Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, वैशाख १३, २०८२

काठमाडौं । मिस पबी उपनामले परिचित पवित्रा साकीले पहिलोपटक आफ्नो डिभोर्सको विषयमा मुख खोलेकी छन् । ९ वर्षअघि नै विवाह  डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् ।

केही समयदेखि मिस पबीको निजी जीवनका विषयमा विभिन्न गाईंगुईंहरु चल्ने गरेका थिए । उनको विवाह भएको तस्बिर समेत सामाजिक सञ्जालमा लिक भएको थियो । तर, यो विषयमा मिस पबीले यसलाई अस्वीकार गर्दै आएकी थिइन् । धेरैले उनलाई अविवाहित युवतीकै रुपमा चिन्छन् । गत वर्ष एउटा युट्युब च्यानललाई दिएको अन्तरवार्तामा उनले आफ्नो विवाह नभएको, बरु एकजना ब्वाइफ्रेन्ड रहेको बताएकी थिइन् ।

अन्ततः मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् ।

 

यो कानूनतः बालविवाह थियो । नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।

डिभोर्सको कारणबारे उनले केही बोलेकी छैनन् । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा उनी निकै भावविव्हल बनिन् । सो अन्तरवार्तामा उनीसँगै कमेडियन पवन खतिवडा म्याकुरी पनि थिए । म्याकुरी पनि डिभोर्सी कलाकार हुन् । पछिल्लो समयमा उनीहरुले टिभी रियालिटी शो कमेडी दरबारमा सहकार्य गरिरहेका छन् ।

आफ्नो विवाह र डिभोर्सको बारेमा मिस पबी यसो भन्छिन्ः

मेरो १६ वर्षको उमेरमा विवाह भएको थियो । म एक्सपोज गर्न चाहन्थेँ यो कुराहरू । अहिले पनि होइन नै भन्छु, किनकि कानूनीरुपमा केही भएको  थिएन । सबै इलिगल कुराहरू हो । म कसैलाई पनि नराम्रो भन्न चाहन्न । राम्रो हुन्छ केही समयपछि भन्ने थियो । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । र बच्चा उमेरमा भएको घटना हो । अहिले म २५ को हुँदा धेरै कुराहरू बुझेँ । त्यतिबेला धेरै कुरा नबुझेको जस्तो लाग्छ । कतिचोटि सुसाइड गर्ने कोसिस पनि गरेँ । मलाई मेरो मम्मीले सपोर्ट गर्नुहुन्छ । तर, जुन समाजबाट म आएको छु, त्यहाँ डिभोर्स गरेको केटीलाई राम्रो नजरले हेरिन्थेन । केटी मान्छेले अनेक नराम्रो शब्दहरू सुन्नुपर्छ । म बच्चै थिएँ । कहिलेकाहीँ सहनै नसक्ने कुराहरू गर्थे । मसित कसैले फ्रेन्डसिप गर्न पनि चाहँदैनथे । म त्यो समाजका लागि नराम्रो भएँ । स्कुलमा पनि मेरा साथी कोही भएनन् । अहिले सोच्दा एउटा दशा कट्यो जस्तो लाग्छ । मन भित्र कुरा गुम्साएर राख्दा राख्दा मलाई पब्लिक एन्जाइटी हुन्छ । कसैले मेरो अगाडि थुक्यो भने पनि एन्जाइटी फिल हुन्छ । मलाई नै थुकेको हो जस्तो लाग्छ । 

विगतको घटनामा मलाई रिग्रेट छैन । लाइफमा अगाडि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । डिभोर्स भयो भनेर त्यसमै रोई कराइ गरिरहने कुरा आएन । त्यहाँबाट अगाडि बढ्नु नै पर्छ ।

नेपाल प्रेसबाट साभार


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन
विश्वकपमा छनोट भइसकेको नेपाल अपराजित रहँदै च्याम्पियन शनिबार, कात्तिक १, २०८२
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
'लोक सेवा' पढ्दा प्रेम छुट्यो
'लोक सेवा' पढ्दा प्रेम छुट्यो मंगलबार, भदौ ४, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्