Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • विद्यार्थी नेता मालको आफ्नै पार्टीलाई ७ बुँदे सुझाव
विद्यार्थी नेता मालको आफ्नै पार्टीलाई ७ बुँदे सुझाव
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ १८, २०८१

बैतडी ।
राष्ट्र निर्माणको संकल्प बोकेर क्रान्तिको महासमरको यात्रामा हिड्दा थुप्रै पटक नेपाली बहादुर छोराछोरीहरुको रगत बगेको छ । ती सम्पुर्ण ज्ञात अज्ञात महान सहिदहरु प्रती हार्दिक श्रदासुमन ब्यक्त गर्दछु । घाइतेहरुलाई उच्च सम्मान सहित सिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दै संघर्षकै क्रममा पार्टीको विभिन्न जिम्मेवारीमा रहि आफ्नो जीवन उत्सर्ग गर्न तयार भएका सम्पूर्ण नेता, कार्यक्रता, शुभचिन्तक तथा बिशेषतः गाँस, बाँस र कपास दिएर कष्ट उठाउने आदरणीय न्यायप्रेमी नेपाली जनसमुदायहरुमा बिशेष आभार सहित धन्यवाद प्रकट गर्दछु । 

दस बर्षको महान जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनहरुको परिणाम स्वरुप मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समाबेशिता, मौलिक हक र अधिकार लगायतका केही महत्त्वपूर्ण जनअधिकारहरु स्थापित भई नयाँ संबिधान जारी भैसकेको छ । माओवादी पार्टीले उठाएका केही एजेन्डाहरु संबिधानमा लिपिबद्ध भए पनि उपेक्षाकृत रुपमा श्रमजीवी बर्ग र उत्पीडित जनसमुदायका अधिकारहरु सम्बोधन हुन सकेका छैनन् । ती ऐतिहासिक र महत्वपूर्ण उपलब्धिहरुको संरक्षण गर्न नयाँ ढंगले अगाडि बढ्ने जिम्मेवारी हाम्रो काधमा आएको छ चुनौतीपूर्ण संघर्षको कठघरामा उभिएर यति बेला हामिले युवाहरूको आन्दोलनलाई प्रश्नहरुको आन्दोलन होइन उत्तरको आन्दोलन बनाउन जरुरी छ ।

हामिले संघर्षको विभिन्न कित्तामा उभिएर गरेका त्याग तपस्या र बलिदानको गौरवपुर्ण बिगतबाट सुसूचित भएर चुनौतीपूर्ण बर्तमान संग संघर्ष गर्दै आत्मनिर्भरताको सुनौलो सुनौलो भबिस्य निर्माण गर्नको लागि दृढतापुर्वक अगाडि बढ्न जरुरी छ। आजको आवश्यकतालाई मध्यनजर गर्दै सिङ्गो पार्टी कमिटीलाई चलायमान बनाउन निम्नानुसारका सुझावहरु राख्दछु । 

१) कृषि , पर्यटन तथा उद्योगको क्षेत्रमा बिकास गर्नका लागि सम्भाब्यता अध्ययन गरि बिकासको मोडेल तयार गर्नुपर्दछ । 

२) राजनीतिलाई कमाई खाने भाँडोको रुपमा बिकृत मनोबिज्ञानलाई चिर्दै सिङ्गो पार्टी कमिटीलाई सामुहिक उत्पादन प्रणालीमा जोडेर आर्थिक क्रान्तिको बाटोमा  लैजानुपर्छ । 

३) सम्बन्धित क्षेत्रका बिज्ञहरुको सुझाव लिएर सिपमुलक प्रशिक्षण तथा तालिमहरुको ब्यवस्था गरिनुपर्छ। 

४) सहिद परिवार, बेपत्ता परिवार, घाईते, असहाय, गरिब, दिनदुखी तथा पीडित नागरिकका लागि अभिभावकिय संस्थाका रुपमा पार्टीलाई बिकास गर्नुपर्छ । 

५) पार्टीमा संगठित सदस्यहरुलाई योग्यता र  क्षमता अनुसारको कार्य बिभाजन गर्नुपर्दछ । 

६ ) सम्पुर्ण पार्टी सदस्यहरुको  सम्पत्ति छानबिन गर्नुपर्दछ। अनुशासन बिहिन सदस्यहरुलाई कडा कार्वाही गर्ने नीति बनाउनुपर्छ । 

७) अस्थिर राजनीति ब्यवस्थाको अन्त्य गरि स्थिर राजनीतिक ब्यवस्याको पक्षमा व्यापक माहोल सिर्जना गर्नुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता सोमबार, मंसिर १५, २०८२
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण मंगलबार, वैशाख २३, २०८२
सरकारले ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्‍याउने वातावरण बनाइदिनुपर्छ - अन्तरवार्ता
सरकारले ई-कमर्समार्फत विश्व बजारमा हाम्रा उत्पादन पुर्‍याउने वातावरण बनाइदिनुपर्छ - अन्तरवार्ता शनिबार, वैशाख १३, २०८२
‘ब्याजदर धेरै घट्यो, लगानी विविधीकरण गर्न पाठ सिकायो’
‘ब्याजदर धेरै घट्यो, लगानी विविधीकरण गर्न पाठ सिकायो’ शुक्रबार, माघ २५, २०८१
व्यवस्था त परिवर्तन भयो तर अवस्था ?
व्यवस्था त परिवर्तन भयो तर अवस्था ? शुक्रबार, असोज १९, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्