Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • बाढीले मधेशमा डुबान, सयौं विस्थापित
बाढीले मधेशमा डुबान, सयौं विस्थापित
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज १९, २०८२

जनकपुरधाम ।

न दिनदेखिको अविरल वर्षाको कारणले मधेशको जनजीवन अस्तव्यस्त बनेको छ । बाराबाहेक सातवटा जिल्लामा सयौँ घर डुबानमा परेको छ । सयौँ घरपरिवार विस्थापित भएका छन्। दर्जनौं मानिसलाई प्रहरीले उद्धार गरेको छ । सबभन्दा बढी प्रभावित महोत्तरी र सर्लाही छ ।

 

 

चट्याङ लागेर तीनजनाको मृत्यु भएको छ । तीन जनाको बेवारिसे शव फेला परेको छ । दुईजना बेपत्ता भएका छन् । रौतहटमा तीनजनाको मृत्यु भएको छ । रौतहट, सर्लाही र धनुषामा १-१ जनाको शव फेला परेको मधेश प्रदेशका प्रहरी प्रमुख एआइजी उमासिंह चतुर्वेदीले जानकारी दिए । बारा र रौतहटमा १-१ जना बेपत्ता भएका छन् ।

 

यस्तै सबभन्दा जोखिममा रहेको सप्तकोशी नदीको कोशी ब्यारेजको तीनै सुरक्षा निकायका मधेश प्रदेश प्रमुखहरूले निरीक्षण गरेका छन् । समन्वय गरेर काम गरिरहेको एआइजी चतुर्वेदीले बताए ।

डुबानमा परेका नागरिकहरूको उद्धारमा तीनवटै सुरक्षा निकाय खटिएका छन् । जसको कारणले मानवीय क्षति कम भएको छ ।

महोत्तरीमा पाँच पालिका जलमग्न

महोत्तरीमा रातु नदीमा आएको बाढीले बाँध भत्काए बस्ती पस्दा पाँचवटा पालिकाको अधिकांश भाग जलमग्न बनेको छ ।
महोत्तरी गाउँपालिका, बलवा नगरपालिका, जलेश्वर नगरपालिका, मनरा सिसवा नगरपालिका र एकडाँडा गाउँपालिका जलमग्न बनेको छ ।

जलेश्वर कारागरमा समेत पानी जम्दा कैदीबन्दीलाई माथिल्लो तलामा सारिएको छ ।

 

भंगहा नगरपालिका, बलवा नगरपालिका, औरही नगरपालिका र बर्दिबास नगरपालिकाका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उत्तरमा अहिलेसम्म मानवीय क्षति भएको छैन ।

सर्लाहीमा डुबानले १६१९ घरपरिवार विस्थापित

सर्लाहीमा १ हजार ६ सय १९ घर धुरी डुबानमा परेर विस्थापित भएका छन् । उनीहरु सुरक्षित स्थानमा बसेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।

उनका अनुसार चक्रघट्टा गाउँपालिका १ पडरियाका २० वटा कच्चीघर पूर्ण रुपमा क्षति भएका छन् । डुबान र बाढीमा फसेका १९ जनाको उद्धार गरिएको डिएसपी राईले बताए ।

हुलाकी सडकको कौडेना गाउँपालिका -३ सडक खण्डको १५० मिटर बाटो लखनदेही खोलाले कटान गरेको छ ।

स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी मर्मत संहारको काम चलिरहेको प्रहरीले जनाएको छ।

 

सप्तरीमा ८१६ जना विस्थापित

सप्तरीमा डुबानमा परेका १४२ घरपिरवारका ८१६ जना विस्थापित भएका छन् ।

सप्तकोसी नगरपालिका-६ त्रियुगा नदी कारण डुबानमा परेको छ । डाक्नेश्वरी नगरपालिका-९ का १५ घर, हनुमान नगर कंकालिनी नगरपालिका- १२ का ४० घर र वडा नम्बर ६ का ११ घर डुबानमा परेका छन् ।

यस्तै राजगढ गाउँपालिका-१, तिलाठी कोडीलाडी गाउँपालिका-४ का १५ घर डुबानमा परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

उनका अनुसार बाढी र डुबानमा फसेका ८० जनाको उद्धार गरिएको छ । सप्तरीमा ६६१ प्रहरी नेपाल प्रहरी खटेका छन् । मानवीय क्षति भने भएको छैन ।

पर्सामा ३९ जनाको उद्धार

अविरल वर्षाले वर्षामा खासै ठूलो क्षति भएको छैन । यद्यपि वीरगन्ज महानगरपालिकामा- ११ मा डुबानमा परेको दलित बस्तीबाट ९ घरपरिवारका ३६ जनालाई उद्धार गरिएको छ । उनीहरुलाई सुरक्षित स्थलमा राखिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

सोही वडामा रहेको माइती नेपालको सेफहाउसबाट ३ जनालाई अन्यत्र सारिएको छ । अन्य कुनै मानवीय क्षति भने भएको छैन ।

रौतहटमा चारजनाको मृत्यु, एक बेपत्ता

मधेशमा अविरल वर्षा र विपदबाट रौतटमा सबभन्दा बढी मानवीय क्षति भएको छ । शनिबार मात्रै चट्याङबाट तीनजनाको मृत्यु भएको छ । एकजाको बेवारिसे शव फेला परेको छ भने एकजना बेपत्ता छन् ।

शनिबार चट्याङ लागेर ईशनाथ नगरपालिका-८ मनसरीका ४५ वर्षीय शेख जमरुल, कटहरिया नगरपालिका २ हथियायीका १६ वर्षीय शेराज लहेरी र नवीन यादवको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

लालबकैया नदीको बाँध नजिक टाउको नभएको अन्दाजी ३०/३५ वर्षीया महिलाको शव फेला परेको छ । यस्तै बागमती नदीमा दाउरा टिप्ने क्रममा माधवनारायण नगरपालिका – ८ कि ७५ वर्षीया पन्मा देवीको डुबेर मृत्यु भएको छ । यस्तै दर्जनौं घरहरू डुबानमा परेका छन् ।

धनुषा र सिराहामा समेत केही बस्तीहरू डुबानमा छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न गाउँमा घरहरू डुबानमा परेका छन् ।

 

बारामा समान्य मात्र क्षति पुगेको बारा प्रहरीले जनाएको छ । सिराहामा फाट्टफुट्ट घरहरू डुबानमा परेको सिराहाका प्रहरी उपरीक्षक एसपी अनन्तराम शर्माले बताए ।

तथ्याङ्क सङ्कलनको काम भइरहेको उनको भनाइ छ । वर्षा र डुबानले केही ठाउँमा पोलहरू ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।

तीनवटै सुरक्षा निकाय नागरिकको राहत र उद्धारमा खटिएका छन् ।

सशस्त्र प्रहरीले मधेस प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानमा फसेका १८० जना भन्दा बढीलाई उद्धार गरेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी अशोक बमले जानकारी दिए।

तीनवटै सुरक्षा निकायसँग समन्वय गरेर विपत पीडितहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ।

‘सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनासँग सँगै समन्वय गरी हामीले राहत र उद्धारमा खटिएका छौं । डुङ्गा र गोताखोर प्रहरी टोली तयारी अवस्थामा छ। आवश्यकता परेको ठाउँमा पठाएका पनि छौँ’ उनले भने’ स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी पीडितहरूलाई राहतको पनि व्यवस्थापन गर्ने कार्यमा जुटेका छौं ।’

#अनलाईन खबरबाट साभार गरिएको 


प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्