Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ २९, २०८२

काठ्माण्डौँ ।
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी ४दिने अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, एसियाली उत्पादकत्व संगठन ( APO ) र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको संयुक्त आयोजनामा भएको उक्त कार्यशालामा १४ वटा APO सदस्य रहेका देशहरूबाट १८ जना सरकारी अधिकारी, पर्यटन व्यवसायी र अभ्यासकर्ताहरूको सहभागितामा उक्त कार्यशाला सम्पन्न भएको हो ।

दिगोपन, समावेशिता र सांस्कृतिक विरासतलाई अगाडि बढाउने नीति र अभ्यासहरू डिजाइन र कार्यान्वयन गर्न पर्यटन सरोकारवालाहरू बिच क्षमता निर्माणमा कार्यशाला केन्द्रित रहेको थियो । यसमा समावेशी पर्यटन मोडेलहरू, जिम्मेवार पर्यटनको लागि डिजिटल प्रयासहरू, दिगो पर्यटनको लागि प्रत्ययन, प्रमाणीकरण र मापदण्डहरूका साथै नीति ढाँचा लगायतका विषयक विशेषज्ञ सत्रहरू प्रस्तुत गरिएको छ ।

कार्यशालामा Global Sustainable Tourism Council का प्रमुख आश्वासन अधिकारी डा. मिही काङले पर्यटनमा दिगोपन, यसको विकास, र वातावरणीय, सामाजिक र आर्थिक प्रभावहरूलाई न्यूनीकरणमा यसको भूमिकाको विस्तृत सिंहावलोकन प्रदान गर्दै विशेषज्ञ सत्रहरूको शृङ्खला प्रस्तुत गरेकी छन् । उनले प्रमाणीकरण प्रणाली सम्बन्धमा चुनौतीहरू र फाइदाहरूलाई प्रकाश पार्दै प्रभावकारी पर्यटन नीति, सामुदायिक पुनर्उत्थानशीलता र संरक्षणलाई प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय उदाहरणहरू प्रस्तुत गरिन् । 

त्यसै गरी Planet Abled की संस्थापक नेहा अरोराले समावेशी पर्यटनको विषयमा विशेषज्ञ सत्रहरू प्रस्तुत गरिन् । साथै नेपालको पर्यटन क्षेत्रमा लामो अनुभव भएका राष्ट्रिय स्रोत व्यक्ति सुदिप भाजु र पंकज प्रधानांगले नेपालको पर्यटन क्षेत्रको विषयमा विशेष प्रस्तुतीकरण गरेका थिए । कार्यशालाको अन्तरक्रियात्मक ढाँचाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सहभागीहरू, स्रोत व्यक्तिहरू बिच अन्तर सहयोगी सिकाइ र अनुभव आदानप्रदानलाई प्रोत्साहित गरेको थियो । 

कक्षा सत्रहरूको अतिरिक्त, सहभागीहरूले युनेस्को विश्व सम्पदा स्थल पाटन दरबार स्क्वायरको साइट भ्रमणमा भाग लिए, जहाँ उनीहरूले सांस्कृतिक संरक्षण र सामुदायिक संलग्नतासँग पर्यटन विकासलाई सन्तुलनमा राख्ने स्थानीय प्रयासहरूको अवलोकन गरेका छन् । ज्ञान आदानप्रदानलाई महत्त्व दिएर यस कार्यशालाले वातावरणीय रूपमा जिम्मेवार, सामाजिक रूपमा समावेशी र आर्थिक रूपमा लचिलो पर्यटन क्षेत्रहरू विकास गर्न एसिया–प्रशान्त देशहरूलाई सहयोग गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

सन् २००९ पछि पहिलो पल्ट नेपालले आयोजना गरेको एपियो अन्तर्राष्ट्रिय कार्यशालाको सफलताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई यस प्रकारका कार्यक्रम आयोजना गर्न थप ऊर्जा मिलेको कार्यशालाका सहभागीहरूले बताएका छन् ।

 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्