Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, भदौ ७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) को आठौँ कार्यसमितिका लागि प्यानलगत प्रतिस्पर्धा हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट रविभुषण झाको नेतृत्वमा प्यानल बनाइएको छ भने झाको प्यानललाई नेता प्रकाशमान सिंहको समर्थन रहेको छ । नेता सिंह निकटका सुदर्शन शर्मा झाको प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् । अर्को प्यानलबाट धनेन्द्र केसी अध्यक्षको उम्मेदवार बनेका छन् भने उक्त प्यानलमा महासचिवको उम्मेदवार भुपेन्द्र श्रेष्ठ छन् ।

तर इन्जिनियर कुलराज खनालले महासचिवमा प्यानल बेगर आफ्नो उम्मेदवारी दिएका छन् । उनले सिडेनलाई गुटगत स्वार्थभन्दा माथि उठाई लोकतान्त्रिक इन्जिनियरहरूको साझा संस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

खानालले हाल सिडेन विभिन्न स्वार्थ समूहमा विभाजित भई अग्रज इन्जिनियरहरूको योगदानलाई उपेक्षा गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “संगठनलाई व्यक्तिगत स्वार्थपूर्ति र अपारदर्शी नियुक्तिको थलो बनाइएको छ, यो सिलसिला यसैपटकबाट अन्त्य हुन्छ ।” उनले भने ।

नेता प्रधान नभई नीति प्रधान सिडेन अबको आवश्यकता भएको बताउँदै उनले समुहगत राजनीतिभन्दा माथि उठेर संस्थागत हकहितको संरक्षण र प्रवद्र्धन गर्ने अठोट गरेका छन् । साथै, सदस्यता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने तथा अन्य दलसँग आबद्ध व्यक्तिहरुलाई सदस्यता बाँडेर संस्थालाई कमजोर पार्ने प्रवृत्तिको अन्त्य गर्ने वचन दिएका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन (ल्भ्ब्) मा पनि आसेपासे मात्रलाई सिफारिस गर्ने प्रवृत्तिको विरुद्ध खनालले आफ्ना उम्मेदवारीलाई न्यायोचित विकल्पका रूपमा प्रस्तुत गरेका छन् । उनले दुःख गरेर संगठन विस्तारमा योगदान दिएका इन्जिनियरहरुलाई नेतृत्वमा ल्याउने वातावरण बनाउने उल्लेख गरेका छन् ।

काठमाडौं इन्जिनियरिङ कलेज स्वतन्त्र विद्यार्थी युनियन सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका खनाल नेविसंघ स्ववियु सभापतिमा अत्यधिक मतका साथ विजयी भएका व्यक्ति हुन् । उनी प्रविधिक विद्यार्थी परिषद्का केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघका निर्वाचित केन्द्रीय सदस्य तथा सिडेन लुम्बिनी प्रदेशका संस्थापक सचिवसमेत रहिसकेका छन् । 
“गुटगत राजनीतिमा नरमाउने तर योगदान गर्ने सबैलाई समेट्ने वातावरण बनाउने मेरो अठोट हो,” उनले भने ।
खानालले आगामी निर्वाचनमा आफुलाई केन्द्रीय महासचिव पदमा निर्वाचित गराउन सम्पूर्ण प्रजातान्त्रिक इन्जिनियर साथीहरुलाई एकजुट हुन अपिल गरेका छन् ।


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्