Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • कर्मचारीको आन्दोलनले कर्णालीका सबै स्थानीय तहको सेवा ठप्प
कर्मचारीको आन्दोलनले कर्णालीका सबै स्थानीय तहको सेवा ठप्प
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ १४, २०८२

सुर्खेत। कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका तीन सयभन्दा बढी कर्मचारी आन्दोलनमा उत्रिएसँगै सेवा प्रवाह पूर्ण रूपमा ठप्प भएको छ। आन्दोलन आज छैटौँ दिनमा प्रवेश गरेको छ भने प्रदेश सरकार भने मौन देखिएको छ।

स्थानीय सेवा ऐन २०८१ मा संशोधनको माग राख्दै कर्मचारीहरू वीरेन्द्रनगरमा केन्द्रित भई आन्दोलनमा छन्।

प्रदेश सरकारले ल्याएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन-२०८१’ विभेदकारी रहेको भन्दै उनीहरूले गत बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिइरहेका छन्। दैनिक करिब ५ सय कर्मचारीहरू आन्दोलनमा सहभागी हुने गरेका छन्।

चालु आर्थिक वर्षको अन्त्यतिर संघीय समपूरक अनुदान, विशेष अनुदान र प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनको चटारोमा रहेका स्थानीय तहमा कर्मचारीको आन्दोलनका कारण सेवा ठप्प हुँदा बजेट खर्चमा पनि बाधा पुगेको छ।

२०८१ असोज १५ गते मध्यराति मुख्यमन्त्री यामलाल कँडेलको दबाबमा हतार–हतार पारित गरिएको ऐनमा स्पष्ट रूपमा विभेद रहेको कर्मचारीको भनाइ छ।

ऐनको दफा २९ मा उल्लेख गरिएको भौगोलिक क्षेत्र ९क० र ९ख० मा २३३ दिनका दरले रूजु हाजिर भई न्यूनतम सेवा गर्नु पर्ने जस्ता प्रावधान विभेदकारी रहेको उनीहरूको आरोप छ।

कर्मचारीहरूको भनाइमा, स्थानीय सेवामा कार्यरतहरूसँग छलफल नगरी नीति तथा नियम निर्माण गरिएको छ, जुन परम्परा विपरीत हो। यसैकारण ऐन कार्यान्वयनमै समस्या देखिएको उनीहरूको भनाइ छ।

कर्मचारीहरूको दबाबपछि गत चैत्र १२ गते ऐन संशोधनका लागि प्रदेश सभामा विधेयक दर्ता गरिएको थियो।

तर, हिउँदे अधिवेशन हठात् रूपमा अन्त्य गरिएपछि प्रक्रिया अगाडि बढ्न सकेन। बर्खे अधिवेशनको सुरुआतमै संशोधन हुने मौखिक आश्वासन पाएपछि कर्मचारीहरू कार्यस्थल फर्किएका थिए।

तर, २०८२ साल वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले संशोधन विधेयक फिर्ता लिने निर्णय गरेपछि कर्मचारीहरू पुनः आन्दोलनमा फर्किएका हुन्।

आन्दोलन छैटौँ दिनमा पुग्दासमेत प्रदेश सरकारले संवादको पहल नगरेकोप्रति कर्मचारीहरू आक्रोशित छन्। उनीहरूले ऐन संशोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।


प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्