Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज १३, २०८२

 

१३ असोज, काठमाडौं । केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कांग्रेस सभापति शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरसहित केही स्थानमा छापा मारेको छ ।

आइतबार दिउँसो उपत्यकाका विभिन्न ४/५ वटा ठाउँमा सीआईबीले छापामा मारेको हो । सीआईबीका एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको हो ।

सो क्रममा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइसमेत रहेका राणाको घरमा पनि छापा मारेको हो ।

‘हिजो हामीले ४–५ वटा ठाउँमा छापा मारेका थियौं । केही भेटिने सूचना पाएपछि छापा मारिएको हो,’ केसीले भने ।  कुन कुन ठाउँमा छापा मारेको भन्ने सबै प्रहरीले खुलाएको छैन ।

जावलाखेलस्थित भूषणको घरमा प्रहरी पुग्दा उनी भने घरमा थिएनन् ।

‘उहाँ (भूषण राणा) घरमा हुनुहुन्न थियो,’ प्रहरी स्रोतले भन्यो, ‘हामीले शंका लागेका केही कुराहरूमा खानतलासी गरेका हौं ।’

तर, अनुसन्धानकै विषय रहेकाले के के बरामद भएको भन्ने खुलाउन नमिल्ने एक प्रहरी अधिकारी बताउँछन् ।

निवर्तमान परराष्ट्रमन्त्री राणाले गर्ने धेरैजसो डिलमा भाइ भूषणले डिल गर्ने गरेका थिए । उनी प्रतिनिधिका रुपमा खटिने गरेको सूचना प्रहरीले पाएको थियो ।

यसअघि पनि भूषण विभिन्न ठेक्कापट्टाका विषयमा विवादमा तानिँदै आएका थिए ।

गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहात राखेको यो विभाग वर्तमान सरकारले मन्त्रालयमै फर्काइदिएको छ ।

यसैबीच देउवाका नजिकका नातेदार रहेका भूषणको घरमा गरिएको यो छापाबारे सर्वत्र चासो छ । #onlinekhabar.com


प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सुनचाँदीको मूल्य  आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट मंगलबार, चैत १७, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ मंगलबार, चैत १७, २०८२
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण मंगलबार, चैत १७, २०८२
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु सोमबार, चैत १६, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्