Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/साहित्य
  • Home
  • कला/साहित्य
  • 'लोक सेवा' पढ्दा प्रेम छुट्यो
'लोक सेवा' पढ्दा प्रेम छुट्यो
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, भदौ ४, २०८१

मेरो अनुभूति मलाई अभिव्यक्त गर्न पटक्कै मन थिएन् । लाग्थ्यो यो मेरो निजी विचार होला, समस्या होला । तर होइन रहेछ । मसँग नजिक रहेका र मसँग संगत गरेका थुप्रै मजस्तै सिंगल लोकसेवा परीक्षार्थी एवं नयाँ जागिरेको अनुभव रहेछ ।

यौवनमा सबैको घुम्ने,  डुल्ने, रमाउने मन हुन्छ । अझ भनौं मनोरञ्जनमा अधिक सहभागी हुने । समय, परिवेश, साथी सर्कल सबैले यो उमेरमा रमाउने वातावरण सिर्जना गरेको हुन्छ ।  तर लोक सेवा परीक्षार्थीमा प्रायः एउटा साँझा समस्या हुन्छ त्यो हो–अध्ययन । 

लोक सेवा भनेकै निरन्तर अध्ययन, अध्ययन र अध्ययन नै रहेछ । यति भन्दै गर्दा यसले लोक सेवामा जान्ने पल्टियो भन्ने नठान्नुहोला । 

लोक सेवामा के पढ्ने, कति पढ्ने, कसरी पढ्ने भनेर हाम्रा अग्रज प्रशासक प्रशिक्षक गुरूहरूले बताउनुहुन्छ । मार्गदर्शन गर्नुहुन्छ । उहाँहरूका लेख, रचना, विचार, कक्षाहरू निरन्तर अध्ययन गर्नुहोला । मलाई त्योबारे त्यति ज्ञान छैन ।

म अलि फरक पाटोतर्फ लाग्छु । मलाई लोक सेवा परीक्षार्थी भएपछि के हुन्छ भन्ने अनुभूति राम्रोसँग थाहा छ ।

संघर्षको समय  सबैको हुन्छ । त्यो बेला आफूलाई लाग्छ सायद ममात्रै हुँला यो संसारमा असफल । म सक्दिनँ होला आफ्नो लक्ष्य भेट्न । अरूभन्दा म पो कमजोर छु कि ! 

यस्तै यस्तै । ठ्याक्कै त्यो बेला साथीहरूको रमाइलो देख्दा लाग्थ्यो म पनि क्लव जाउँ, डिस्को जाउँ, ट्रेकिङ जाउँ, घुम्न जाउँ, त्यो पनि अझ आफ्नो प्रेमिकासँग । यी विविध सपना समस्या बनिदिने हो

कि भन्ने चिन्ता फेरि अर्कोतिर हुन्छ । 

परिस्थितिले यसरी बाँध्छ कि यी घुमफिर मनोरञ्जन प्रेमिका सबै प्राथमिकतामा पर्दैनन् ।

यो प्रेमिकाको प्रसंगमा थोरै केही लेख्न मन लाग्यो । सबैको एउटै विचार हुन्छ भन्ने हुँदैन । मसँग वा मभन्दा अघिपछि निजामती जागिर खाएका करिब १० जना जति साथीहरू भेटमा अचेल एउटै कुरा गर्छन् ।

‘अब त बिहे गर्नुप¥यो केटी खोज्दे न यार ।’ 
‘ए तेरो पनि प्रेमिका छैन र ?’
सबैलाई म यही प्रश्न तेर्साउँछु । 
सबैको जवाफ आउँछ
‘छैन यार ।’

कहिलेकाहीँ मेरो मनलाई पनि शान्ति मिल्छ । संसारमा म मात्रै होला सिंगल भनेको साथीहरूको अवस्था पनि आफ्नो जस्तो देख्दा मन प्रफुल्लित हुन्छ । 

प्रेमिका नभएका पनि होइनन् तर समय दिन नसकेको बहानामा, उपहार दिन नसकेको रिसले वा बेरोजगार भनेर थुप्रैलाई थुप्रैले छोडेर जाँदा रहेछन् । 

