धनगढी ।
धनगढी उपमहानगरपालिका–५, तारानगरमा नयाँ रेष्टुरेन्ट ‘गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट’ भव्य रुपमा सञ्चालनमा आएको छ । करिब २५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टले स्वादिलो परिकार, आरामदायी सेवा र पारिवारिक वातावरण प्रदान गर्दै धनगढीबासी तथा यहाँ आउने पाहुनालाई सेवा दिन थालेको हो ।
रेष्टुरेन्टका सञ्चालक घनश्याम कापडीले स्वदेशमै अवसर खोजेर व्यवसायिक सफलताको नयाँ उदाहरण स्थापित गर्ने उद्देश्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । "यदि इच्छाशक्ति र मेहनत छ भने स्वदेशमै पनि धेरै सम्भावना छन्," कापडीले भने, "देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको हुँ।"
कापडीले रेष्टुरेन्ट विशेषगरी नेपाली स्वादमा आधारित ‘सेकुवा’ र ‘चिकेन’ परिकारलाई ब्रान्डको रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् । “हाम्रो प्रयास ग्राहकलाई सस्तो, स्वादिलो र स्वास्थ्यकर परिकार दिने हो,” उनले थपे ।

रेष्टुरेन्ट धनगढीस्थित यातायात व्यवस्था कार्यालयको ठिक अगाडि रहेको छ, जसले गर्दा स्थान सुलभ र पहुँचयोग्य बनेको छ । यसमा वातानुकूलित (एसी) सेवा, शान्त र सफा पारिवारिक वातावरण, बालमैत्री स्थान र सुविधा सम्पन्न बैठक कक्षसमेत उपलब्ध रहेको सञ्चालकको भनाइ छ ।
कैलाली बहुमुखी क्याम्पसबाट बीबीएम (BBM) सकेर हाल एनसीसी क्याम्पसमा मास्टर्स अध्ययनरत युवा व्यवसायी कापडीले विदेश जाने तयारी गरिरहेकै समयमा स्वदेशमै अवसर पहिचान गर्दै व्यवसाय सुरु गर्नुमा आफू अत्यन्त सन्तुष्ट भएको बताए।
स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, गुणस्तरीय सेवा दिने र युवालाई प्रेरणा दिने लक्ष्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
स्थानीय स्रोत र श्रमको सदुपयोग गर्दै आत्मनिर्भर व्यवसायिक मोडेल प्रस्तुत गर्ने ‘गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट’ धनगढीका लागि मात्र नभई सम्पूर्ण सुदूरपश्चिमका युवाका लागि प्रेरणाको केन्द्र बन्ने अपेक्षा गरिएको छ।