Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • ७ वर्षपछि सतबाँझको स्याउ बजारमा
७ वर्षपछि सतबाँझको स्याउ बजारमा
डम्बर बोहरा
डम्बर बोहरा आइतबार, साउन २१, २०८०

बैतडी- स्याउ उत्पादनका लागि प्रख्यात बैतडीको सतबाँझमा उत्पादन भएको स्याउ धेरै बर्षपछि बजारमा आएको छ । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र झन्डै ७ बर्षपछि विक्रि गर्नका लागि स्याउ उत्पादन भएको हो ।

कम हिउँ पर्न थालेपछि उत्पादन हुन छोडेको स्याउ ६/७ वर्षपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताउनुभयो । सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र रहेको नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ बजारमा विक्रि गरेको उहाँले बताउनुभयो ।

‘सतबाँझ स्याउ उत्पादनका लागी प्रख्यात क्षेत्र हो तर पछिल्लो समय जलवायु परिवर्तनले उत्पादन हुन छाडेको थियो । हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको हो’ खड्काले भन्नुभयो ।

केन्द्रको नर्सरीभित्र रोयल, गोल्डेन डेलिसियस र गाला पुजी जातका गरी एक हजार तीन सय बोट छन् । ती मध्ये एक सय ५५ बोटले उत्पादन दिन थालिसकेको खड्काले बताउनुभयो ।

जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताउनुभयो । अब बारीमा एक क्विन्टलजति स्याउ टिप्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

‘सुख्खा फलफुल विकास केन्द्रको नर्सरीमा रोयल, गोल्डेन डेलिसियस जातको स्याउले उत्पादन दिन थालिसकेको छ । अन्य किसानहरुले पनि यो जातको स्याउ लगाउँदा हुन्छ । मौसम सुहाउँदो छ’ भट्टले भन्नुभयो ।

लामो समयपछि सतबाँझको स्याउ बजारमा आएकाले स्थानीयहरु समेत खुसी भएका छन् । सतबाँझमा फलेको स्याउ लामो समयपछि बजारमा आएको स्थानीय मानबहादुर टेरले बताउनुभयो ।

रोयल, गोल्डेन डेलिसियस जातको स्याउ समुद्री सतहबाट पन्ध्र सय मिटर देखी तीन हजार मिटर सम्मको उचाईंमा यो खेती गर्न सकिने प्राविधिक साहयक खड्काले बताउनुभयो । बोट परिपक्क हुदैँ गएपछि उत्पादन पनि राम्रो दिने उहाँको भनाइ छ ।

सुख्खा फलफूल विकास केन्द्र समुद्री सतहदेखी करिब दुई हजार मिटरको उचाईमा रहेको छ । जलवायु परिवर्तनका कारणले केही वर्ष यता कम हिउँ पर्नथालेपछि यहाँका स्थानीयहरुले सतबाँझमा उत्पादन भएको स्याउ खान पाएका थिएनन् । 

 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते शनिबार, फागुन १६, २०८२
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्