यी लोक सेवा परीक्षार्थीको प्रेम छुट्ने साँझा समस्या रहेछन् । छुटेपछि पुनः नभेटिने वा भेटिँदै नभेटिने के कारण होलान् त प्रेम नहुने प्रेमिका नभेटिने ? यी सबैका समस्या नहुन सक्छन् । कति साथीहरू त प्रेम सम्बन्धमा रहेर पनि जागिर खाएपछि बिहे गरेका छन् । धेरै साथीहरूका समस्याहरू केलाउँदा केही साझा समस्या पहिचान गरेको छु ।

१ . समय व्यवस्थापनः हुन त समयलाई आफूले व्यवस्थापन गर्ने हो समयले आफूलाई हैन तथापि परीक्षादेखि परीक्षा सम्मका तालिकाले यसरी विवश बनाउँछ कि अरू सोच्ने ध्यान हुँदैन । 

२. जागिर खानुपर्ने प्रेसर ः आफूसँगै पढ्न सुरू गरेका तथा पछि सुरू गरेका आफ्नै सहपाठीहरू जागिरे भैसक्दा आफूमा प्रेसर आउँछ अझ हाम्रो जस्तो देखासिकी गर्ने समाजमा आफू अनुत्तीर्ण

हुनुको पीडा छँदैछ । समाजमा कुरा काट्ने प्रवृत्तिले जसरी हुन्छ जागिर खाने भन्ने मात्रै ध्यान हुनु ।

३ . आफ्नो रोजाइको नभेटिनुः पढ्दै जाँदा उमेर बढ्दै जान्छ । आफ्ना पुराना साथी अझ भनौं क्लासमेट सबैको बिहे भैसक्छ । भएका पुराना प्रेमिकाको पनि अन्यत्रै बिहे भैसक्छ । केही मन पराएकाहरू आफ्नै सूरमा हुन्छन् । कतिले त बेरोजगार भनेर पनि प्रस्ताव स्वीकार्दैनन् ।

४ जागिरे भएपछिः जागिर नखाँदै कसरी जागिर खाने भन्ने मात्रै ध्यान हुन्छ । त्यतिन्जेल सबै छुटिसक्छ । जागिर खाएपछि जागिर खाने प्रेसर कम हुन्छ । अब बिहे गरौं भन्दा न कोही प्रेमिका हुन्छन् त न अरू कोही । फेरि जागिरे भएपछि मनमा अलिकति लोभ पलाउँदो रहेछ । केटी संस्कारी होस् जागिर होस् सुन्दर होस् सुशील होस या सबै गुण होऊन् । ३२ लक्षण भएकी युवती खोज्दा न भनेजस्तो युवती भेटिन्छन् उल्टै आफ्नो समय घर्किंदै जान्छ ।

यी विविध पक्षहरू मेरा निजी अनुभूति हुन् । तर साझा अनुभूति पनि हुन् भन्ने मेरो विश्वास छ । अन्तिममा मेरा मित्रहरूको वाक्य सापटी लिएर एउटा कुरा भन्छु, ’कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है !!’ 
 


प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै
महिला सशक्तीकरणका लागि मिस/मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै शनिबार, असार २८, २०८२
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा
मिस पबीले पहिलोपटक आफ्नो डिभोर्सबारे बोलिन्, १६ वर्षकै उमेरमा भएको विवाह टुटेको खुलासा शनिबार, वैशाख १३, २०८२
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
बैंकर कार्कीको आख्यान ‘इजाजतपत्र’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा बिहीबार, चैत १४, २०८१
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने
बैतडीको सिगास गाउँपालिका २ गाजरीमा भाेली देउडा कार्यक्रम हुने मंगलबार, फागुन १३, २०८१
काफल पाक्को काफल पाक्को तेरी मीठी बोली: देउडा गित
काफल पाक्को काफल पाक्को तेरी मीठी बोली: देउडा गित मंगलबार, चैत ६, २०८०
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्