Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी
उद्योग व्यवसाय व्यवस्थित बनाउन सहकार्य गर्छौं : मन्त्री भण्डारी
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ २२, २०८२

काठमाडौँ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रका उद्यमी–व्यवसायीलाई व्यवस्थित, मर्यादित र उन्नत बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ।

नेपाल कुरीयर सेवा संघको ३१औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कुरीयर व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउन सरकार हातेमालो गर्न तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यस व्यवसायमा रहेका जटिलता हटाउन छलफल गर्न तयार छौं। उपयुक्त समयमा बैठक आह्वान गरौं, तपाईंहरू आउनुहोस्। तपाईंहरूले आकर्षक सेवा उद्योग बनाउनुस्, सरकारले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा अझ व्यवस्थित बनाउन खेल्न सक्ने भूमिकाबारे छलफल गर्न तयार छ। व्यवसाय सुधारका सवालमा नीतिगत सहुलियत दिन पनि सरकार तयार छ।”

मन्त्री भण्डारीले संघले २०५२ सालमा स्थापना भएदेखि देशभरका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरी छिटोछरितो, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको स्मरण गर्नुभयो। उहाँका अनुसार, यसले नेपालको निर्यात प्रवर्द्धन, पारवहन खर्च न्यूनिकरण र व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान दिएको छ।

कुरीयर सेवा क्षेत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार, वाणिज्य र सम्पर्क सहज बनाउन विशेष भूमिका खेलेको उल्लेख गर्दै मन्त्री भण्डारीले आजको डिजिटल वाणिज्य र विश्वव्यापीकरणको युगमा यस क्षेत्रको दक्षता र विश्वासनीयता प्रत्यक्ष रूपमा राष्ट्रको आर्थिक वृद्धिसँग सम्बन्धित भएको धारणा राख्नुभयो।

उहाँले संघले व्यावसायिकता, नवप्रवर्तन र सहकार्यका माध्यमबाट सेवाको गुणस्तरलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री भण्डारीले आगामी दिनमा कुरीयर सेवा उद्योगको विकास र समृद्धिका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै संघको निरन्तर प्रगति र सफलताको शुभकामना दिनुभयो।

यसै अवसरमा उपस्थित व्यवसायीहरूले कुरीयर सेवा संघलाई उद्योग मन्त्रालयको प्रत्यक्ष व्यवस्थापन र संरक्षण अन्तर्गत राख्नुपर्ने माग पनि राखेका छन्।


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्