Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ १, २०८२

काठ्माण्डौँ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका मागहरुका बिषयमा सरकार प्रतिवद्ध रहेको बताए । उनले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहने गरी आगामी बजेट आउने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले नेपालको आर्थिक विकास र समृद्धिमा गैर आवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । वर्तमान सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्त्वपूर्ण साझेदारीको रूपमा हेरेको उनको भनाई छ ।

“उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक विकास, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवद्र्धन, आपूर्ति प्रणाली व्यवस्थापन मार्फत समग्र आर्थिक विकासको महत्त्वपूर्ण कार्यक्षेत्र समेटेको छ । उद्योग तथा अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक पूर्वाधार विकास, उत्पादनशील अर्थतन्त्रमा युवा सहभागिता, स्टार्टअप र नवउद्यमहरूलाई प्रोत्साहन, उद्यमशीलता विकास, तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न मन्त्रालयले कार्य गरिरहेको छ ।  विगतमा मापन हुने गरेको इज अफ डुइङ बिजनेस (Ease of Doing Business) र हालको बिजनेस रेडी इन्डेक्सहरूमा  सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रार को कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमति÷लाईसेन्सिङ लगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको छ ।” उनले भने,“आर्थिक वर्ष २०८१÷८२ को प्रथम ८ महिनामा उद्योग विभागमा ४ सय ३८ नयाँ उद्योग दर्ता भई रु. १ खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको छ । २०८१ फागुनसम्म उद्योग विभागमा ३३३ वटा अटोमेटिक र ६६४९ वटा अप्रुभल रुटबाट गरी कूल ६९८२ परियोजनाहरूमा रु.५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट ३ लाख ३९ हजार ६ सय ७५ रोजगारी सिर्जना हुने अपेक्षा छ ।”

मन्त्री भण्डारीले भने,“स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने गरी छुट, सहुलियत, प्रोत्साहन लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन् । मुलुकमा औद्योगिक लगानीको वातावरण सुधार गरी लगानीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानुनी सुधारका साथै व्यवसायमैत्री हुने गरी प्रक्रियागत सरलीकरण गरिएको छ ।”

उनले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिका लागि यस वर्ष लगानीको वातावरण सुधार र औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न जारी भएका अध्यादेश लगायतका कानुनी र नीतिगत व्यवस्था मार्फत औद्योगिक वातावरणलाई सहजीकरण गरिएको बताए । उनले यसबाट निजी क्षेत्रको समग्र मनोबल उच्च भएकोमा जोड दिए । “उद्योग क्षेत्रको सेवा प्रवाह सुधारका लागि विद्युतीय प्रणालीको उपयोग गर्दै प्रक्रियागत सरलीकरण गरिएको छ । नेपालका गुणस्तर प्रयोगशालाहरूको क्षमता बिस्तार गर्दै प्रयोगशालाबाट हुने परीक्षणलाई अन्तर्राष्ट्रिय व्यापारमा मान्यता एवं ग्राह्यता वृद्धि गर्न जोड दिइएको छ ।” उनले भने, ।

मन्त्री भण्डारीले निर्यात प्रवद्र्धन गर्दै उपभोगमुखी आयात तथा उच्च व्यापार घाटालाई नियन्त्रण गर्न सरकारले गरेको प्रयासहरूले नतिजा हासिल गरेको बताए । 

मन्त्री भण्डारीले स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी उत्पादनको उपयोगमा सरकारले विशेष जोड दिएको बताए । सरकारी निकायमा स्वदेशी उत्पादनको अनिवार्य उपयोगको कानुनी र नीतिगत व्यवस्था गरी सरकारले यस क्षेत्रमा महत्त्वपूर्ण कदम अगाडी बढाएको मन्त्री भण्डारीको भनाई छ ।


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्