Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ २९, २०८२

काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सक्रिय पहलमा गठन भएको उपभोक्ता अदालतले ठगिएका उपभोक्तालाई न्याय दिलाउन थालेको छ । उपभोक्ताको हक र हितको संरक्षणका लागि अदालतले आज मात्र २ वटा मुद्दामा फैसला सुनाउँदै करिब ६० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ ।

सबैभन्दा ठूलो क्षतिपूर्तिको निर्णय ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. विरुद्धको मुद्दामा भएको हो । बुढानीलकण्ठ–९ का बसन्त गौतमले हस्पिटल विरुद्ध दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ  क्षतिपूर्ति दिलाउने निर्णय भएको छ ।

गौतमले आफ्ना ९८ वर्षीय पिता हरिहरप्रसाद गौतमको ओम हस्पिटलमा उपचार गराएका थिए । तर, उपचारमा लापरवाहीका कारण केही समयमै उनको मृत्यु भएको भन्दै गौतमले अदालतमा उजुरी दिएका थिए। अदालतले उक्त मुद्दामा ८० प्रतिशत क्षतिपूर्ति अस्पतालबाट र बाँकी दुई जना डाक्टरबाट भराउने फैसला गरेको छ ।

त्यस्तै, मोटरसाइकल खरिदमा ठगीको मुद्दामा काठमाडौंका नातीबाबु खड्काले ३ लाख ९३ हजार रुपैयाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । खड्काले जमलस्थित जीआरएस टु युजर्स अटो प्रा.लि. बाट मोटरसाइकल खरिद गरेका थिए । तर, विग्रेको मोटरसाइकल परेपछि रकम फिर्ता नपाएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।

यसअघि संविधान बनेको दशकौँसम्म गठन हुन नसकेको उपभोक्ता अदालत मन्त्री भण्डारीकै पहलमा स्थापना भई २०८१ चैतदेखि सञ्चालनमा आएको हो । अदालत सञ्चालनमा आएयता यसले उपभोक्तालाई न्याय दिलाउने उल्लेखनीय काम गर्दै आएको छ ।

उपभोक्ता अधिकारको संरक्षण र व्यवसायिक पारदर्शिता कायम गर्न उपभोक्ता अदालतको सक्रियता महत्वपूर्ण भएको भन्दै सर्वसाधारणले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् ।

नेपालको संविधानले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने तथा क्षतिपूर्ति समेत पाउने हक सुनिश्चित गरेको हो । सोही अधिकारको कार्यान्वयन गर्न उपभोक्ता संरक्षण ऐन तथा नियमावली बनेका छन् । तर संविधान बनेको १० वर्षपछि र ऐन जारी भएको ६ बर्ष पछि मात्रै उपभोक्ता अदालतको स्थापना भएको हो । 

मन्त्री भण्डारी आफ्नो कार्यकालको सुरुवात देखिनै उक्त काममा खटिएका थिए । उपभोक्ता अदालत स्थापनाका लागि १ करोड रकम बिनियोजन गर्दै त्रिपुरेश्वर स्थित उद्योग परिषरमा भौतिक संरचना तयार गरि गत चैत २ गते, विश्व उपभोक्ता संरक्षण हित दिवसको अवसर पारी उपभोक्ता अदालत गठन गरिएको हो । उक्त अदालतको उद्देश्य उपभोक्तामाथि हुने ठगी, कालोबजारी, मिसावट, कमसल वस्तु बिक्री, मूल्यमा मनोमानी, स्वास्थ्यमा असर पार्ने वस्तुको बिक्री जस्ता गतिविधिमाथि कानुनी कारबाही गर्नु रहेको छ । 

विगतमा उपभोक्ता ठगीका मुद्दाको कारबाही जिल्ला अदालतमा हुने गरेपनि ढिलो हुने गरेका थिए भने अब विशेष अदालतबाट छिटो न्याय पाउन थालिएको हो । 
 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्