Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, जेठ १२, २०८२

काठमाडौँ । दुई दशकदेखि सफल हुन नसकेको सरकारको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्षभित्रै कार्यान्वयनमा आउने भएको छ । पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधिको ड्राफ्ट रायका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको छ । 

 

 

 

 

चालु वर्षमै कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रातोपाटीलाई जानकारी दिएका छन् । 

‘पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधि तयार भइसकेको छ । रायका लागि यसको ड्राफ्ट कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएका छौँ ,’ मन्त्री भण्डारीले भने, ‘दुवै मन्त्रालयबाट सहमति भएर आउने क्रममा छ ।’ आउने बित्तिकै कार्यविधि पास गर्छौँ र मन्त्रिपरिषद्बाट त्यसको मूल्य निर्धारणका लागि निर्णय गर्छौँ । चालु वर्षभित्रै यो कार्यविधि कार्यान्वयनमा आउँछ ।’

तत्कालीन सरकारले पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न सरकारले २०६० सालमै यो योजना अघि सारेको थियो । २०६० साल मङ्सिर ९ गते पेट्रोलमा इथानोल मिश्रण गरी बिक्री गर्नुपर्ने व्यवस्था राजपत्रमा प्रकाशित गरेको थियो । तर यो व्यवस्था लागू हुन सकिरहेको थिएन । अब छिट्टै कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ । 

१० प्रतिशत आयात प्रतिस्थापन हुने अपेक्षा

पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गरी १० प्रतिशत आयात  प्रतिस्थापन हुने अपेक्षा रहेको मन्त्री भण्डारीको भनाइ छ । कार्यविधिमा पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा  पेट्रोलियम पदार्थ आयात परिमाण १० प्रतिशत घटाउन सकिने उल्लेख छ ।  

छिमेकी मुलुकमा भारतमा पेट्रोलियम पदार्थमा २०  प्रतिशत  इथानोल मिश्रण हुने गरेको छ । अरु विकसित मुलुकले पनि वातावरण प्रदूषण न्यूनीकरणका लागि पेट्रोलमा १० देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ हो  । चालु आर्थिक वर्षको १० महिना (२०८१ साउनदेखि २०८२ वैशाख) सम्ममा २० खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसमा १० प्रतिशत इथानोल मिसाउँदा १० प्रतिशत आयात घट्छ । आयात प्रतिस्थापन हुनका साथै वातावरणमा पर्ने जोखिम न्यूनीकरण हुने अपेक्षा छ । 

छिमेकी मुलुकमा भारतमा पेट्रोलियम पदार्थमा २०  प्रतिशत  इथानोल मिश्रण हुने गरेको छ । अरु विकसित मुलुकले पनि वातावरण प्रदूषण न्यूनीकरणका लागि पेट्रोलमा १० देखि २० प्रतिशतसम्म इथानोल मिसाउने गरेका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि छिमेकी मुलुक भारत कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा पनि अध्ययन भएको थियो ।

अमेरिकाबाट इथानोल उत्पादनमा लगानी गर्न आएका लगानीकर्ताहरुसँग पनि छलफल गरिसकेको छ । नेपालमा धेरै सम्भावना मकै चामल बाट बन्ने देखिएको छ । विशेषत अन्नबाहेकका वस्तुबाट उत्पादन गर्ने गरी कार्यविधि तयार भएको  छ । उक्त कार्यविधि कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।  

स्वदेशी वस्तुको प्रयोग बढ्ने 

इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई स्प्रिट पनि भनिन्छ । अथवा, यो अल्कोहल हो । नेपाल आयल निगमका अनुसार भारतमा मकै र गहुँबाट समेत इथानोल उत्पादन हुने गरेको छ ।

इथानोल उत्पादनका लागि गरिएका विभिन्न अध्ययनले नेपालमा उत्पादन हुने सिमल तरुल, पराल, घाँस गहुँको छवाली, उखुबाट बायो इनर्जी इथानोल उत्पादन गर्न  सकिने देखाएको छ । 

उखुको मोलासेस (खुदो) बाट इथानोल उत्पादन सम्भव हुने हुने भएकाले पनि नेपालमा इथानोल मिसाउन सम्भव देखिएको छ । यस्तै  इथानोल उत्पादनका लागि गरिएका विभिन्न अध्ययनले नेपालमा उत्पादन हुने सिमल तरुल, पराल, घाँस गहुँको छवाली, उखुबाट बायो इनर्जी इथानोल उत्पादन गर्न  सकिने देखाएको छ । 

इथानोलको प्रयोगले  पेट्रोलियम पदार्थमा स्वदेशी वस्तुको प्रयोग हुनुका साथै देशमा रोजगारी  बढ्ने उनको भनाइ छ । ‘पहाडमा सिमलतरुल उत्पादन बढाउन सकिन्छ । तराइमा उखु, गहुँको छवाली घाँस, कुहिएको चामल लगायतबाट बायो इनर्जी निकाल्न सकिन्छ ,’ उने भने,‘यसले स्वदेशी उत्पादन खपत हुने साथै देशमा रोजगारी सिर्जना हुन्छ । बाँझो जमिनमा कृषि कार्य गर्न युवाहरू आकर्षित हुन्छन् । खेर गइरहेको घाँसपात प्रयोगमा आउँछ ।’ 

के छ तयारी ? 

नेपालमा इथानोल उत्पादनका लागि उद्योगहरू स्थापना गर्नुपर्ने देखिएको छ । कार्यविधि स्वीकृत भएपछि  उद्योगहरू  पनि स्थापना अघि बढाउने सरकारको तयारी छ  । हाल नेपालका चिनी उद्योगमा सानो परिमाणमा इथानोल उत्पादन हुने गरेको छ । करिब ५० हजार लिटर इथानोल उत्पादन गरी दिन सकिने चिनी उद्योगले जनाएका छन् । तर नेपालमा करिब डेढलाख लिटर आवश्यक पर्ने अध्ययनले देखखएको छ । 

यस्तै इथानोल मिश्रण गर्नका लागि नेपाल आयल निगमले पहिल्यै तयारी गरेको छ ।  २०७१ सालमैनिगमको अमलेखगञ्ज डिपोमा इथानोल मिश्रण गर्ने उपकरण जडान गरेको छ । तत्कालीन समयमा पेट्रोलको बढ्दा भाउ नियन्त्रण गर्न भन्दै इथानोल मिश्रणको तयारी गरिएको थियो । तर, प्रयोगमा ल्याइएको थिएन । अब सोही उपकरण प्रयोग गरी इथानोल मिश्रण गर्ने तयारी गरेको छ । 

पेट्रोलमा इथानोल मिश्रणका लागि ९९.५ प्रतिशत शुद्ध इथानोल आवश्यक  पर्छ । इथानोल प्रशोधन गर्न छुट्टै उपकरण आवश्यक पर्ने निगमले जनाएको छ ।  

#रातोपाटीबाट साभार गरिएको 


प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्