Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • एमाले सचिव अर्याल : भदौ २३ र २४ को घटना प्रतिक्रान्ति र प्रतिगमनको उदाहरण
एमाले सचिव अर्याल : भदौ २३ र २४ को घटना प्रतिक्रान्ति र प्रतिगमनको उदाहरण
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, कात्तिक २०, २०८२

बुटवल ।
नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भदौ २३ र २४ गते भएको राजनीतिक घटनाक्रमलाई देशको लोकतान्त्रिक अभ्यासमाथिको प्रतिगमन र प्रतिक्रान्तिको रुपमा व्याख्या गरेकी छन्। लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सार्वभौम संसद् विघटन, जननिर्वाचित सरकार अपदस्थ र राज्यका अंगहरू निष्प्रभावी बनाइएको घटनालाई नेपालको राजनीतिक यात्रामाथिको ठुलो धक्का भनेकी छन्।

“भदौ २३ र २४ को घटना केवल राजनीतिक निर्णय थिएनन्, ती घटनाले व्यवस्थापिका र कार्यपालिका दुबैलाई खरानी बनाए,” उनले भनिन्, “यो अग्रगामी होइन, पूर्णतः पश्चगामी कदम हो।” अर्यालका अनुसार उक्त घटनाबाट मुलुकको संस्कृति, राजनीतिक मूल्य र इतिहासमाथि आक्रमण भएको छ, जसले जनताको विश्वास कमजोर बनाएको छ।

उनले अहिलेको आन्दोलनलाई “पछाडि फर्काउने प्रयास” को रुपमा चित्रण गर्दै त्यसलाई प्रतिक्रान्ति भनेकी छन्। “आजको आन्दोलनले मुलुकलाई अघि होइन, दशकौँ पछाडि फर्काउन खोजिरहेको छ,” उनले भनिन्, “त्यसैले यस अवस्थामा कार्यकर्ता बहकिनु हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक छ।”

अर्यालले कार्यकर्ताहरूमाझ राजनीतिक स्पष्टता र वैचारिक दृढताको आवश्यकता औंल्याउँदै भनिन्, “भदौ २३ गते दिउँसो १ बजेसम्मको आन्दोलन र त्यसपछि भएका घटनालाई फरक ढंगले बुझ्नुपर्छ। त्यो मोडबाट देशले जनताको अधिकार र संवैधानिक लोकतन्त्रमा ठुलो ह्रास देखेको छ।”

उनले एमालेलाई लोकतन्त्र, सुशासन र विकासको जिम्मा बोकेको एकमात्र शक्तिका रूपमा परिभाषित गर्दै सुशासन कायम गर्ने एजेन्डा पार्टीको मुख्य अभियान रहेको बताइन्। “हामीले जनतासँग गरेको वाचा सुशासन हो, जनजीविकाका मुद्दा उठाउने हाम्रो प्रतिवद्धता हो,” अर्यालले भनिन्, “एमालेले नै जनताको प्रश्नलाई संस्थागत रूपमा बोकेको छ।”

सचिव अर्यालले पार्टीभित्र संगठनात्मक एकता र राजनीतिक सचेतनाको सुदृढीकरणमा जोड दिँदै अहिलेको राजनीतिक परिस्थितिमा भावनामा होइन, विवेक र दृष्टिकोणमा आधारित भएर अघि बढ्न आग्रह गरिन्।

बैठकमा उनले लुम्बिनी प्रदेशका जिल्ला कमिटी, जनसंगठन र महिला नेतृहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिँदै भदौ २३ र २४ को घटनाले दिएको चेतावनीलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताइन्। उनका अनुसार, “देशलाई पुनः स्थायित्व र समृद्धिको बाटोमा फर्काउने जिम्मा एमालेकै काँधमा आएको छ।”


प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्