Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, माघ २४, २०८२

काठ्माण्डौँ ।

सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम फिर्ता दिन आदेश दिएपछि पनि नेपाल सरकारको सामाजिक सुरक्षा कोषले कार्यान्वयनमा ढिलासुस्ती गरेको छ । आफ्नै पारिश्रमिकबाट कट्टा गरेको रकम र त्यस्तो रकमबाट प्राप्त गरेको लाभ समेत फिर्ता नपाउँदा जागिर गुमाएर बेरोजगार श्रमिकहरु थप मर्कामा परेका छन् ।

दातृ निकायमार्फत सञ्चालित परियोजनाहरू बन्द भएपछि गत वर्ष युएसएआइडीसँग आबद्ध विभिन्न कार्यक्रममा कार्यरत ठूलो संख्यामा नेपाली श्रमिकहरु बेरोजगार बनेका थिए । प्रभावितमध्ये ११७ जनाले आफ्नो निवृतभरण योजना अन्तर्गत जम्मा भएको रकम फिर्ता माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पहिलो लटको ३५ जनालाई सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम र त्यस्तो रकमबाट प्राप्त लाभ समेतका रकमहरु फिर्ता गर्न कोषका नाममा गत श्रावण २८ गते आदेश जारी गरेको थियो । रोजगारी समाप्त भएको अवस्थामा योगदान गर्न नसक्नु श्रमिकहरूको दोष नभएको अदालतको ठहर छ ।

पीडितहरूका अनुसार २०७८ श्रावण १ गते पछि सामाजिक सुरक्षा कोषमा आबद्ध भई योगदान गर्नेहरुको निवृतभरण योजनामा जम्मा भएको रकम ६० वर्ष उमेर पूरा गरेपछि मात्र पाउने नियमले आफूहरुलाई दैनिक गुजारा गर्न कठिन भएको बताएका छन् । पिडित रुपक महर्जन भन्छन् “जागिर पनि छैन, महिनावारी तलब आउदैन, घरखर्च, छोराछोरीको पढाइ कसरी चलाउने ?”
अदालतको आदेश लगत्तै कोषकै सुझावमा पिडितहरुले भुक्तानीको लागि निवेदन दिइसकेका छन् तर कोषले योगदानकर्ताहरुको रकम फिर्ता गर्ने प्रक्रिया अघि नबढाएको पीडितहरुको गुनासो छ । उनीहरूका अनुसार अदालतको आदेश पश्चात कोषले विभिन्न बहाना देखाउँदै प्रक्रिया लम्ब्याउँदै आलटाल गर्दै आएको छ ।

‘आफ्नै तलबको पैसा पनि पाउन सकेनौं’ पीडित जगदीश लोहनीले भने, “हामीले काम गर्दा तलबबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुन्थ्यो । अहिले जागिर गइसकेपछि आफ्नै पैसा फिर्ता माग्दा पनि ६० वर्ष कुर्नु भनिन्छ ।”

कतिपय श्रमिकको उमेर अहिले ३० वर्ष आसपास मात्रै रहेको छ । उनीहरूलाई ६० वर्षपछि मात्र रकम पाउने भनाइले अन्याय भएको महसुस भएको उनीहरूको भनाइ छ । रोजगारी गुमेपछि नियमित आम्दानी बन्द भएको, नयाँ रोजगारी पाउन कठिन भएको र घरपरिवारको खर्च धान्नै समस्या परेको उनीहरू बताउँछन् । “बचत छैन, आम्दानी छैन, तर कोषमा भएको आफ्नै पैसा पनि निकाल्न पाइएन,” पीडित आशा बुढाले भनिन् ।

कानुन व्यवसायी तेज कुमार लोहियाका अनुसार अदालतको स्पष्ट आदेश कार्यान्वयन नगर्नु कानुनी राज्यको सिद्धान्त विपरीत हो । सम्मानीत सर्बोच्च अदालतले प्रष्ट कानुनी अभाव तथा अपुगता महसुस गरे पछि श्रमिकहरु मर्कामा परेको ठहर गरी आएको सर्वोच्च अदालतको फैसला विभिन्न वाहानामा लम्ब्याउन खोज्नु सम्मानित सर्बोच्च अदालतको अपमान भएको कानून व्यवसायी को भनाई रहेको छ । 
पीडित पक्षले अब सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गराउन सम्बन्धित निकायमाथि थप दबाब दिने बताएका छन् ।

यता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी भने सर्वोच्चको फैसला कार्यान्वयनको क्रममा रहेको बताए । “सर्वोच्चको आदेश कार्यान्वयनको क्रममा छ । १०–१५ दिनको समय दिएको थिएँ, कार्यालयको प्रक्रिया पु¥याउनुपर्ने भएकाले ढिलो भएको हो,” उनले भने । 

 


प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा बुधबार, जेठ ६, २०८३
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति बुधबार, वैशाख ३०, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
पोखरा सभागृह पुनर्निर्माण गरिने
पोखरा सभागृह पुनर्निर्माण गरिने सोमबार, वैशाख १४, २०८३
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्