Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले मनायो १०औँ वार्षिकोत्सव, फ्रुट सलाद खाएर खुसि साटासाट
हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले मनायो १०औँ वार्षिकोत्सव, फ्रुट सलाद खाएर खुसि साटासाट
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज १२, २०८२

धनगढी । हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले १०औँ वार्षिकोत्सव मनाएको छ । विभिन्न सामाजिक कार्य गर्दै आइरहेको हेप्पिनेसले शनिबार धनगढीको आमाको माया छात्रवासमा आश्रीत विद्यार्थीलाई खाद्यान्न, शैक्षिक सामाग्री वितरण गर्दै सचेतनामुलक कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
छात्रबास सञ्चालक समिति अध्यक्ष शारदा शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीले गरेका थिए । हरेक वर्ष केक काटेर वार्षिकोत्सवमा खुुसीयाली बाड्दै आएको संस्थाले यो वर्षदेखि भने केक नकाट्ने परम्पराको थालनी गरेको छ ।


१०औँ वार्षिकोत्सवमा फ्रुट सलाद खाएर एकअर्कामा खुसी साटासाट गरिएको छ । कार्यक्रममा संस्थाका संयोजक भण्डारीले वार्षिक कार्य प्रगती र भावी योजनाबारेको प्रतिवेदन प्रस्तुुत गरेका छन् ।

 

संयोजक भण्डारीले प्रस्तुत गरेका प्रमुख कार्यहरु :

१. रगतको अभावमा कुनै पनि विरामी लाई असहज परिस्थिति सिर्जना नहोस्, थप उपचारमा समस्या नहोस् भन्ने उदेश्यले सुदूरका विभिन्न रक्त सञ्चार सेवा केन्द्रहरुको समन्वमा दुर्घटना शल्यक्रिया तथा विभिन्न रोगका कारण मानव रगत अभाव भएका बिरामीहरुका लागि सुदूरपश्चिमका विभिन्न अस्पतालहरु गरि १३८ जना बिरामीहरुको लागि ८९ पिन्ट इमर्जेन्सी गरि २१२ पिन्ट रगत आपतकालीन व्यवस्थापन गरि “रक्तदान जिवनदान” को नारालाई सफल बनाउन भएका केहि हद सम्म भए पनि सफल छौं। आगामी दिनहरुमा पनि यो सहायताको कार्यक्रम लाई थप प्रभावकारी बनाउदै लैजाने छौं ।

२. स्वास्थ्य शिक्षा सरसफाई ट्राफिक नियम लगायतका सामाजिक र रास्ट्रीय महत्त्त्वका विषयहरुमा जनचेताना मुलक कार्यक्रमहरु गर्दै विभिन्न सवारी साधन चालक, सहचालकका समस्या र गुनासाहरु सुनी सम्बन्धित निकायहरुमा पुर्याउनमा र दुर्घटना न्यूनीकरण गर्न सकिने सुझाव हरु संकलन गरि ट्राफिक प्रहरी कार्यालय लाई जानकारी गराउदै सचेत गराउने कार्यक्रमहरु लाई पनि निरन्तरता दिएका छौं भने रात्रीको समयमा हुने दुर्घटना न्युनिकरणको लागि विभिन्न क्षेत्रहरुमा चम्किने खाले रेडियम स्टिकर टाँस्ने कार्यहरु गरिएको छ। यि कार्यहरुको लागि HFH सदस्य अमर बिस्ट ज्यूप्रती विशेष आभारी छु ।

३. छाडा पशु चौपायाहरुको निःशुल्क औसधि उपचारका कार्यक्रमहरुलाई निरंतरता दिएका छौं। छाडापशु तथा निम्न स्तर भएका र औसधि उपचारमा समस्या भएका किसान दाजुभाइहरुका भन्दा बढी पशुहरुको निःशुल्क औसधि उपचार गरेका छौं भने आपतकालीन अवस्थामा रहेका र चोट पटक लागेर घाईते भएका केही पशुहरुको उद्दार गरि गौशाला लगायत सुरक्षित स्थानमा पुऱ्याउनमा सहयोग गरेका छौं। यसकार्यको लागि एच.एफ. एच इमर्जेन्सी भेटेरेनरी टिमका संयोजक राधाकृष्ण खडायत ज्यूप्रती विशेष आभारी छु ।

४. कृषि, पशुपालन, नर्सरी, पोल्ट्री फार्म सम्बन्धि किसानहरुको क्षमता अभिबृद्दी सम्बन्धि कार्यक्रमहरुलाई निरन्तरता दिदै कृषकहरुको जिवनस्तर उकास्नमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं भने एग्रीकल्चर टिम मार्फत विभिन्न किसान दाजुभाइ तथा दिदिबहिनीहरुका फलफूल तरकारी खेती लगायत विभिन्न बालिनालिमा लाग्ने रोग किराको जानकारीको लागि सिजन अनुसारको बालिनालीको जानकारी मुलुक सन्देशहरु किसान समक्ष पुर्याउने, खेतीपाती सम्बन्धि ज्ञान बाँड्ने र उनिहरुको विज्ञहरु द्वारा समस्या समाधान गर्ने कार्यहरुलाई निरन्तरता दिरहेको छौ।

