Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • दनपामा जारी नगरस्तरीय क्रिकेट प्रतियोगितामा आज दनपा १० र ११ विजयी
दनपामा जारी नगरस्तरीय क्रिकेट प्रतियोगितामा आज दनपा १० र ११ विजयी
SoftNEP
SoftNEP शुक्रबार, कात्तिक १७, २०८०

बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । बुड्डाबाजे खेलमैदान रातामाटामा जारी प्रतियोगितामा दनपा १० र दनपा ११ ले  खेल जितेका हुन् । 

आज भएको पहिलो खेलमा दनपा ११ले दनपा ७ लाई सात विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको दनपा ७ ले १८ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो । उसका लागि वसन्त बडूले २५ रनको योगदान गरे । 

दनपा ११का मदन चन्द र प्रेम चन्दले समान ३÷३ विकेट लिए । 

१०६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ११ ले १०.२ ओभरमा लक्ष्य पूरा गर्यो । उसका लागि राम चन्दले नटआउट ३२ रनको योगदान गरे । उनी म्यान अफ दि म्याच घोषित भए । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा १० ले दनपा ९ लाई ६९ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा १० ले १८.४ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । उसका लागि सुमित बुडालले ४८ रनको योगदान दिए । 

१३८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ९ ले १६.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्रै बनाउन सक्यो । उक्त खेलमा दनपा १० का सुमित बुडाल म्यान अफ दि म्याच घोषित भए । 

प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुने अम्पायर महेश भण्डारीले बताए । पहिलो खेल दनपा ९ र १० का बीच हुनेछ भने दोश्रो खेल दनपा १ र ८ का बीच हुनेछ । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ११ ओटै वडाका ११टीमको सहभागिता छ । 

यही कार्तिक २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २२ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

यस्तै म्यान अफ दि सिरिजलाई नगद २ हजार २५० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई समान १ हजार १२५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्