Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ
आफ्नो सयन कक्षबारे शिक्षा मन्त्री पुनले भने– फाइभस्टार होटलजस्तो छ
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, असोज ८, २०८२

काठमाडौं  ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् ।

मंगलबार बेलुकी आफ्नो सयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’

 

 

केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारिएको हो ।

 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

मन्त्री पुनले आफू राष्ट्रिय आविष्कार केन्द्रमा छँदा भुइँमा सुत्ने गरेको सुनाए । ‘म आविष्कार केन्द्रमा हुँदा भुइँमा टेन्ट टाँगेर, एउटा म्याट्रेस ओछ्याएर सुत्थेँ, म यस्तैमा हुर्किएँ’ उनले भने, ‘कि यस आराममा हुर्किएको भए एउटा कुरा हुन्थ्यो । भगवानले यस्तै दिए के गर्नु ।’

‘भुइँमा सुत्ने मान्छे’लाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको भन्दै मन्त्रालयका कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन् ।

जेनजी युवा आन्दोलनको क्रममा सिंहदरबार परिसरभित्र रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आगजनी भएपछि लैनचौरको केशर महलमा शिक्षा मन्त्रालयलाई सारिएको थियो ।

त्यहाँ रहेको मन्त्री पुनको कार्यकक्षलाई पार्टेसन गरेर त्यससँगै जोडिएको ठाउँमा सयन कक्ष बनाइएको छ । त्यहाँ बक्स पलङ राखिएको छ । छेउँमा टेबुल, कुर्सी, दराज र कपडा झुण्ड्याउने ह्याङ्गर राखिएको छ ।

सयन कक्षको छेउँमा सानो भान्सा कोठा छ । भान्सामा पकाउने खाने भाँडाकुँडा, डाइनिङ टेबल, फ्रिज लगायतका सामग्री छन् ।

मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा रहेको सरकारी आवासमा पनि जेनजी युवा प्रदर्शनको क्रममा आगजनी भएकाले अन्त डेरा खोजेर बस्नुभन्दा आफूलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाइदिन मन्त्री पुनले भनेका थिए ।

शिक्षा मन्त्रालयकी सहसचिव अनिता निरौलाले मन्त्री पुनका लागि एक सेट सुत्ने खाने व्यवस्था मिलाइएको बताइन् । उनको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ ।

आफू पहिलेदेखि नै ‘जहाँ काम गर्ने, त्यहीँ सुत्ने’ गरेको बताउँदै मन्त्री पुनले भनेका छन्, ‘बाहिर बस्न घर छैन । आफ्नो डेरा भए पनि गाह्रो हुने रहेछ । नियम अनुसार सुरक्षाको साथी तैनाथ हुने रहेछ । उहाँहरूलाई कहाँ राख्ने ? कुना–काप्चामा बसेर भए पनि यहाँ सुरक्षित हुन्छ ।’ 

#onlinekhabar.com


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड बिहीबार, जेठ २१, २०८३
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट बिहीबार, जेठ २१, २०८३
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता बिहीबार, जेठ २१, २०८३
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा बुधबार, जेठ ६, २०८३
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्