५. सुदूरपश्चिम लगायत देशका विभिन्न अस्पतालहरुमा उपचाररत असहाय दिन दुःखी अत्यन्त गरिव विरामी तथा परिवारका सदस्यहरुलाई औषधि उपचारमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं। सुदूरका विभिन्न अस्पतालमा आउने र एच.एफ. एचको सम्पर्कमा आएका अति विपन्न ७ जना विरामीको औषधि उपचारमा सहयोग गरेका छौं। यसकार्यको लागि सहयोग पुऱ्याई महत्वपूर्ण भुमिका निभाउनु हुने धनगढी लगायतमा संचालित संस्थागत तथा प्राइभेट अस्पतालहरु प्रती एच.एफ. एच परिवार आभारी छौं ।

६. एच.एफ.एच सदस्यहरुको जन्मदिनको अवसरमा विभिन्न अनाथालय अन्त्यन्त गरिव, दिन दुःखि तथा असहाय व्यक्ति तथा परिवार तथा त्यस्ता व्यक्ति आश्रीत संस्थाहरुलाई सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएका छौं ।

७. व्यक्तिगत स्वतन्त्रता मानव बेचविखन महिला तथा बालअधिकारका बिसयहरुमा खोज अध्ययन तथा अनुसन्धान गर्ने कार्यहरुलाई निरन्तरता दिएका छौं भने त्यसैगरि धर्म कला संस्कृती भाषा भेसभुसा खोज अध्ययन अनुसन्धान र संवर्द्धन गर्ने कार्यहरुलाई निरंतरता दिएका छौं ।

८. संस्थाको उदेश्य अनुरुप सान्त र समृद्ध समाज निर्माणका लागि व्यावहारिक र शिक्षामुलक कार्यक्रमहरुलाई निरंतरता स्वरुप एच.एफ. एच मोटिभेस्नल टिम अन्तर्गत “ज्ञान वाडौं, ज्ञान बढाऔं अभियान लाई निरन्तरता दिएका छौं र यस कार्य लाई आगामी दिनमा झन प्रभावकारी बनाउदै लैजाने छौं ।

९. मानसिक स्वास्थ्य सम्बन्धि परामर्श सेवा लाई एच.एफ. एच मोटिभेस्नल टिम अन्तर्गत ल्याएर निरन्तरता दिने कार्य गरेका छौं। जस अन्तर्गत १ वर्षको अन्तरालमा ७ जना व्यक्तिले मानसिक स्वास्थ्य सम्बन्धि सेवा लिनु भएको छ भने केही लिने क्रममै हुनुहुन्छ, केही सामान्य भइसक्नु भएको छ। यस कार्यको लागि हामीले विशेषज्ञ चिकित्सकहरुको साथ पाउने गरेका छौं, उहाँहरु प्रती विशेष आभारी छु ।

१०. जनचेतना मुलक सन्देश प्रवाहको लागि प्रतक्ष कुराकानी तथा विभिन्न विशेष दिन पर्व दिवश लगायतको अवसर पारी Facebook live मार्फत सन्देश प्रवाह गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिने छौं ।

११. हाम्रो सम्पर्कमा आउने सुदुरका विभिन्न जिल्लाहरुमा इमर्जेन्सी असहाय गरिव दिन दुःखीहरुको लागी न्यून तथा अवस्था हेरेर अत्यन्त कम शुल्कमा तथा सरोकार निकायहरु सङ्गको पहलमा इमर्जेन्सी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यहरू लाई पनि निरंतरता दिएका छौं ।

१२. गरिव जेहन्दार तथा उत्कृष्ट विद्यार्थीहरुको लागि “एच.एफ.एच छात्रवृत्ति” अन्तर्गत छात्रवृत्ति प्रादान गर्ने कार्यको सुरुवात गरेका छौं । आगामी दिनहरुमा यो कार्यक्रम लाई थप प्रभावकारी बनाउदै लैजाने छौं ।

१३. संस्थाको कार्यक्षेत्र भित्र रहेका विविध पुरातात्विक र सांस्कृतिक धरोहरहरुको संरक्षण सम्बर्द्धन गर्दै त्यस क्षेत्रको पर्यटकिय विकासको लागि सामाजिक सन्जाल मार्फत प्रचार प्रचार गर्ने गराउने कार्यहरुलाई निरन्तरता दिएका छौं ।

१४. स्वास्थ्य सेवामा सबैको पहुँच सर्वसुलभ तरिकाले उपलब्ध होस भन्ने उदेश्यका साथ स्वास्थ्य सेवा सुधारको लागि विभिन्न खबरदारी र सकारात्मक कार्यहरुमा सरोकारवालाहरुलाई सल्लाह सुझाव र साथ समर्थन गर्ने कार्यहरुलाई निरंतरता दिएका छौं ।

