एक तिर्थयात्रा निस्केको विमान
आकाशमा उड्दा,
धरती बासीहरु,
घर बाहिर निस्कँदै;
जिस्कदै भन्दै आफ्ना सन्तती लाई,
भनिरहेथे पाईलट पो बन्नु पर्छ
जसले हरेकका सपना माथि विमान चलाउन सकोस्।
मुसुक्क मुस्काउँदै मख्ख पार्दै,
ति पोखरेल बाबु घोत्लिरहेथे
त्यो बिमान तिर अनि झुकायथे
उनकाे सिर सहिद दिवसमा झैं
किताबका पानाहरूमा।
आँखा हरु दौडिरहेथे,
उड्ने बेलाको विमानका पाङ्ग्रा हरु झैं,
कान उडि रहेथे,
भावना र महत्वाकाङ्क्षा काे
कम्पास ले देखाएको वाटोमा।
ति तीर्थालु हरू,
बैँसालु हरु,
बदलमाथि लिई रहेको चकलेट काे स्वाद,
सपना भन्दा मिठो थियो
र त आहिले भान्सा मा पाकि रहेछन्
नुनिला आँसु मा गुलिया परिकारहरू।
सिट बेल्टमा बाँधिएका
ति
यात्रु हरू,
बाँधिदै छन्,
आहिले गल्तीको कात्रोमा।
बादल पारीको देश को,
खबरे बेखबर छ र त
कविहरु जागेका छन्
खबर खोज्ने आशमा।
के भन्दा हुन ति पाईलट?
है विचरा,
ति शोकमा डुबेकाहरुलाई!
आमाको कोख बाट पहिलोपल्ट धरतीमा ठोकिँदा,
ठोकाइ बाट जीवन बाँच्न सिकेका
र ठोकाईमै जीवन सकेकाहरु लाई,
त्यो थोत्रो विमान के भन्दो हो?
ब्रह्माण्ड ठोकाइबाद बारे बोल्ने,
बिग व्याङ्ग थेयारी
कृपया भनि देऊ न केहि ति बिमान दुर्घटनामा
आफन्त गुमाएकाहरुलाई।
गल्ति नै जीवन को मूल शिक्षा हाे भन्ने ए दार्शनिक मित्रहरु,
बुझाई देऊ न,
के सिके गल्ति बाट ति निर्दोश यात्रुहरुले?
एकचोटी न हो भनि माफ गरिदिने,
हे गुरुजन, ईश्वर सँग, एक पटक माफि मागिदिन मिल्दैन