Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
बिश्व
  • Home
  • बिश्व
  • हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, चैत २९, २०८२

हाइटी ।

हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

स्थानीय मिडियाका अनुसार घटनापछि सरकारले गहिरो दुःख व्यक्त गर्दै अनुसन्धान अघि बढाएको छ । सरकारी अधिकारीहरूले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा यो घटना शनिबार मिलोटस्थित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत १९ औँ शताब्दीको किल्लामा भएको ‘पर्यटकीय गतिविधि’ का क्रममा भएको जनाएका छन् ।

उक्त स्थलमा धेरै युवाहरू सहभागी भएका कार्यक्रमका बेला अचानक भीड नियन्त्रणबाहिर जाँदा दुर्घटना भएको बताइएको छ । हाइटीको उत्तरी नागरिक सुरक्षा विभागका प्रमुख जिन हेनरी पेटिटले स्थानीय पत्रिकाले नोभेलिस्टलाई दिएको जानकारीअनुसार प्रारम्भिक रूपमा कम्तीमा ३० जनाको मृत्यु पुष्टि भएको छ ।

उहाँले अझै ठूलो सङ्ख्यामा मानिसहरू हराइरहेकाले मृतक सङ्ख्या बढ्न सक्ने बताउनुभयो । घटनामा घाइते भएका दर्जनौँलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । यद्यपि, घाइतेहरूको यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन । प्रारम्भिक विवरणअनुसार पर्यटकहरूलाई प्रवेशद्वारमा अत्यधिक भीडमा जम्मा गरिएको थियो ।

सोही क्रममा किल्लाबाट बाहिर निस्कन र प्रवेश गर्न खोज्ने समूहबीच ठेलमठेल हुँदा स्थिति नियन्त्रणबाहिर गएको बताइएको छ, जसले गर्दा भागदौड मच्चिएको हो । सरकारले घटनाको छानबिन जारी रहेको बताउँदै नागरिकहरूलाई संयमित र सतर्क रहन आग्रह गरेको छ ।

विज्ञप्तिमा सबै सम्बन्धित निकायहरूलाई तत्काल परिचालन गरिएको उल्लेख गर्दै पीडितहरूलाई आवश्यक सहयोग, उपचार र राहत प्रदान गर्न उच्च सतर्कता अपनाइएको जनाइएको छ । हाइटी सरकारले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने थप विवरणहरू सङ्कलन भइरहेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप बिश्व
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया 
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया  बिहीबार, पुस २४, २०८२
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो सोमबार, पुस २१, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता बिहीबार, कात्तिक १३, २०८२
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै बिहीबार, जेठ ९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्