Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • व्यवस्था त परिवर्तन भयो तर अवस्था ?
व्यवस्था त परिवर्तन भयो तर अवस्था ?
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असोज १९, २०८०

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानीले निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो। आम जनताका समस्याहरु समाधानतिर जाने आश्वासन नेतृत्ववर्गले जनतालाइ दिलाउन सफल पनि भयो । यद्यपि त्यो आश्वासन धेरै टिकेन। संविधान सभाको पहिलो निर्वाचन पछिका ८ बर्ष नेतृत्वले देशलाइ बन्धक बनाउन बाहेक प्रगति देखाउन सकेन। चरम सत्तालिप्सा, जालझेल, तिकडमबाजी र भूराजनीतिक चलखेलले संविधान निर्माणमै ८ बर्ष लाग्यो। संविधान निर्माणका बेला सबैभन्दा बिबादित बिषय शासकीय स्वरुप र संघीय संरचना थिए। एकथरीले जातीय राज्यका आश्वासन जनतामा दिलाएको थियो। धेरै ठाउमा साम्प्रदायिक हिंसाका घटनाहरु भए। लामो रस्साकस्सी पछि अन्तत २०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी भयो।

गणतन्त्र स्थापना पश्चात् पनि नेतृत्वको रबैयाले आजित जनतामा संविधान जारी भएसङ्गै केही आसाका किरणहरु पलाए। संविधानले विभिन्न अधिकारहरु प्रत्याभूत गर्दा आशा नपलाउने कुरा पनि भएन। देशमा सुशासन र कानुनी राज्यको प्रत्याभूति हुने समग्र नेपालीजनमा बिश्वास थियो। संविधान जारी भए पश्चात् दुई दुई चोटी आम चुनावपनि सम्पन्न भैसकेको छ। यो बिचमा सबै ठुला पार्टीले सरकार बनाउने अवसर पनि पाए। सयौ संख्यामा मन्त्रीहरु भए। साच्चिकै अर्थमा भन्ने हो भने ब्यवस्था सङ्गै अवस्था पनि परिवर्तन त भयो नै तर केवल नेताहरुको लागि। यति सम्मकि पटक पटक सरकारमा जाँदै राज्यसत्ताको दोहन गरेर मात्र पुगेन, अझ भनौ यतिले मात्र उहाहरुको अवस्था परिवर्तन त भएको रहेनछ। जसले गर्दा मानव तस्करीजस्तो अमानवीय र घृणित काम गर्दै बिश्वस्तरमा नेपालको साख गिराउने गरि अवस्था परिवर्तन गराउन सफल भए। कोभिड–१९ को विषम परिस्थितिमा पनि चरम भ्रष्टाचार गर्दै आफ्नो अवस्था परिवर्तन गर्न सफल नै भए।

नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त यस ब्यवस्थामा पनि आम जनताको अवस्था भने परिवर्तन हुन सकेन। कानुनी राज्यको उपहास हुने गतिविधि नेतृत्वबर्गबाटै हुन्छ भने अरु आशा गर्ने ठाउँ केही होला र? दिन दहाडै मान्छेको हत्या गर्ने अनि कर्मठ राष्ट्रभक्त प्रहरीको हत्या गर्नेलाई राजनैतिक सौदाबाजीको आधारमा आमफाफी दिनु के गणतन्त्र नेपालले अपेक्षा गरेको बिधीको शासन हो? महङ्गी र कालोबजारी बढ्दो छ। धनी र गरीब बिचको दुरी बढ्दो छ । कयौ जनता अझै पनि स्वास्थ्य सेवाको पहुँचमा आउन सकेका छैनन। शिक्षामा ब्रहमलुट छ अनि दक्ष युवाहरु बिदेश पलायन भैराखेका छ। कृषि प्रधान देशमा समयमा मल पाइदैन। समयमा बजारमुल्यु निर्धारण हुदैन। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी कुटिएका छन। काठमाडौजस्तो ब्यस्त सहरमा दिनदहाडै खुकुरी प्रहार हुन्छ । हत्या, हिंसा र बलात्कारका घटना दिनहुँ घटिरहन्छन। तर सरकार मुखदर्शक बनेको छ र सुशासनको सपना देख्दै मस्त निद्रामा निदाइरहेको छ अनि जब जब ब्युझ्ने गर्छ, जातिय राज्यका सपना बाढ्न तम्सिन्छ। जनताको सबैभन्दा नजिकको सरकार जनतालाइ जोड्ने भन्दा जातीय र धार्मिक द्वेष फैलाउन अग्रसर देखिन्छन् । समाजिक संजालमा एउटा स्टाटसको आधारमा धार्मिक द्वन्द निम्तिने अवस्था आएको छ। के हामिले परिकल्पना गरेको गणतन्त्र नेपाल यहि थियो त? के ब्यवस्था परिवर्तन नेता र तिनका आसेपासेको लागि मात्रै हो त? के जनताहरुलाई प्रेम आचार्य बन्न बाध्य बनाउनु गणतन्त्रको उपलब्धि हो?

ब्यवस्था परिवर्तन हुदैमा अवस्था परिवर्तन हुदैन भन्ने उदाहरण प्रष्टसङ्ग देखिसकेको छ। अवस्था परिवर्तन हुन शासकको नियत सहि हुन आवश्यक छ। बर्तमान संसदीय प्रणाली नै रहि रहदा नेतृत्वले जनतालाई पङ्गु बनाइरहने र मिलिजुली राज्यसत्ताको दोहन गरिरहने परिपाटीको अन्त्य हुन कठिन छ। प्रत्यक्ष निर्वाचित कार्यकारी अबको उत्तम बिकल्प हुनसक्छ। अवस्था परिवर्तन गर्न सचेत र बिबेकी जनता न्युनतम सर्त हो। समाजिक सद्भाव अपरिहार्यता हो।

 -अमृत बिष्ट
जनस्वास्थ्यकर्मी

 


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता सोमबार, मंसिर १५, २०८२
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण मंगलबार, वैशाख २३, २०८२
सरकारले ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्‍याउने वातावरण बनाइदिनुपर्छ - अन्तरवार्ता
सरकारले ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्‍याउने वातावरण बनाइदिनुपर्छ - अन्तरवार्ता शनिबार, वैशाख १३, २०८२
‘ब्याजदर धेरै घट्यो, लगानी विविधीकरण गर्न पाठ सिकायो’
‘ब्याजदर धेरै घट्यो, लगानी विविधीकरण गर्न पाठ सिकायो’ शुक्रबार, माघ २५, २०८१
विद्यार्थी नेता मालको आफ्नै पार्टीलाई ७ बुँदे सुझाव
विद्यार्थी नेता मालको आफ्नै पार्टीलाई ७ बुँदे सुझाव शुक्रबार, जेठ १८, २०८१
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
प्रधानमन्त्री कार्कीका स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्ती माग
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्