Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, पुस २३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा नाम समावेश भएपछि सार्वजनिक बहसमा आएकी ट्राभलर सिर्जना सिज्जु वलीले अन्ततः आफ्नो नाम फिर्ता लिएकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यो निर्णय योजनाबद्ध नभई यात्राकै क्रममा आएको आकस्मिक प्रस्तावका कारण भएको स्पष्ट पारेकी छन् ।

वलीका अनुसार उनी ढोरपाटन, रुकुम पूर्व–पश्चिम, बुर्तिबाङ र चुङ्री बुक्की जस्ता दुर्गम क्षेत्रमा पर्यटन सम्भावनाको अध्ययन गर्दै एकल यात्रा गरिरहेका बेला समानुपातिक सूचीमा राख्ने प्रस्ताव आएको थियो । यात्रामा रहेकै कारण निर्णयका लागि पर्याप्त समय नपाएको र सूची सार्वजनिक भएपछि मात्र यसको गम्भीरता महसुस भएको उनले स्वीकारेकी छन् ।

‘यात्राको थकान र सीमित समयबीच गरिएको निर्णयले मलाई आत्ममन्थन गर्न बाध्य बनायो,’ उनले उल्लेख गरेकी छन् । बन्द सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठेका प्रश्न, आलोचना र जिज्ञासालाई उनले स्वाभाविक प्रतिक्रिया मानेकी छन् ।

आफ्नो राजनीतिक पृष्ठभूमिबारे उठेका टिप्पणीप्रति प्रष्ट्याउँदै वलीले जीवनका निर्णय सधैं स्वतन्त्र रूपमा लिँदै आएको र परिवारको नाम प्रयोग गरेर अघि बढ्ने सोच कहिल्यै नराखेको बताएकी छन् । वन विज्ञान अध्ययन, एकल यात्रामार्फत दुर्गम क्षेत्रको प्रवद्र्धन र स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउनु नै आफ्नो मूल लक्ष्य भएको उनको भनाइ छ ।

हुम्लाको लिमी उपत्यका, डोल्पाको कागमारा, ढोरपाटनका पाटन, मुन्धुम ट्रेल र सिंजा उपत्यका जस्ता क्षेत्रमा गरेको यात्राले गाउँमै रोजगारी र आशा सिर्जना गर्न सकिने सम्भावना देखाएको वलीको दाबी छ । ‘पर्यटन केवल घुमफिर होइन, ग्रामीण अर्थतन्त्र उठाउने बलियो माध्यम हो,’ उनले उल्लेख गरेकी छन् ।

तत्काल राजनीतिमा प्रवेश गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै वलीले भनिन्, ‘म अहिले राजनीतिमा आउँदिन । तर यसको अर्थ म राजनीति बुझ्दिनँ वा भिजन छैन भन्ने होइन।’ समानुपातिक सूचीमार्फत पद ओगट्ने चाहना नरहेको भन्दै उनले आफ्नो नाम औपचारिक रूपमा फिर्ता लिइसकेको जानकारी दिएकी छन् । यात्रामा रहेकाले यसबारे सार्वजनिक जानकारी दिन ढिलाइ भएको पनि उनले स्वीकारेकी छन् ।

भविष्यमा पनि राजनीति बाहिरै रहेर पर्यटन र ग्रामीण विकासका क्षेत्रमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै वलीले पर्यटनलाई नेपालको अर्थतन्त्र सुदृढ गर्ने दीर्घकालीन आधार का रूपमा अघि बढाउनुपर्ने धारणा दोहोर्‍याएकी छन् ।

 


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण आइतबार, असार ८, २०८२
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न शुक्रबार, माघ २५, २०८१
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह बुधबार, माघ २, २०८१
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक 
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक  बुधबार, कात्तिक ७, २०८१
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन् 
प्रदेश प्रमुख जोशीद्धारा मध्य पहाडी लोकमार्ग होटल उद्घाटन्  सोमबार, मंसिर ४, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्