Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सुध्रियो नेपालको आर्थिक स्थिति
सुध्रियो नेपालको आर्थिक स्थिति
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, भदौ ९, २०८२

काठमाडौं । अघिल्ला वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदरमा प्रगति भएको देखिएको छ । मुद्रास्फीति नियन्त्रण, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा सकारात्मक वृद्धिका कारण आर्थिक वृद्धिदरमा प्रगति देखिएको हो ।

सरकारी खाता भने घाटामा

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा वृद्धि भएका कारण देशको आर्थिक स्थिति बलियो देखिएको हो । यसले शोधनान्तर स्थिति बचतमा देखिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथ्यांक प्रतिवेदनमा उल्लेख छ ।

सरकारी खर्च र राजस्व परिचालनको स्थिति र बढ्दो सार्वजनिक ऋणका चुनौतीहरू भने यथावत नै रहेको प्रतिवेदनमा उल्लेख छ । मौद्रिक क्षेत्रमा निक्षेप संकलन बढेको र निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा वृद्धि देखिए पनि बैंकको ब्याजदरमा केही कमी आएको प्रतिवेदनले औंल्याएको छ । पुँजीबजारे सूचकांकमा भने वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०८१–८२ मा आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो ।

वार्षिक औसत मुद्रास्फीति अर्थात् मूल्य वृद्धि ४ दशमलव शून्य ६ प्रतिशत छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत पुगेको थियो ।

शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो । नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि शोधनान्तर बचतमा हुने गर्छ ।

सरकार ४ खर्ब घाटामा
आर्थिक वर्ष २०८१–८२ मा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ४ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३ खर्ब ७९ अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

आव २०८१–८२ मा तीनै तहका सरकारको एकीकृत वित्त स्थिति भने १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँले बचतमा छ । संघीय सरकारले विभिन्न बजेट शीर्षकमा प्रदेश सरकार र स्थानीय तहलाई दिएको रकम खर्च नगर्दा सवा खर्ब रुपैयाँ थन्किएको हो । यसले तीनवटै सरकारको खर्च गर्ने क्षमता कमजोर रहेको देखाउँछ ।

२०८२ असार मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत गरेर १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ मात्र रहेको थियो ।

आव २०८१–८२ मा नेपाल सरकारको वित्तीय स्थिति घाटामा रहेका कारण ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ । यसैगरी, सरकारले १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण उठाएको छ । वित्तीय स्थिति घाटामा रहेपछि लिएको ऋण खर्च नगर्दा सरकारले बिनासित्ति ब्याज मात्र तिर्नुपरेको छ । सरकारले गत आवमा २ खर्ब ४३ अर्ब ९१ करोड रुपैया सावाँ–ब्याज भुक्तानी गरेको छ ।

२०८२ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

विदेश जाने विद्यार्थीले लगे १ खर्ब ३८ अर्ब
आर्थिक वर्ष २०८१–८२ मा विदेशी पर्यटकले नेपाल आएर खर्च गर्नेभन्दा बढी रकम लिएर नेपाली पर्यटक विदेश जाँदा खुद सेवा आय घाटामा गएको छ । आव २०८१–८२ मा विदेश पढ्न जाने नेपाली विद्यार्थीले मात्रै १ खर्ब ३८ अर्ब रुपैयाँ लगेका छन् ।

राष्ट्र बैंकका अनुसार खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा वर्षमा विदेशी पर्यटकबाट भ्रमण आय ७ दशमलव ७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । यससँगै नेपाली पर्यटकले विदेश जाँदा अघिल्लो वर्षको तुलनामा १८ दशमलव १ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

यसमध्ये विदेशमा पढ्न जाने विद्यार्थीले औपचारिक रूपमा १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ लगेकाले खुद भ्रमण खर्च घाटामा गएको हो । अघिल्लो वर्ष नेपालबाट विदेश जाने नेपालीले भ्रमण खर्चका रूपमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ लगेका थिए । जसमा शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

सरकारको आम्दानीभन्दा राजस्व बढी
सरकारी वित्तीय खाता घाटामा र राजस्व कमजोर स्थिति भइरहेका बेला मुलुकको समग्र आर्थिक गतिविधिलाई रेमिट्यान्सले भने टेवा दिएको छ । सरकारले गत आवमा जम्माजम्मी ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ कमाउँदा जनताले रेमिट्यान्सबाट १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ नेपाल भिœयाएका छन् ।

आव २०८१–८२ मा रेमिट्यान्स आप्रवाह १९ दशमलव २ प्रतिशतले बढेको हो । २०८२ असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको थियो ।

जीडीपीमा कृषिको योगदान बढ्यो
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत रहँदा कृषि क्षेत्रको वृद्धि ३ दशमलव २८ प्रतिशत, उद्योग क्षेत्रको ४ दशमलव ५३ प्रतिशत र सेवा क्षेत्रको वृद्धि ४ दशमलव २१ प्रतिशत रहेको छ ।

आव २०८१–८२ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५ दशमलव १६ प्रतिशत, १२ दशमलव ८३ प्रतिशत र ६२ दशमलव शून्य १ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान २५ दशमलव १६ प्रतिशत रहेको छ । यस्तो योगदान आव २०८०–८१ मा २४ दशमलव ७१ प्रतिशत मात्र थियो ।

यसैगरी, आव २०७९–८० मा २४ दशमलव शून्य ३ प्रतिशत कृषिको योगदान रहेको थियो । कृषिमा आर्थिक वृद्धिदर आव २०८१–८२ मा ४ दशमलव ६१ प्रतिशत रहेको छ । आव २०८०–८१ मा भने कृषिको वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो । आव २०७९–८० मा १ दशमलव ९८ प्रतिशत रहेको थियो ।

चालू खातामा ४ खर्ब ९ अर्ब बचत
आर्थिक वर्ष २०८१–८२ मा चालू खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता २ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षमा १ अर्ब ६७ करोडले बचतमा रहेको चालू खाता समीक्षा वर्षमा ३ अर्ब १ करोडले बचतमा छ ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ दशमलव ७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

आव २०८१–८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव २ महिनाको वस्तु आयात र १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्