Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध
जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असोज ३, २०८२

ललितपुर ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागलाई आत्मसात गर्दै बैठकले तिनलाई विधिवत रूपले सम्बोधन गर्न गराउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको ठहर गरेको छ ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय, विपी स्मृति भवन, विपी नगर, ललितपुरमा आज बसेको बैठकले जेनजी पुस्ताको पछिल्लो प्रदर्शनमा जीवन गुमाएका युवाहरू एवं प्रहरी र अन्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै न्याय, समानता, स्वतन्त्रता एवं बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न विगतमा भएका सबै आन्दोलनमा प्राण उत्सर्ग गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार संविधान दिवसको अवसरमा एक मिनेट मौनधारणा पश्चात प्रारम्भ भएको बैठकले गत भदौ २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा कयौँ युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाउने नेपाल आमाका महान सपुतहरूप्रति पुनःभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको हो ।

“प्रदर्शनका क्रममा भएका घाइतेको उपचारको सम्पूर्ण प्रबन्धमा थप गम्भीरता राख्न माग गर्दै सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ, उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग बैठकले पुनःदोहोर्‍याएको छ”, उहाँले भन्नुभयो ।

कार्यसम्पादन बैठकले लोकतन्त्रका लागि आजसम्म अविचलित रूपमा सङ्घर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण र निजी निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाको नेपाली कांग्रेस कडा शबदमा निन्दा र भत्सर्ना गर्दै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले भदौ २४ गतेको प्रदर्शनका क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबारलगायत राज्यका मुख्य अङ्ग एवं लोकतन्त्रका आधार स्तम्भहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, नेपालको लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेताहरू, नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको विराटनगरस्थित ‘कोइराला निवास’, सर्वोच्च नेता गणेशमान सिंहको काठमाडौँ चाक्सीबारीस्थित ‘गणेशमान निवास’ र ललितपुरको बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को ‘आश्रम’ मा तोडफोड, आगजनी र लुटपाटबाट गरेको भन्दै विरोध गरेको छ ।

सार्वजनिक एवं निजी क्षेत्रको खर्बौ सम्पत्तिको क्षति गरिएको घटनाप्रति कार्यसम्पादन समितिको यो बैठक कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ ।

कांग्रेसले संसद् विघटनको यो उपक्रम संविधानको परिकल्पना र सम्मानित अदालतको व्याख्या विपरीत रहेको भन्दै संसद् विघटन असंवैधानिक भनेको छ । बैठकले यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको भन्दै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास यही संविधानभित्र खोज्न सकिन्छ भन्ने नेपाली कांग्रेसको दृढ विश्वास रहेको निर्णय भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

“संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्दछ, वर्तमान संविधानको संरक्षण र पालनासँगै मुलुकको सफलता र देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प गर्दै यस्तो चुनौतीपूर्ण अवस्थामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ कांग्रेसले विभिन्न राजनीतिक दल तथा नागरिक समाज लगायत सबै सरोकारवालाहरूरूसँग गहन परामर्श गरी शान्ति, लोकतन्त्र, अग्रगमन र समुन्नतिका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गर्दछ”, पौडेलले भन्नुभयो ।

कांग्रेसले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई थप सबल, सुदृढ र गतिशील बनाउँदै लैजानुपर्ने ऐतिहासिक दायित्वलाई हृदयङ्गम गरी सबैलाई संयम र बृहत्त एकता राख्न स्वदेश तथा विदेशमा रहेका हाम्रा सदस्य, समर्थक, शुभचिन्तक र समस्त नेपाली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः हार्दिक अपिल गरेको छ ।

आजको बैठकमा पार्टीका पदाधिकारीहरू उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, महेन्द्र यादव, जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला, डा शेखर कोइराला, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, सुजाता कोइराला, एनपी साउद, आनन्दप्रसाद ढुङ्गाना र बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा र श्यामकुमार घिमिरेले आआफ्नो धारणा राख्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्