बैतडी
सुदूरपश्चिमका चर्चित गायक तथा डोटेली कमेडियन भानुभक्त जोशी समय–समयमा विभिन्न अवतारमा देखिन्छन् ।
अहिले टिकटकमा भाइरल रहेको डेउडा गीत “सइया सयालु”का गायक जोशी यसै हप्ता सार्वजनिक भएको गीतमा “तथाराम”को भुमिकामा देखिएकाछन् । आफ्नै स्वरमा अभिनय गरेका जोशी संगै डोटीका ठण्डाराम र अछामका खण्ट्या खलासको पनि भुमिका रहेको छ । गीतको बिच्च–बिच्चमा बरिष्ट डेउडा गायक भुवन प्रकाश बडु प्रकट भएकाछन् ।
उक्त डेउडा गीतमा बैतडी, डोटी र अछाम जिल्लाका धार्मीक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको बर्णन गरिएको छ ।
३ कलाकारले आफ्नै ठाउँको बर्णन गर्दा गायक बडु भने सबैलाई मिलेर संस्कृतिको विकास गर्नुपर्ने भन्दै सम्झाउने भुमिकामा छन् ।
उक्त गीत बिग परिवेश डिजिटल स्टुडियो बाट तयार गरिनुका साथै बिग परिवेशकै युटुव बाट सार्वजनिक भएको हो ।
गीतमा भानुभक्त जोशी र टेक ऐरको शब्द रहेको छ भने, भुवन बडु, भानुभक्त जोशी टेक ऐर(ठण्डाराम) र हेमराज अधिकारी(खण्ट्या खलास)को स्वर रहेको छ ।
गीत हेर्न तलको लिंक्मा क्लिक गर्न सकिन्छ ।
https://www.youtube.com/watch?v=54ZpW8ro5OI