Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
बिश्व
  • Home
  • बिश्व
  • जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
जातीय विभेदमुक्त विश्वका लागि क्यानडामा ‘ग्लोबल सम्मेलन’ हुँदै
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, जेठ ९, २०८२

टोरन्टो । दलित अधिकार र जातीय विभेदमुक्त विश्वका लागि नेपालीहरुको पहलमा क्यानडामा आयोजना हुन लागेको ग्लोबल सम्मेलन २०२५ को तयारी पूरा भएको आयोजकहरूले बताएका छन् ।

क्यानडामा दर्ता भई कार्यरत गैरसरकारी सामाजिक संस्था सहयात्रा इन्टरनेशनल एलायन्स फर सोसल जस्टिस क्यानडाले दक्षिण एशिया र उत्तर अमेरिकास्थित विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा जेठ ११–१३ (मे २५ देखि मे २७ सम्म) टोरन्टो, क्यानडामा यस सम्मेलन आयोजना गर्न लागेको हो ।

 

 

सम्मेलनको मुख्य विषयवस्तु ‘समता, सामाजिक न्याय र जातीय व्यवस्था अन्त्यतर्फ ऐक्यबद्धता निर्माण’ रहेको छ ।

उक्त सम्मेलनले सरकारका निकाय, नीतिनिर्माताहरू, सामाजिक अभियन्ता, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूलाई एक साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ, जहाँ ज्ञान आदान–प्रदान गर्न सकिनेछ ।

 

 

सम्मेलनको उद्देश्य जातीय व्यवस्था तथा अन्य दमनकारी अभ्यासहरूको अन्त्यका लागि सामाजिक न्याय र समता प्रवर्द्धनमा विश्वव्यापी ऐक्यबद्धता जुटाउनु हो ।

आज आयोजित पत्रकार सम्मेलनमा सम्मेलन आयोजक समितिका प्रमुख संयोजक सन्तोष विश्वकर्माले नेपालीहरुको अगुवाइमा आयोजना गर्न लागिएको यो सम्मेलन नेपालको दलित आन्दोलनमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

यसैगरी सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसाइलीले यो सम्मेलनले जातीय विभेद अन्त्य गर्नका लागि प्रभावकारी अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय स्तरमा छलफल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने जानकारी दिए ।

सम्मेलनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीतिनिर्माता, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शैक्षिक तथा अनुसन्धानकर्ता, पत्रकार, पेशेवर तथा विभेद विरुद्धका अभियानमा संलग्न सामाजिक कार्यकर्ताहरूले सम्बोधन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघका अल्पसंख्यक मामिलाका पूर्व विशेष प्रतिनिधि प्रो. फर्नान्ड दे वारनेसले उदघाटन सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

१८ जना मुख्य तथा विशिष्ट वक्ता र २० जना कार्यपत्र प्रस्तुतकर्ताको सहभागिता पक्का

विशिष्ट वक्ताहरूमा नेपालका संवैधानिक राज्य पुनःसंरचना आयोग २०११ का अध्यक्ष तथा जलवायु परिवर्तन विज्ञ डा. मदन परियार, दलित इतिहासकार तथा जीवनी लेखक ओमप्रकाश गहतराज, अग्रज दलित नारी अधिकारकर्मी दुर्गा सोब लगायत रहने छन् ।

यसैगरी अमेरिकास्थित ब्रानडाइस विश्वविद्यालयका आलोचनात्मक जातीय अध्ययन प्राध्यापक राजेश सम्पथ, वेक फरेस्ट विश्वविद्यालयका दलित अनुसन्धान प्राध्यापक स्टिभ फोल्मार, क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयका प्रवासी जातीय इतिहास अनुसन्धानकर्ता प्रो. एन मर्फी, युवा दलित अनुसन्धानकर्ता सुरज येंग्दे, संरचनात्मक जातीय विभेदसम्बन्धी अनुसन्धानकर्ता द्रोण रसाली, नेपालका स्थानीय दलित कला र सम्पदा विज्ञ प्रा. मान विश्वकर्मा, मोर्गन स्टेट विश्वविद्यालयका उच्च शिक्षामा अल्पसंख्यक प्रतिनिधित्व अध्ययन गर्ने प्राध्यापक उत्तम गौली, बञ्जामिन वेल्श लगायतले प्राज्ञिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

‘१८ जना मुख्य तथा विशिष्ट वक्ता र २० जना कार्यपत्र प्रस्तुतकर्ताको सहभागिता पक्का भइसकेको छ । हामी आशावादी छौं कि यो सम्मेलन जातीय विभेद, विशेषतः नेपालमा विद्यमान विभेदबारे अनुभव, विचार र पहलहरू प्रस्तुत गर्ने साझा मञ्च बन्नेछ,’ सम्मेलन आयोजक समितिका प्रमुख संयोजक सन्तोष विश्वकर्माले भने । साथै, यस सम्मेलनले विभेदविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता निर्माण गर्ने लक्ष्य पनि लिएको उनले जनाए ।

सामाजिक न्याययुक्त समाज निर्माणका उपायहरूमा केन्द्रित हुने

सम्मेलनमा प्रणालीगत जातीय विभेदका प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडी, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा तथा कार्यान्वयन, विभेद अन्त्यका लागि विश्वस्तरमा भइरहेको प्रयास, ज्ञान आदान–प्रदान, दलितसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तनसँग सम्बन्धित विभेदका असर, समाधान र सफल अभ्यासहरूका विषयमा छलफल हुनेछ ।

साथै, संगठनात्मक विकास, भावी रणनीति र समान र सामाजिक न्याययुक्त समाज निर्माणका उपायहरूमा पनि केन्द्रित हुने आयोजकहरूले जनाएका छन् ।

‘वर्तमानमा विश्वभर करिब २६ करोड मानिसहरू जात, वर्ण र वंशका आधारमा अमानवीय व्यवहार तथा विभेदको सिकार भइरहेका छन् । यद्यपि जातीय विभेद दक्षिण एशियाबाट उत्पत्ति भएको हो, अहिले यो विश्वव्यापी रूपमा फैलिएको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसाइलीले भने, ‘यस सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकार, शिक्षण संस्था, समुदाय, संघसंस्था र लक्षित समूहहरूको ध्यान २१औं शताब्दीकै उपयुक्त विभेदमुक्त विश्व निर्माणतर्फ केन्द्रित गराउने विश्वास गरिएको छ ।’

रसाइलीका अनुसार क्यानडाका गभर्नर जनरल मेरी साइमनले सम्मेलनको सफलताको कामना गर्दै सन्देश पठाएकी छिन् ।

पत्रकार सम्मेलनको सहजीकरण भगिरथ योगीले गरेका थिए ।

#अनलाईन खबरबाट साभार


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप बिश्व
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया 
भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध नेपालले दियो ४ दिनपछि प्रतिक्रिया  बिहीबार, पुस २४, २०८२
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो
अमेरिकी हस्तक्षेपपछि सुन–चाँदीको भाउ आकासियो सोमबार, पुस २१, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता
६ वर्षपछि ट्रम्प-सी जिनपिङ भेटवार्ता बिहीबार, कात्तिक १३, २०८२
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता
सिक्किममा बाढीमा बगेर २३ सैनिक वेपत्ता बुधबार, असोज १७, २०८०
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्