१५. वेवारिसे अवस्थामा भेटीएका व्यक्तिहरुको उद्दार गरि विभिन्न संस्थाहरुको समन्वयमा उहाँहरुको लालनपालन र निगरानीमा राख्ने तथा सम्बन्धित व्यक्तिको अभिभावक सङ्ग पुनः मिलन गराउने कार्यहरू लाई पनि निरन्तरता दिएका छो।

१६. जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ भन्ने उद्देश्यका साथ आगामी दिनहरुमा वृक्षारोपण कार्यलाई सक्रिय रुपमा अगाडी बढाउने छौं ।

१७. असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई विशेष सहयोग पुगोस् भन्ने उदेश्यले HFH सदस्यहरु बाट संकलित पुनःलगाउन मिल्ने कपडाहरु कपडा बैंकलाई सहयोग गर्ने कार्यहरु लाई निरन्तर दिएका छौं यो वर्ष २२६ थान कपडा र २३ जोर जुत्ता चप्पल सहयोग गरेका छौं ।

१८. आगोले जलेर घाइते भएकि डोटीको सायल गाउँपालिका-६ की ३ वर्षीया वालिका १० दिनदेखि आर्थिक अभावले अस्पतालमै छटपटाइ रहेको हाम्रो टिमले जानकारी पाएपछी हामीले बालिकाको परिवार लाई भेटेर यहाँका अस्पतालमा उपचार सम्भव नभएपछि आर्थिक सहयोग संकलन गरि काठमाडौको किर्तीपुर अस्पतालमा पठाएका थियौं । कीर्तिपुर अस्पतालमा उहाँको जलनको पुर्ण उपचार भएपछि अहिले वालिका स्वस्थ छिनानानीको औषधि उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले अहोरात्र खटिनु हुने चिकित्सक ज्यूहरु, स्वास्थ्यकर्मी ज्यूहरु, HFH सदस्य ज्यूहरु, आर्थिक अभावको समयमा आर्थिक सहयोग गरी उपचारमा सहयोग पुऱ्याउने सम्पुर्ण आदरणीय व्यक्तित्वहरु, बुद्धिजीवी, जन प्रतिनिधि ज्यूहरू, समाजसेवीहरु, पत्रकार ज्यूहरु लगायत यहाँहरु सम्पूर्णमा हामी ज्ज परिवार हृदय देखि नै आभार प्रकट गर्दछ ।

यस्तै, हेल्प फर हेप्पिनेसले वर्षभरी सर्वोत्कृष्ट कार्य गर्ने संस्थाका सदस्य र अन्य सामाजिक व्यक्तिलाई प्रशंसा पत्रसहित सम्मान समेत गरेको छ । सम्मानित हुनेमा वर्षभर सबैभन्दा बढि रक्तदान गर्ने इमर्जेन्सी रक्तदाता बिनोद जोशी, सबैभन्दा बढि रक्तदान गर्ने र रगत व्यवस्थापन गर्ने संस्थाकै सदस्य चन्द्रकान्त अवस्थी, सडकमा वेवारिसे छाडिएको पशुको निःशुल्क औषधी उपचार र उद्दार गर्ने राधाकृष्ण खडायत, संस्थालाई सामाजिक र आर्थिक रुपमा सबल बनाउन भूमिका खेल्ने पवन पाण्डे र सार्वजनिक सवारीमा अपाङ्ग ,असहाय र जेष्ठ नागरिकलाई पुर्ण रुपमा निःशुल्क सेवा दिने अमर बिष्टलाई सम्मान गरिएको छ ।

सवारी चालक रहेका बिष्टले एक वर्षमा ४१ भन्दा बढी यात्रुलाई निःशुल्क सेवा दिएका छन् । हेप्पिनेसले आमाको माया छात्रबासलाई संस्थागत सम्मान गरेको छ । विविध कारणहरुबाट आमा गुमाएका, बुवा गुमाएका, आमा र बुवा दुबै गुमाएका वा विभिन्न कारणले आमाको माया पाउन नसकेका देखि विपन्न वर्गका, दुर्गम भूगोलका आर्थिक अभावका कारण पढ्न नसकेका आदिबासी जनजाति क्षेत्रका बच्चाहरूलाई आश्रय दिई संस्कारसहितको शिक्षा र बच्चाहरु लाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउन प्रयत्नशील रहेकोले छात्रबासलाई संस्थागत सम्मान गरिएको हेप्पिनेसले जनाएको छ ।

संयोजक भण्डारीले नाफारहित सामाजिक संस्था हेप्पिनेसले सबैको सहयोगका कारण १० वर्ष पूरा गर्न सफल भएको बताउँदै अगामी दिनमा समेत साथ, सहयोग पाउनेमा विश्वस्त रहेको बताएका छन् । #presspatra


प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्