Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडी: क्याम्पस बनाउने अभियान लाई तिव्रता तदर्थ समितिको पूर्ण बैठक सम्पन्न
बैतडी: क्याम्पस बनाउने अभियान लाई तिव्रता तदर्थ समितिको पूर्ण बैठक सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असोज १०, २०८०

बैतडीको पाटन नगरपालिका–३ स्थित रहेको श्री सिगास माध्यमिक विद्यालयमा क्याम्पस स्थापना गर्ने अभियान लाई तिव्रता दिईएको छ । उच्च शिक्षाको अवसरबाट कोही बञ्चित नहुन, घरमा बसी बसी उच्च शिक्षा प्राप्त गर्न सकुन भनेर यहि भाद्र २१ गते सुदूरपश्चिम विश्वाविद्यालय समक्ष स्नातक तह सञ्चालनका लागि सम्बन्धन लिनु निवेदन पेश गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं क्याम्पस संचालन तदर्थ समितिका संयोजक प्रेम सिंह भाटले जानकारी दिए ।

विश्व विद्यालयले आह्वान गरेको सूचनाको आधारमा निवेदन पेश गरिसकेको र क्याम्पस स्थापनाका लागि धरौटी फर्निचर लगायत आवश्यक पुर्वाधार निर्माणका लागि आर्थिक संकलन अभियान थालनी गरिएको विद्यालयले जनाएको छ । स्नातक तह संचालनका लागि शैक्षिक महाअभियान २०८० को शुरुवात गरिएको र यहि भाद्र २५ गते देखि औपचारिक रुपमा व्यक्ति संघ संस्था कार्यालयहरुबाट स्वैच्छिक रुपमा आफ्नो श्रद्धा, आस्था शक्ति अनुसारको आर्थिक सहयोग संकलनका लागि पहल गरिएको थियो ।

विद्यालय सेवा क्षेत्रभित्रका आठ वटा स्थानहरुमा सरोकारवाला व्यक्तिहरुको भेला बोलाई क्याम्पस संचालनका आर्थिक सहयोग संकलन गर्ने कार्य गरिएको र हाल सम्म ४१ लाख दश हजार पच्चिस रुपया संकलन भएको संयोजक प्रेम सिंह भाटले जनाएको छ । 

स्नातक तहको कक्षा संचालन गर्न सकियो भने कम लगानीमा घर बाट नै आवत जावत गरेर बालबालिकाहरुले उच्च शिक्षा लिन सक्ने भएकाले यस अभियानमा सम्पूर्ण अभिभावकहरुको साकारात्मक साथ सहयोग प्राप्त भईरहेको तदर्थ समितिका सचिव नवराज भट्टले बताएको छ ।

क्याम्पस स्थापनाको लागि विद्यालय संग विषयगत शिक्षक रहनु विद्यार्थी संख्याका प्रसस्त आधारहरु हुन यस क्षेत्रका अभिभावक र सरकोकारवालाहरुको साथ सहयोग सक्रियता हुनाले क्याम्पस स्थापना हुनेमा दुईमत नरहेको र आर्थिक मात्रै नभई विद्यालयलाई भौतिक नैतिक रुपमा पनि सहयोग गर्न सकिने भट्टले बताए । 

क्याम्पस संचालक तदर्थ समितिका संयोजक भाटको अध्यक्षतामा मंगलबार बसेको तदर्थ समितिको पूर्ण बैठकले हालसम्मका प्रगती समिक्षा, आगामि रणनिती बारे बृहत छलफल गरि सम्पन्न गरिएको समितिका सदस्य दिलिप सिंह कठायतले बताएको छ ।

हाल सम्म सहयोग गर्नुहुने सबै सहयोगी दानविरहरु लाई समितिको तर्फबाट धन्यवाद प्रदान गरिएको र सहयोग गर्नु छुटहुन पुगेका महानुभाव ज्यूहरु लाई सहयोगका लागि अपिल गरिएको सदस्य कठायतले बताएका छन् । भाद्र १५ गतेको आमभेलाबाट क्याम्पस बनाउने निर्णय गरिए अनुसार आर्थिक संकलन तथा प्रचार प्रसारका लागि विभिन्न टोलहरुमा उप समितिहरु, सल्लाहकार समिति, सचिवालय समेत गठन गरि कार्य योजना निर्माण गरिएको र उक्त कार्य योजना अनुसारका क्रियाकलापहरुलाई कार्यान्वयनका लागि अभियान लाई तिव्रता दिइने संयोजक भाटले बताएको छ ।

विद्यालय बाट स्वैच्छिक रुपमा आफ्नो श्रद्धा, आस्था शक्ति अनुसारको आर्थिक सहयोग गर्ने दानदाताहरु लाइ विभिन्न सम्मान सहित अभिलेख राखि सम्मान गरिने विद्यालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्