्न क्षेत्रमा सहयोगको आदानप्रदान गरिरहेका छन् । दुवै देशले सन् २००५ मा सांस्कृतिक क्षेत्रमा र सन् २००७ मा श्रम क्षेत्रमा सम्झौता गरेका छन् । ईपिएस अन्तर्गत धेरै नेपालीहरूले कोरियामा रोजगारी गरिरहेका छन् र कोरियन सरकारको विकास प्रकृयामा समेत योगदान गरिरहेका छन् । कोरिया सरकारले कोइका मार्फत शिक्षा, स्वास्थ्य, ग्रामिण विकास र सूचना प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गरिरहेको छ । सन् २०१५ को भूकम्प र कोभिड–१९ को महामारीको समयमा पनि कोरिया सरकारले नेपाललाई सहयोग गरेको थियो । यस प्रकारका पारस्परिक सहयोग र साझेदारीले दुवै देशका नागरिकवीचको सम्वन्ध थप प्रगाढ हुने विश्वास गर्दछु ।’

मन्त्री भण्डारीले सुदुरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अरू प्रदेश भन्दा पछि रहेको बताए । यस्तो अवस्थालाई ध्यान दिँदै कोरियन सरकारको सहयोगलाई सुदुरपश्चिम प्रदेशमा पोलिटेक्निक स्कूलको स्थापना तथा अस्पताल र विद्यालय भवन निर्माणमा परिचालन गर्नु हुन म आग्रह गरे ।

उनले भने,‘नेपाल र कोरिया वीचको द्विपक्षीय व्यापार पनि बढी रहेको छ । मलाइ जानकारीमा भए अनुसार आर्थिक बर्ष २०२१–२२ मा करिव ७३.६ मिलियन अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार भएको छ । त्यसै गरी दक्षीण कोरिया नेपालका मुख्य पाँचवटा लगानी गर्ने मूलुक मध्येको एक हो । नेपालमा लगानी गर्ने मुख्य पाँचवटा मुलुक मध्ये कोरिया पनि एक हो। नेपालमा खास गरी सेवा क्षेत्रमा कोरियन लगानी आएको छ र उर्जाको क्षेत्रमा समेत कोरियन लगानीकर्ताको इच्छा र चासो रहेको बुझिएको छ । निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन सकेका छैनन् । नेपाली वस्तुहरू कोरियाको बजार प्रवेश गर्ने प्रकृयामा कोरियन सरकारको सहयोगले नेपाली वस्तु निर्यातमा टेवा पुग्न सक्छ । सन् २०२६ मा नेपाल विकासशील देशमा स्तरोन्नति हुँदैछ । दुई देशले व्यापार र लगानीका क्षेत्रमा थप सहकार्य गर्न आवश्यक छ । मेरो विचारमा दुई देशवीच व्यापार र लगानी सम्झौता गरी उक्त सम्झौता अन्तर्गत थप सहकार्य गर्न यो उपयुक्त समय हो । तसर्थ यस विषयमा समेत प्राविधिक तहमा काम अगाडि वढाउन अनुरोध गर्दछु ।’

मन्त्री भण्डारीले नेपाल कोरियन लगानिकर्तालाई स्वागत गर्न तयार रहेको बताए । पारस्परिक लाभका क्षेत्रहरु जलविद्यूत, व्यावसायिक कृषि, खानि, पर्यटन लगायतका क्षेत्रमा कोरियन लगानीकर्तालाई लगानी गर्न उनको अनुरोध छ । नेपालको वातावरण, सस्तो श्रम, यहाँको लगानी र लगानीकर्ता संरक्षणको निति लगानीकर्ताको लागि आकर्षण भएको बताए ।

भण्डारीले भने,‘नेपालमा जलविद्यूत विकासको प्रचूर सम्भावना रहेको छ । उर्जा क्षेत्रमा कोरियन  लगानीबाट दुवै देशले फाइदा लिन सक्छन् । त्यसैगरी दुवै देशमा आकर्षक पर्यटकीय स्थल रहेका छन् । दुवैदेशका नागरिकहरूले बुद्ध दर्शनको अबलम्बन गर्ने हुनाले धार्मिक पर्यटनमा पनि दुवैदेशले सहकार्य छ । लगानीकर्तालाई सहजिकरण गर्न उद्योग विभाग अन्तर्गत एकल विन्दु सेवा केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय प्राथमिकताका क्षेत्र जस्तै जलविद्यूत, पर्यटन, पूर्वाधार जस्ता क्षेत्रमा कोरियन लगानीकर्तालाई स्वागत गर्ने नेपाल तत्पर छ । यस कार्यमा महामहिमको सकारात्मक योगदानको अपेक्षा गरेको छु ।’


प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्