Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, वैशाख ९, २०८३

धुलिखेल,

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरुले अवलोकन गरेका छन् । अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ«े उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गर्नुभएको हो ।

कफी खेतीको अवलोकन भ्रमणमा सहभागि कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको अनुशरण गरेर नेपालका मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा विस्तार गर्नुपर्ने बताउनुभयो । सो अवसरमा कृषकहरुसँग भेटघाटपछि महाभारत गाउँपालिकाले कफी खेतीलाई धेरै महत्वका साथ अगाडि बढाएको पाएको कास्कीका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बताउनुभयो ।

‘यहाँका कफी खेतीको अवस्था हेरेपछि गाउँमा बाँझो छोडिएका जमिनमा मात्रै कफी खेती गर्न सकेको खण्डमा विदेश जानु नपर्ने अवस्था बनाउन सकिने रहेछ”, उहाँले भन्नुभयो, “अरुलाई गालि र आलोचना गर्नुको साटो मेहिनतमा रमाउन सकेको खण्डमा एउटा मान्छेले कतिसम्म गर्न सकिदो रहेछ भन्ने कुरा महाभारतको किसानबाट शिक्षा पाएँ ।” महाभारत–१ का कफी उत्पादक कृषकहरुले महाभारतको कफी उत्पादनको विषयमा सञ्चारमाध्यममा धेरै आएको पाएपछि अवलोकन भ्रमण गर्न सो ठाउँलाई रोजेको बताएका छन् ।

महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको विषयमा चासोका साथ देशका विभिन्न ठाउँका कृषकले अवलोकन भ्रमण कृषकका लागि खुसीको विषय भएको बताउनुभयो । गाउँपालिकाले अगाडि सारेको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँको रु बीसको नोट’ अभियान र पालिका सरकारको दृष्टिकोणअनुसार प्रदेश सरकारसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’ अन्तर्गत कफी खेती अभियानले महाभारतलाई थप उचाईमा पु¥याएको महसुस भएको उहाँले बताउनुभयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले किसानको आर्थिक उत्पादनको अवस्थालाई ध्यानमा राख्दै पालिकाले उत्पादनमा आम्दानीको रुपमा कफीलाई बनाउने उद्देश्यसहित पर्यटकलाई महाभारतमा कफी हेर्न आउने बनाउने लक्ष्यका साथ योजनाबद्ध रुपमा अगाडि सारेको बताउनुभयो । कफीको बजारलाई हेरेर समृद्धिमा उत्पादनलाई कसरी जोड्ने भन्ने राष्ट्रिय नीतिअनुसार नै किसानको उत्पादनलाई जोड दिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

त्यससँगै उहाँले चिया खेती हेर्न इलाम गए जस्तै कफी खेतीको उत्पादन हेर्न महाभारत जाउँ भन्ने नारालाई स्थापित गर्ने गरी काम भइरहेको छ । करिब ६० कृषकहरुको अवलोकन भ्रमण टोलीले महाभारत–५ को खोलाघारी, भर्लेनी, मुखियटोल, खेतडाँडा, बार्तली र वडा नं ४ को लामीडाँडा लगायतका ठाउँमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम गाउँपालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ अभियान अन्तर्गत कफी नर्सरी, इजराइली प्रविधिबाट मल्चिङ र थोपा सिँचाइ प्रविधिको कफी खेती, छहा री विधि र पोखरी सिँचाइलगायत खेतीका कार्यक्रमको अवलोकन गरेका थिए । अहिलेसम्ममा गाउँपालिकाको तीन हजार २०० भन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गरेको छ ।

विसं २०७८ बाट यहाँका कफी खेती गर्ने किसान, कृषि सहकारी र समूहलाई गरी तीन लाख ३१ हजारभन्दा बढी विरुवा वितरण गरिसकेको छ भने यसवर्ष एक लाख कफीको बोट वितरणका लागि आवश्यक विरुवा उत्पादन गरिसकेको छ । किसानको उत्साहलाई साथ दिनका लागि पालिकाले अनुदानमा कफीको बोट वितरण, आवश्यक उपकरण वितरण गर्नुका साथै प्रशोधन गर्ने उपकरणहरु वितरणलाई जोड दिँदै आएको छ । उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन र निर्यात भएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर बुधबार, वैशाख ९, २०८३
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन बुधबार, वैशाख ९, २०८३
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु बुधबार, वैशाख ९, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट बुधबार, वैशाख ९, २०८३
नवलपरासीमा आगलागी, बाह्र घर जले
नवलपरासीमा आगलागी, बाह्र घर जले बुधबार, वैशाख ९, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
उज्यालो नेपाल अभियानले गर्‍यो चित्लाङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर
उज्यालो नेपाल अभियानले गर्‍यो चित्लाङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्