Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • तरकारीले पाएन मूल्य
तरकारीले पाएन मूल्य
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, वैशाख १४, २०८३

चितवन,

जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, करेलालगायत तरकारीले उचित मूल्य पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौँ ।” बाह्र बिगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएकी उहाँ तरकारीले उचित मूल्य नपाउँदा आफूलगायत किसान मारमा परेको बताउनुभयो । उहाँका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा उठ्न नसकेको उहाँको भनाइ छ ।

यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उहाँले दुई बिगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा अहिले तने बोडी, काँक्राजस्ता तरकारी लगाउँदै आउनुभएको छ । उहाँले अहिले १० कट्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाएपछि त्यतिकै राख्नुभएको छ । उहाँले भन्नुभयो, “तरकारीले मूल्य पाउन सकेन बिचौलिया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानले तरकारी बिक्री गर्न सकेका छैनन् । उहाँका अनुसार लागत मूल्यसमेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् ।

तरकारीले उचित मूल्य नपाएपछि किसान सङ्घर्ष समिति बनाएर प्रदर्शन गर्ने तयारीमा किसान रहेको सङ्घर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, “किसानसँग प्रतिकेजी रु पाँचदेखि १० मा किनेर उपभोक्ताहरुकामा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य बुझेको बताउँदै उहाँले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताउनुभयो । बीउ, मल, विषादी, जनशक्ति, सिँचाइ, ढुवानीको लागत मूल्यसमेत उठ्न नसकेको उहाँले बताउनुभयो । राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न उहाँले आग्रह गर्नुभयो । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उहाँको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आइएको छ । जहाँ एक हजार किसान सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसान चिन्तित बनेको इकाइका प्रमुख महेश रेग्मीले बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
पुँजीगत खर्चको एक प्रतिशत  नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह शुक्रबार, जेठ २९, २०८३
हुम्ला अस्पतालमा  किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन शुक्रबार, जेठ २९, २०८३
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा शुक्रबार, जेठ २९, २०८३
लागूऔषधसहित ३३ जना पक्राउ
लागूऔषधसहित ३३ जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड बिहीबार, जेठ २१, २०८३
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण बिहीबार, जेठ २१, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्