Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • TU खेल मैदानकै ढाँचामा बनाइदैँछ गोठलापानी स्थीत JMC खेल मैदान
TU खेल मैदानकै ढाँचामा बनाइदैँछ गोठलापानी स्थीत JMC खेल मैदान
सीपी लोहिया
सीपी लोहिया आइतबार, चैत १९, २०७९

बैतडी । 
बैतडी जिल्लाले हरेक खेलका राष्ट्रिय तथा अन्तरराष्टिय खेलाडीहरु उत्पादन गरेको छ । केहि क्रिकेटरका कारण बैतडी खेलाडीको जिल्ला भनेर समेत चिनिन्छ । तर यहाँ एउटै पनी व्यवस्थीत खेल मैदान छैन् । यति सम्मकी जिल्ला स्तरीय प्रतियोगीता समेत सडकमै गराएका कयौँ उदाहरण छन् । यहि समस्यालाई मध्यनजर गर्दै अहिले दशरथचन्द नगरपालिकाले जिल्ला सदरमुकाम स्थीत जगन्नाथ बहुमुखी क्याम्पस(JMC)मा व्यवस्थीत खेल मैदान बनाउन लागेको छ । 

काठ्माण्डौँ स्थीत त्रिभुवन विश्वविद्यालय खेल मैदानकै स्वरुपमा बैतडीको खेल मैदान बनाउने नगरपालिकाको दावी छ । नगरपालिकाका मेयर पुष्कर राज जोशी लख्खाभाई आफै राष्ट्रिय स्तरका खेलाडी समेत भएकाले खेल क्षेत्रलाई प्राथमिकता दिदैँ आएका छन् । 

मेयर जोशीले भने,‘यो खेल मैदानलाई इन्डोर र आउटडोर सबै खेलहरु खेलाउने स्तरको बनाइनेछ । जिल्ला स्थीत सभासमारोह तथा महोत्सव यसै मैदानमा गर्न सकिनेछ । प्याराफीट र पार्किङ्ग पनि बनाउछौँ, क्रिकेट, भलिवल, एथ्लेटिक्स लगायतका सबै खेलहरु यसै मैदानमा आयोजना गर्न सकिने खालको मैदान निर्माण गर्ने लक्ष्य छ । अहिले बजेटको अभाव छ, प्रदेश सरकारको १०लाख रकमबाट काम सुरु गरेका हौँ, अहिले नगरपालिकाको ५०लाख बजेटमा काम हुदैँ छ । अब हामीसंग २ करोड जति रकम भएमा खेल्न लायक मैदान बन्नेछ भने निरन्तर रुपले स्तरोन्नती गर्नेछौँ । बजेटको व्यवस्थाका लागि पहल गरिरहेका छौँ ।’

अहिले खेल मैदानको तलपट्टी बाट ग्याविन जाली सहितको पर्खाल लगाउने काम भैरहेको छ । शिवसंकर निर्माण सेवाले उक्त कार्य गरिरहेको छ । 

ठेकेदार बिरेन्द्र पाण्डेयले भने,‘अहिले ४मिटर चौडाई र साढे ४मिटर उचाईको ९० मिटर लामो प्रखाल लगाइरहेका छौँ । प्रखाल सम्पन्न गरेर फिलिङ्ग गर्दा सम्म मैदान प्रयोग गर्न लायक बन्ने छ । खेलमैदान बनिरहेको देखेर खेलाडी तथा खेलप्रेमीहरु उत्साहीत छन् ।’

खेलमैदानका लागी जगन्नाथ बहुमुखी क्याम्पससंग प्रयाप्त जमिन रहेको छ । क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले भने‘अहिले दशरथचन्द नगरपालिकाको लगानीमा मैदान बनिरहेको छ । यसलाई सुदुपश्चिम विश्वविद्यालय, जगन्नाथ बहुमुखी क्याम्पस खेलमैदान नामाकरण गरिनेछ र क्याम्पसको अनुमती लिएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका खेलहरु समेत गर्न सकिनेछ ।’ 

उक्त खेल मैदान अहिले ९० मिटर लम्वाई र ४५ मिटर चौडाईको बनाइदैँछ । जिल्ला सदरमुकाममा बन्दै गरेको उक्त मैदानले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा मद्यत प¥याउने खेलाडीहरुको विश्वास छ । 

जिल्ला खेलकूद समिति अध्यक्ष चमन भण्डारीले भने,‘एउटा व्यवस्थीत खेलमैदान निर्माण भएपछि जिल्ला सदरमुकाम र आसपासका खेलाडीहरुलाई अभ्यास खेलहरुका लागी निकै सजिलो हुनेछ भने प्रतियोगीताहरु सञ्चालनका लागि सहज हुनेछ । अहिले केहि विद्यालय र क्याम्पसका खेल मैदानहरु भएपनी व्यवस्थीत छैनन् । जिल्लामा सुरुवात गरिएका कुनैपनी मैदान निर्माणको काम पुरा हुन सकेको छैन् । काम चलाउ आधारमा रहेका खेलमैदान व्यवस्थीत बनाउन जरुरी छ ।’


प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्