काठमाडौं ।
भण्डारी सेवा समाज, नेपाल (रघुवंशी–कौशिक गोत्रीय) को १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यु (गुँरास क्याफे) मा सम्पन्न भएको छ।
समाजका अध्यक्ष वीर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनले नेपालका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट वीर बहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सिन्धुपाल्चोकका वीर बहादुर भण्डारी, वरिष्ठ उपाध्यक्षमा धनुषाका राम कुमार भण्डारी तथा उपाध्यक्षहरूमा सिन्धुपाल्चोककी मसिना भण्डारी, रामेछापका कुमार भण्डारी, भक्तपुरका अधिवक्ता राधाकृष्ण भण्डारी, सिन्धुपाल्चोकका थिर बहादुर भण्डारी र चितवनका हरी भण्डारी चयन भएका छन्।
त्यस्तै, महासचिवमा रामेछापका बद्रि भण्डारी, उपमहासचिवमा नुवाकोटका राम हरी भण्डारी, सचिवमा रामेछापका राम काजी भण्डारी, कोषाध्यक्षमा लमजुङका विश्वराज भण्डारी र सह–कोषाध्यक्षमा सिन्धुपाल्चोकका भक्त भण्डारी चयन भएका छन्। समाजका अनुसार नेपालका विभिन्न जिल्लालाई समेटेर ३४ जना सदस्यसहितको नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ।
अधिवेशनका क्रममा समाजमा आबद्ध ४० जना नयाँ सदस्यलाई आजीवन सदस्यता प्रदान गरिएको थियो। यसअघि कौशिक गोत्रीय भण्डारी चेली तथा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) सहित ५५ जनालाई आजीवन सदस्यता प्रदान गरिएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।
त्यसैगरी, समाजका पूर्वअध्यक्ष केशर बहादुर भण्डारी Lions Clubs International को मल्टिपल काउन्सिल चेयरपर्सन पदमा निर्वाचित/नियुक्त भएको अवसरमा समाजका तर्फबाट बधाई, शुभकामना तथा सम्मान व्यक्त गरिएको थियो।