Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • अख्तियारमा एक वर्षमै ३७ हजार उजुरी
अख्तियारमा एक वर्षमै ३७ हजार उजुरी
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज ७, २०८२

– बागमती प्रदेशमा मात्रै ११ हजारबढी मुद्दा
– स्थानीय तहको मुद्दा फछ्र्यौट दर ८३ दशमलव ३ प्रतिशत
– ६ अर्ब १ करोड ८४ लाख बढीको बिगो माग
– ३३ प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान अधिकार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा धेरै बागमती प्रदेशबाट उजुरी परेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइएको आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदनमा बागमती प्रदेशका मात्रै ३० दशमलव ४५ प्रतिशत मुद्दा रहेको सार्वजनिक भएको छ ।

आयोगमा एक आवमा ३७ हजार २६ वटा उजुरी दर्ता भएका मध्ये सबैभन्दा धेरै उजुरी बागमती प्रदेशमा ११ हजार २ सय ७७ परेको प्रतिवेदनमा उल्लेख रहेको छ । यस्तै, सबैभन्दा कम गण्डकी प्रदेशमा २ हजार ४ सय १३ मात्र दर्ता भएका छन् ।

संघीय मन्त्रालयतर्फ सबैभन्दा बढी उजुरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बद्ध ५ सय ६५ वटा अर्थात् १७ दशमलव १२ प्रतिशत उजुरी दर्ता भएका छन् । दोस्रोमा ऊर्जा, जलस्रोत तथा सिँचाइका १ सय ४७ वटा मुद्दा रहेका छन् । संघीय संसद्, महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका उजुरी न्यून रहेका छन् ।

स्थानीय तहको भ्रष्टाचार तथा अनियमितताका कुल १४ हजार १ सय ५६ मुद्दा अख्तियारमा परेको प्रतिवेदनमा रहेको छ । यस वर्षका ११ हजार १ सय ६७ मुद्दा र गत वर्षका २ हजार ९ सय ८९ मुद्दा रहेका छन् । स्थानीय तहको शिक्षातर्फ गत वर्षबाट सरेका ८ सय ७४ र आव २०८१–०८२ का ३ हजार २ सय ९९ गरी ४ हजार १ सय ७३ मुद्दा रहेका छन् ।

यस्तै, आयोगले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी २ हजार ३ सय ४६ मुद्दा दर्ता भएको जनाएको छ । जसमा गत आवको सरेका ५ सय ८४ र आव २०८१–०८२ का १ हजार ७ सय ६२ गरी २ हजार ३ सय ४६ पुगेको छ ।

प्राथमिकतामा स्थानीय तह
अख्तियारले मुद्दा फछ्र्यौटमा स्थानीय तहलाई प्राथमिकतामा राखेको छ । फछ्र्यौट प्रतिशतमा स्थानीय तहको ८३ दशमलव ३ प्रतिशत रहेको छ भने गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान ७९ दशमलव ६ र नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान ३६ दशमलव ८ प्रतिशत मात्र रहेको छ । नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ५ सय ४२ वटा मुद्दा परेका छन् ।

आयोगले आव २०८१–०८२ मा विशेष अदालतमा दायर गरिएका १ सय ३७ वटा मुद्दामा ६ अर्ब १ करोड ८४ लाख बढीको बिगो मागदाबी गरिएको छ । विशेषमा दायर मुद्दामा जम्मा ७ सय ५३ जना प्रतिवादीलाई संलग्न गराइएको पनि आयोगले जनाएको छ ।

३३ प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरेको छ ।

आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्दै प्रमुख आयुक्त राईले अधिकार हस्तान्तरणले आयोगलाई अनुसन्धानमा सहज भएको बताएका छन् ।

आयोगमातहत कार्यालय इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगन्जमार्फत पनि अनुसन्धान तथा उजुरी फछ्र्यौट कार्य भइरहेको आयोगले जनाएको छ ।

आयोगले केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्चनपुर र नेपालगन्जस्थित मातहत कार्यालयबाट कार्यसम्पादन गर्दै आइरहेको जनाएको छ । #rajdhanidaily


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्