Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
बिश्व
  • Home
  • बिश्व
  • ६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, कात्तिक १३, २०८२

काठमाडौं । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच ६ वर्षपछि बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ। 

दुवै नेताले हात मिलाएर एकअर्कालाई अभिवादन गरेपछि द्विपक्षीय वार्ता सुरु भएको हो। सन् २०१९ पछि यो उनीहरूको पहिलो प्रत्यक्ष भेट हो।

 

 

वार्ताको प्रारम्भमा ट्रम्पले भने, ‘हाम्रो यो भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन।’

उनले थपे, ‘सी एक कडा वार्ताकार हुन्, जुन सधैं सजिलो कुरा होइन। तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’

 

 

यो भेटलाई विश्वका दुई सबैभन्दा ठूलो अर्थतन्त्रहरूबीचको व्यापार युद्ध घटाउने प्रयासको रूपमा हेरिएको छ। 

रोयटर्सका अनुसार, आजको छलफलमा व्यापार सम्झौता र भन्सार महसुलको विषयसँगै ताइवान क्षेत्रमा चिनियाँ सेनाको हस्तक्षेप र अमेरिकामा अवैध फेन्टेनाइल ड्रग तस्करी पनि मुख्य एजेन्डामा रहने बताइएको छ।

बैठकअघि जिनपिङले गरे ट्रम्पको प्रशंसा गरे

बैठक सुरु हुनुअघि राष्ट्रपति जिनपिङले ट्रम्पको ‘शान्ति प्रयास र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरे।

उनले भने, ‘चीन र अमेरिका सधैं सबै विषयमा सहमत नहुन सक्छन्, तर दुवै देशबीच संवाद र सहकार्य आवश्यक छ।’

उनका अनुसार दुवै देशले ‘सही दिशामा’ अघि बढ्नुपर्छ, जसले चीन–अमेरिका सम्बन्धलाई दीर्घकालीन स्थायित्व दिन सक्छ।

जिनपिङले थपे, ‘चीनको विकास ट्रम्पको अमेरिकालाई पुनः महान बनाउने सोचसँग समान दिशामा जान्छ।’

चीनसँग व्यापार सम्झौता चाहन्छन् ट्रम्प

ट्रम्प चीनसँग नयाँ व्यापार सम्झौता गर्न चाहन्छन्। यसमा अमेरिकी सोयाबिन खरिद र दुर्लभ खनिजमा रोक हटाउनेजस्ता विषय समावेश छन्।

अमेरिकाले फेब्रुअरी २०२५ मा चीनमा १० प्रतिशत भन्सार शुल्क लगाएको थियो, जुन अप्रिलसम्म १४५ प्रतिशत पुगेको थियो। अहिले चीनबाट आउने सामानमा ३० प्रतिशत कर लागू छ।

ट्रम्पले नोभेम्बर १ देखि चिनियाँ सामानमा १०० प्रतिशत कर र कडा व्यापार नियम लागू गर्ने चेतावनी दिएको सन्दर्भमा यो वार्ता भइरहेको छ । यो चेतावनी चीनले केही खनिज र म्याग्नेट निर्यातमा प्रतिबन्ध लगाएपछि आएको थियो।  

ट्रम्प रुस–यूक्रेन युद्ध अन्त्यका लागि पनि चीनको सहयोग चाहन्छन्। गत हप्ता उनले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाए, जसको चीनले विरोध गरेको थियो। 

‘सी जिनपिङसँग म रूसी तेल खरिदबारे पनि कुरा गर्नेछु। चीन अहिले रुसबाट धेरै कम तेल किन्दैछ,’ ट्रम्पले भनेका थिए । 

ताइवान मुद्दा पनि बैठकको मुख्य विषय हुनेछ। चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ, तर अमेरिका ताइवानलाई हतियार उपलब्ध गराउँछ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले भनेका छन्, ‘ताइवानलाई त्याग्नु व्यापार सम्झौताको हिस्सा हुने छैन। ताइवानको चिन्ता जायज छ।’

#OnlineKhabar


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप बिश्व
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै बिहीबार, जेठ ९, २०८२
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता बुधबार, असोज १७, २०८०
उत्तर कोरियाली क्षेप्यास्त्रबाट खिचिएका तस्बिर सार्वजनिक
उत्तर कोरियाली क्षेप्यास्त्रबाट खिचिएका तस्बिर सार्वजनिक मंगलबार, माघ १८, २०७८
बाढीपहिरोले ब्राजिलमा कम्तीमा २४ को मृत्यु
बाढीपहिरोले ब्राजिलमा कम्तीमा २४ को मृत्यु मंगलबार, माघ १८, २०७८
अस्ट्रेलियामा विद्यार्थीले चाहेजति काम गर्न पाउने
अस्ट्रेलियामा विद्यार्थीले चाहेजति काम गर्न पाउने शुक्रबार, माघ १४, २०७८
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्