Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • भदौ २३ र २४ मा भएका घटनामा प्रहरीसंग२५ हजार बढी प्रमाण
भदौ २३ र २४ मा भएका घटनामा प्रहरीसंग२५ हजार बढी प्रमाण
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, भदौ ३०, २०८२

काठमाडौं । नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाका सबुतहरू जुटाउने क्रममा सोमवार मध्याह्नसम्म २५ हजारभन्दा धेरै सामग्रीहरू प्राप्त गरेको प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।

प्रहरी नायव महानिरीक्षक घिमिरेले सबुतहरू जुटाउने क्रमलाई आफ्नो सुरुवाती कदम बताउँदै त्यो भविष्यमा गठन हुने छानबिन समितिका लागि सहित आफैलाई ूकानुन बमोजिम कारबाही गर्नका लागि अत्यावश्यक सामग्रीूका रूपमा प्रहरीकै अनुसन्धानमा प्रयोग हुने बताए।

‘पछि छानबिन सहज होस् भनेर अहिले हामीले प्रमाणहरू सङ्कलन गरिरहेका हौँ,’ प्रवक्ता घिमिरे भन्छन्। ‘अहिले नै प्रहरीको आह्वान बमोजिम कतिपय कुराहरू नजिकका प्रहरी कार्यालयमा बुझाइराख्नु समेत भएको छ जसलाई हामीले रेकर्ड राखेर छाड्ने गरेका छौँ।’ प्रहरीले भदौ चौथो साताको सुरुमै भएका उक्त घटनापछि गोपनीयता कायम राखिने भन्दै उपलब्ध प्रमाणहरू पठाएर सघाउन बारम्बार आह्वान गर्दै आएको छ।

एकजना पूर्वगृहसचिव उमेश मैनाली यस्तै अवस्थाका विगतका घटनामा अनुसन्धान भएर पनि राजनीतिक अर्थ लगाएर कारबाही नभएको अवस्था औँल्याउँदै प्रहरीले आँट गरेमा यस पटक अपराधमा संलग्नहरूलाई कारबाही गर्न सकिने बताउँछन्। ‘विगतमा यस्ता अनुसन्धानपछि धेरैलाई कारबाही भएन, कतिले विभिन्न माफी पाए। कसैलाई मुद्दा नै चलेन। चलाएकालाई पनि सामान्य धरौटी राख्न लाए। कतिलाई त्यो पनि माफी गराइयो,’ उनी भन्छन्।

तर पनि राजनीतिक आन्दोलन र आपराधिक नियतबीचको अन्तर छुट्याएर कारबाही गर्ने काम निकै चुनौतीपूर्ण रहेको उनी ठान्छन्। नेपाली सेनाले अनुसन्धानका लागि नेपाल प्रहरी नै जिम्मेवार निकाय रहेको जनाएको छ। प्रहरी प्रवक्ता घिमिरेले अहिले प्रमाण जुटाउने चरण मात्र भएकाले अहिले नै यसो नै भइहाल्छ भन्न नसकिने बताउँछन्।

‘तर कानुन बमोजिम नै हुन्छ, उनले भने। ‘अहिले जुटाएका प्रमाणले भोलिका दिनमा छानबिन टोली गठन हुँदाको अवस्थालाई सहज हुने हाम्रो विश्वास छ।’

छानबिन गर्ने अलग्गै निकाय बनाएर अनुसन्धान हुने चर्चा चलिरहे पनि त्यो अन्ततः प्रहरीमै जोडिन पुग्ने भएकाले उच्च नेतृत्वले त्यसमा सघाउनु पर्ने पूर्वसचिव मैनालीको धारणा छ।

‘छानबिन आयोगले त प्रतिवेदन बनाएर अनुसन्धान गरेर प्रहरीलाई नै मुद्दा चलाउन भन्ने न हो। त्यसो भएर अपराधीलाई कारबाही गर्ने कुरा प्रहरीकै हातमा छ।’

नेपाल प्रहरीले विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू छ भने  पठाएर सहयोग गर्न  अनुरोध गरेको छ ।

त्यसबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निकालेको अर्को सूचनामा चोरी तथा लुटपाट भएका सामानहरूको खरिदबिक्री तथा सञ्चय नगर्न सजग गराइएको छ।

सीआईबीले प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, व्यापारिक भवन, ब्याङ्क तथा वित्तीय संस्था लगायतका संरचनामा रहेका कागजपत्र, ऐतिहासिक दस्ताबेज, बहुमूल्य वस्तु, हातहतियार, अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा विक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको भन्दै उक्त सूचना जारी गरेको जनाएको छ।


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्