Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला, ८ सयभन्दा बढी पुल निर्माणको अनुभव साटासाट
मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला, ८ सयभन्दा बढी पुल निर्माणको अनुभव साटासाट
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असार १०, २०८२

काठ्माण्डौँ।
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला सुरु भएको छ । ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा मंगलबारबाट सुरु भएको दुईदिने मेला शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग र स्विस सरकार विकास सहयोग (SDC) अन्तर्गतको स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को संयुक्त आयोजनामा भइरहेको हो ।

प्रदर्शनीको उद्घाटन शहरी विकास मन्त्रालयका सहसचिव गणेशप्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालका लागि स्विस राजदूत डा. डेनियल म्युली रहेकीथिइन् । उद्घाटन समारोहमा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरू, सडक विभाग, निर्माण व्यवसायी संघ, इञ्जिनियर, विद्यार्थी, विज्ञ समुदाय र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

राजदूत म्युलीले सन् २०११ मा नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सहमतिपछि सुरु भएको यस कार्यक्रमले ८ सयभन्दा बढी मोटरेबल पक्की पुलहरूको निर्माण गरिसकेको बताउँदै यस प्रदर्शनीले सहकार्यको सफल यात्रालाई सार्थक बनाउने विश्वास व्यक्त गरिन् । उनले यस सहकार्यलाई “विकासको मूर्त रूप” भन्दै साझा प्रतिबद्धताको सकारात्मक परिणामका रूपमा उदाहरणीय रहेको बताइन् ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार सचिव भीमार्जुन पाण्डेका अनुसार स्विस सरकारसँगको यो सहकार्यको अन्तिम वर्ष भएकोले अहिलेसम्मको उपलब्धि, चुनौती र अनुभूतिको समग्र प्रस्तुती दिनु नै एक्जिबिशनको उद्देश्य हो । उनले क्लाइमेट चेन्जका असर, डिजाइन परिवर्तनका उपाय, र अर्जित ज्ञानलाई समावेश गर्दै प्रदर्शनीलाई शैक्षिक र व्यावसायिक रूपमा महत्वपूर्ण मञ्चको रूपमा चित्रण गरे ।

इकाई प्रमुख शकिल मानन्धरका अनुसार प्रदर्शनीमा पुल निर्माणमा प्रयोग भइरहेका नवीनतम प्रविधिका मोडेलहरू, डकुमेन्टरीहरू, डिजाइन ज्ञान, र देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी समावेश गरिएको छ । यस्तै, स्थानीय पूर्वाधार विभागअन्तर्गत सडक तथा पुल शाखा प्रमुख भरत कुमार यादवले प्रदर्शनीले भावी इञ्जिनियर, विद्यार्थी, नीति निर्माता र सरोकारवालाका लागि ठूलो सिकाइको प्लेटफर्मको रूपमा काम गर्ने विश्वास व्यक्त गरे ।

जय विष्णु निर्माण सेवा प्रालिका म्यानेजिङ डाइरेक्टर अनिल सिलवालले यस्तो प्रदर्शनीले सामान्य जनताको जिज्ञासा “पुल कसरी बन्छ ?” भन्ने प्रश्नको उत्तर दिने मात्र होइन, यस क्षेत्रमा काम गर्न चाहनेहरूका लागि व्यावहारिक ज्ञानको थालो प्रदान गर्ने बताए ।

मंगलबार देखि सुरु भएको प्रदर्शनी बुधबार १०ः०० देखि दिउँसो ४ः०० बजेसम्म सर्वसाधारणका लागि खुला रहने इन्जिनियर हरिसंकर जोशीले बताए । आयोजक संस्थाले विद्यार्थी, विज्ञ, नीति निर्माता र आम जनसमुदायलाई सहभागी भई मूल्यवान सुझाव र अनुभव बाँड्न आग्रह गरेको छ ।


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्