सर्प झै लमतन्न परेको उसको शरीर
वर्षादको पानीले लुछुप्पै भिजेको छ।
लामो सेतो उसको कपाल,
सेतो हरित गृह भित्र छानो बनाइएको छ।
उसका आँखा सूर्य र चन्द्र बनेका छन्,
जाडोमा दिउँसो उसको अनुभूति खुब हुने गर्छ,
रात्रीमा उसको प्रकाशले,
फलमा रस पस्छ,
तर उ सधैं झै हरित गृह मुनि बस्छ।
उसले न त सूर्यको रस्मी लाई चिनेको छ,
न जूनको प्रकाश, उसलाई न वर्षादको पानी याद नै छ,
तर, उसले मान्छेको लापरबाही,
हरित गृहमा हालिएका उसका करङ का भाटा,
अहिले अज्ञान भूमिमा,
दिउँसै ज्ञानको प्रकाशको उज्यालोमै तर्सिने मान्छे
बारे पक्कै थाहा छ।
अहिले उ हरित गृहमा बसेको छ,
उज्यालोमा प्रकाश बनि,
जन देखि मनसम्म पसेको छ,
के तपाइले जलवायु परिवर्तन महसुस गर्नु भएको छ?
- श्याम गैरे