Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, भदौ १७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, आतंकवाद, साइबर आक्रमण, महामारीलगायत क्षेत्रीय र विश्वव्यापी चुनौतीवारे विश्व नेताको ध्यानाकर्षण गराएका छन् ।

जलवायु र आतंकवादवारे विश्वको ध्यानाकर्षण

चीनमा आयोजित ‘साघाई सहयोग संगठन (एससीओ) प्लस बैठक’मा सोमबार सम्बोधन गर्दै उनले बहुपक्षीयतालाई समयको अपरिहार्य आवश्यकता बताउँदै यसलाई सुदृढ र परिणाममुखी बनाउन शक्ति राष्ट्रहरूलाई आह्वान गरेका छन् ।

‘बहुपक्षीयता संकटमा छ तर यसलाई त्याग्नु समाधान होइन, अझै प्रभावकारी र समावेशी बनाउनैपर्छ,’ ओलीले भने । उनले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर वैश्विक शासन प्रणालीलाई न्यायपूर्ण र दिगो बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले चीनको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई)लाई बहुपक्षीयतालाई मजबुत बनाउन सहयोगी हुने उल्लेख गर्दै एससीओलाई अझ एकताबद्ध, समन्वित र लचिलो बनाउनुपर्नेमा जोड दिए ।

नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहँदै आएको र अब पूर्ण सदस्यता पाउने आकांक्षा रहेको उनले बताए । बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले ग्लोबल गभर्नेन्स इनिसियटिभ (जीजीआई)को प्रस्ताव राखेका छन् ।

चीनले राष्ट्रपति सीको नेतृत्वमा यसअघि नै तीनवटा पहल ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई), ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) अघि बढाइरहेको छ । एससीओ प्लसको बैठकमा सोमबार उनले नयाँ पहल ‘जीजीआई’ अघि बढाउने घोषणा गरेका हुन् ।

‘म सबै देशहरूसँग मिलेर अझ न्यायपूर्ण र समान विश्व शासन प्रणाली निर्माण गर्न तथा मानवताका लागि साझा भविष्य भएको समुदायतर्फ अगाडि बढ्न इच्छुक छु,’ सीले जीजीआई’bout प्रस्ट पार्दै भनेका छन् ।

सीले जीजीआईका पाँच प्रमुख सिद्धान्तहरू हुने बैठकमा उल्लेख गरेका छन् । ती पाँच सिद्धान्तमा सार्वभौमिक समानतामा अडिग रहनुपर्ने, अन्तर्राष्ट्रिय कानुनी शासनको पालना गर्नुपर्ने, बहुपक्षीयताको अभ्यास गर्नुपर्ने, जनमुखी दृष्टिकोणको वकालत गर्नुपर्ने र वास्तविक कामहरूमा केन्द्रित हुनुपर्ने भन्ने छ । ‘ग्लोबल गभर्नेन्स इनिसियटिभ’ सुरक्षा, विकास र सभ्यतासम्बन्धी उनका पुराना तीन इनिसिएटिभकै निरन्तरता हो ।

‘म सबै देशहरूसँग मिलेर अझ न्यायसंगत र समान विश्व शासन प्रणाली निर्माण गर्न चाहन्छु,’ सीले भनेका छन् ।


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्