Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • १५ सय पर्ने जुत्तालाई ३ हजारमा किन्दै प्रहरी
१५ सय पर्ने जुत्तालाई ३ हजारमा किन्दै प्रहरी
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज ७, २०८२

काठमाडौं ।

नेपाल प्रहरीले प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्य प्रस्ताव गरेका विभिन्न १२ वटा कम्पनी र फर्मलाई पोसाक खरिदका लागि स्वीकृति दिएको खुलेको छ ।

प्राविधिक प्रस्ताव पेस गर्ने बेलामै सीमित व्यवसायी, कम्पनी र फर्मले मात्र प्रतिस्पर्धा गर्न पाउनेगरी प्रतिस्पर्धालाई सीमित गरेर टेन्डर आह्वान गरेको प्रहरीले विभिन्न २५ प्रकारका पोसाक प्रचलित बजार मूल्यभन्दा दोब्बर बढी मूल्यमा खरिद गर्नेगरी प्रक्रिया अघि बढाएको देखिएको छ ।

यस्ता छन् १० पोसाकका मनपरी मूल्य

गत ३० भदौ र १ असोजमा स्वीकृत गरिएका विभिन्न १२ वटा कम्पनी र फर्मको आर्थिक प्रस्तावमा बजार मूल्यभन्दा ६ हजार ७ सय ४१ रुपैयाँसम्म बढी मूल्य कबोल गर्नेको प्रस्ताव स्वीकृत गरेको देखिएको छ ।

प्रहरीका लागि ४० हजार थान डीएमएस बुट खरिदका लागि जय शलिना इन्टरप्राइजेजले हालेको प्रतिजोर ३ हजार ९५ रुपैयाँमा उपलब्ध गराउने आर्थिक प्रस्ताव स्वीकृत भएको छ । जबकि, यस बुटको लागत मूल्य भने १ हजार ५ सय रुपैयाँ छ ।

त्यसैगरी, कर्निवल बिजिनेस ट्रेडर्सले पार्खा ज्याकेट खरिदका लागि हालेको आर्थिक प्रस्ताव स्वीकृत भएको छ । १६ हजार थान ज्याकेट खरिदका लागि स्वीकृत प्रस्तावमा प्रतिथान ४ हजार ४ सय ६७ रुपैयाँमा उपलब्ध गराउने भनिएको छ । यसको लागत मूल्य भने २ हजार ३ सय रुपैयाँ छ ।

५५ हजार थान म्याट्रेस खरिदका लागि जय शलिनाकै आर्थिक प्रस्ताव स्वीकृत भएको छ । उसले ८ हजार रुपैयाँ लागत पर्ने म्याट्रेस १३ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउने प्रस्ताव गरेको छ ।

बजारमा १ हजार १ सय रुपैयाँमा पाइने ब्लाङ्केटलाई न्यु उशा इन्टरनेसनलले २ हजार १ सय ४९ रुपैयाँमा उपलब्ध गराउनेगरी गरेको आर्थिक प्रस्ताव स्वीकृत भएको छ ।

जय शलिनाले नै बजार मूल्य ९ सय रुपैयाँ पर्ने स्पोर्ट्स सुजलाई १ हजार ९ सय ४९ रुपैयाँमा उपलब्ध गराउनेगरी हालेको प्रस्ताव स्वीकृत भएको छ ।

समृद्धि ट्रेड इन्टरनेसनलले ५० हजार थान उलन सर्ट प्रतिगोटा १ हजार २ सय ५६ रुपैयाँमा उपलब्ध गराउनेगरी राखेको आर्थिक प्रस्ताव स्वीकृत भएको छ । जबकि यसको बजार मूल्य भने प्रतिपिस ६ सय रुपैयाँ छ ।

१ लाख ५० हजार पिस कटन सर्ट कपडाका लागि जेएमबीडी इन्टरनेसनलले प्रतिपिस ४ सय २६ रुपैयाँमा उपलब्ध गराउनेगरी हालेको आर्थिक प्रस्ताव स्वीकृत भएको छ । यसको बजार मूल्य भने प्रतिपिस २ सय रुपैयाँ पर्ने व्यवसायीहरूले उपलब्ध गराएको मूल्यसूचीमा देखिन्छ ।

३५ हजार थान उनीको पाइन्ट कपडा प्रतिपिस १ हजार ५ सय ९८ रुपैयाँमा उपलब्ध गराउनेगरी तेजसम ट्रेड इन्टरप्राइजेजले हालेको आर्थिक प्रस्ताव स्वीकृत भएको छ । यसको लागत मूल्य भने प्रतिपिस ८ सय ९८ रुपैयाँ ९५ पैसा छ ।

एभरेस्ट सिलाइ उद्योगले ११ हजार टप बुट प्रतिजोर ३ हजार ४२ रुपैयाँमा उपलब्ध गराउनेगरी हालेको प्रस्ताव स्वीकृत भएको छ । जबकि, यसको लागत मूल्य भने प्रतिजोर १ हजार २ सय रुपैयाँ पर्छ । त्यसैगरी, एभरेस्ट सिलाई उद्योगले नै १२ हजार ५ सय थान ऊनीको स्वीटर खरिदका लागि प्रतिपिस १ हजार ९ सय ५० रुपैयाँमा उपलब्ध गराउने प्रस्ताव स्वीकृत भएको छ । यसको बजार मूल्य भने प्रतिपिस १ हजार रुपैयाँ रहेको व्यवसायीहरूले बताएका छन् ।

यसैगरी, अन्य १५ थरीका पोसाकमा पनि बजार मूल्यभन्दा अधिक मूल्य प्रस्ताव गर्ने कम्पनी तथा फर्महरूकै आर्थिक प्रस्ताव स्वीकृत भएका छन् ।

आर्थिक प्रस्ताव स्वीकृत भएका कम्पनी र फर्म
जय सिलना इन्टरप्राइजेज, कार्निवल बिजिनेस ट्रेडर्स, न्यु उशा इन्टरनेसनल, सबृद्धि ट्रेड इन्टरनेसनल, जेएमबीडी इन्टरनेसनल, तेजसम ट्रेड इन्टरप्राइजेज, एभरेस्ट सिलाइ उद्योग, श्लोक इन्टरप्राइजेज, अभिङ ट्रेड इन्टरनेसनल, जेभी प्रालि, एसके ट्रेडर्स र थर्ड गार्मेन्ट

#Rajdhanidaily


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्