Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, वैशाख २५, २०८३

काठमाडौं । 
संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज लिएको छ । संकल्प इन्भेष्टमेन्टले आफ्नो पहिलो लगानीको रुपमा ‘एभेरष्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको हो ।
‘एभरेष्ट कफी बिन्स’ को पनि यो पहिलो फ्रेन्चाइज बिक्री हो । एभरेष्ट ग्रुप अफ कम्पनीजले ‘एभरेष्ट कफी बिन्स’ सञ्चालन गर्दै आएको छ । त्यसमा कम्पनीले पहिलो पटक फ्रेन्चाइज बिक्री गरेको हो । 
 
संकल्प इन्भेष्टमेन्टले फ्रेन्चाइज लिएर काठमाडौंको अनामनगरमा सेवा सुभारम्भ गरिसकेको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा स्थापना गरिएको ‘एभेरष्ट कफी बिन्स’को शुक्रबार औपचारिक उद्घाटन समेत हुँदैछ । यो ‘एभेरष्ट कफी बिन्स’को पहिलो फ्रेन्चाइज र सातौं आउटलेट हो । संकल्प इन्भेष्टमेन्टको  लगानी रहेको यस आउटलेटलाई सञ्चालन भने एभरेष्ट ग्रुप अफ कम्पनीजे नै गर्नेछ । 
संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले पहिलो लगानीको रुपमा ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज लिएको बताए । ‘गुणस्तर र सेवामा हामीलाई एभरेष्ट कफी बिन्स उत्कृष्ट लाग्यो । तसर्थ, हामीले हाम्रो समुहको पहिलो लगानीको रुपमा यसको फ्रेन्चाइज लिएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यसको फ्रेन्चाइज लिएर अन्य ठाउँमा सेवा सुभारम्भ गर्छाै ।’

एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज बिक्री गर्न सुरु गरेको बताए । यही अवसरमा अब थप पाँच वटा फ्रेन्चाइज बिक्रीमा कुनै पनि शुल्क नलिने पनि उनको भनाइ छ । 

‘एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज दिन सुरु गरेका छौं । लगानीकर्तालाई हौसला प्रदान गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क दिनेछौ । सञ्चालन तथा व्यवस्थापनको काम पनि हामीले गर्नेछौ,’ उनले भने, ‘न्यूनतम २० लाख रुपैयाँको लगानीमा हाम्रो मापदण्डअनुसार एभरेष्ट कफी बिन्सको आउटलेट सञ्चालन गर्न सकिनेछ ।’

हालसम्म सात वटा आउटलेट विस्तार गरेको एभरेष्ट ग्रुप अफ कम्पनीजले आठौं आउटलेट कलंकीमा स्थापना गर्दैछ । युवा व्यवसायी तथा एभरेष्ट ग्रुप अफ कम्पनीजका अध्यक्ष प्रेम सेन सुनारले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीमा एभरेष्ट कफी बिन्सको पहिलो आउटलेट स्थापना गरेका थिए । तीन बर्षको अवधिमा एभरेष्ट कफी बिन्सको सात वटा आउटलेट सञ्चालनमा आइसकेको छ । यसअघि मैतीदेवीसहित २०८१  भदौ १ गते जाउलाखेल, २०८१ पुस १७ गते अनामनगर, २०८२ साउन १ गते सेतोपुल र २०८२ भदौ १ गते कालीमाटीमा एभरेष्ट कफी बिन्सको आउटलेट स्थापना गरिएको थियो । यसैगरि गत माघ ९ गते दरबारमार्गमा यसको छैटौँ आउटलेट सञ्चालनमा ल्याइएको थियो । त्यसपछि अहिले अनामनगरको सिंहरबार पूर्बीगेटमा थप आउटलेट स्थापना गरिएको हो । अब कलंकीमा आठौं आउटलेट स्थापना गर्न पूर्व तयारीका कामहरु भइरहेको अध्यक्ष सुनारले बताए । 

एभरेष्ट कफी बिन्समा कफीसँगै बेकरी आइटम र विभिन्न प्रकारका खाजा पनि उपलब्ध हुनेछन् । एभरेष्ट ग्रुपले कफी र यस सम्बन्धी हस्पिटालिटीमा तथा तालिममा लगानी गर्दै आएको छ । साथै, रोस्टेट कफी बिन्सको व्यापार समेत गर्दै आएको छ । 

एभरेष्ट ग्रुपले एभरेष्ट कफी बिन्स प्रालि नामक छुट्टै स्थापना गरेर रोस्टेट कफी बिन्स तथा कफी बिन्सको आयात गरेर स्वदेशी बजारमा आपूर्ति गर्दै आएको छ । चितवन, पोखरा र बुटवलमा डिलर स्थापना गरेर देशभर ४०० भन्दा बढी कफीसप तथा रेष्टुरेण्टलाई कफी बेच्दै आएको छ । यसैगरी नेपाली किसानबाट उचित मूल्यमा कफी बिन्स खरिद गरेर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्ने काम समेत यो कम्पनीले गर्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली
सार्वजनिक बहसपछि रास्वपाको बन्द सूचीबाट बाहिरिइन् सिज्जु वली बुधबार, पुस २३, २०८२
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण आइतबार, असार ८, २०८२
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न
बैतडीको बनारसी धाम मन्दिरमा जात्रा सम्पन्न शुक्रबार, माघ २५, २०८१
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह बुधबार, माघ २, २०८१
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक 
टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक  बुधबार, कात्तिक ७, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्