Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्दै 'नेगोसिडा प्रशिक्षण केन्द्र'
सुनचाँदी व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्दै 'नेगोसिडा प्रशिक्षण केन्द्र'
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, पुस ११, २०८२

काठमाडौं । 
नेपाल सुनचाँदी व्यवसायी संघ, अन्तर्गत सञ्चालित नेगोसिडा प्रशिक्षण केन्द्रले सुनचाँदी तथा रत्न पत्थर व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गर्दै आएको छ ।

२०५९ साल फागुन ३० गते स्थापना भएको उक्त प्रशिक्षण केन्द्रले देशमा सुनचाँदी व्यवसायमा देखिँदै आएको कालिगढ अभावको समस्या न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताए । विशेष गरी कोभिड–१९ महामारी, राजनीतिक तथा आर्थिक उतारचढावपछि बजारमा सिर्जना भएको सीपयुक्त जनशक्तिको अभाव पूर्ति गर्ने लक्ष्यसहित केन्द्रले तालिमलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।

01-1766751384.jpg
तालिम सञ्चालनका क्रममा देखिने प्रशासनिक, नीतिगत तथा व्यवहारिक समस्याको तत्काल समाधान गर्न नेपाल सुनचाँदी व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ तथा नेपाल गोल्ड सिल्भर ट्रेनिङ प्रमोसन सेन्टरका प्रतिनिधिहरू सम्मिलित विशेष अधिकार प्राप्त स्वायत्त प्रशिक्षण समिति गठन गरी कार्य भइरहेको संघले जनाएको छ ।

नेगोसिडा प्रशिक्षण केन्द्रले नेपाल सरकारबाट मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को ८९० घण्टे दीर्घकालीन पाठ्यक्रम तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NAVT) को ३९० घण्टे छोटो अवधिको पाठ्यक्रम सञ्चालन गर्दै आएको छ । साथै लेभल–१ कक्षाहरू र बहुमूल्य रत्न पत्थर पहिचानसम्बन्धी तालिम पनि नियमित रूपमा सञ्चालन भइरहेका छन् ।

03-1766751404.jpg
तालिममार्फत स्वदेशमै दक्ष सुनचाँदी कालिगढ उत्पादन गरी वैदेशिक रोजगारीमा न्यून पारिश्रमिकमा जाने नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्य केन्द्रले लिएको छ । साथै विदेश रोजगारीमा जान चाहने युवाहरूले पनि तालिमपछि प्राप्त प्रमाणपत्रका आधारमा राम्रो अवसर पाउने अपेक्षा गरिएको छ ।

प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको तथ्याङ्क व्यवस्थित रूपमा संकलन गरी सुरक्षित राखिएको छ, जसका आधारमा रोजगारी सिर्जनाका लागि संस्थागत पहल भइरहेको छ । हालै मात्र CTEVT अन्तर्गत स्किल टेस्ट असेसर–ट्रेनर का रूपमा चार जना सुनचाँदी मूल्यांकनकर्ता, दुई जना सुनचाँदीसम्बन्धी पाठ्यक्रम निर्माण विशेषज्ञ तथा दुई जना ट्रेनिङ अफ ट्रेनर्स (TOT) प्रशिक्षकले प्रमाणपत्र प्राप्त गरिसकेको संघले जनाएको छ ।

02-1766751439.jpg
तालिम सञ्चालनका लागि कागोसिडा, NGS-TPC प्रशिक्षण भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला, प्रयोगात्मक कक्ष, बैठक कक्ष, पाहुना कक्ष तथा चमेना गृहसहित आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न गरिएको छ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई आवास सुविधासहित प्रशिक्षण केन्द्रमा आमन्त्रण गरी तालिम सञ्चालन गर्ने योजना पनि अघि बढाइएको छ ।

हाल केन्द्रले कुसुमबियालाछी–२५, ठँहिटी, काठमाडौं स्थित प्रशिक्षण भवनबाट सुन जाँचकी तथा बहुमूल्य रत्न पत्थर पहिचानसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । इच्छुक प्रशिक्षार्थीहरूले संस्थाको कार्यालय वा आधिकारिक वेबसाइट www.negosida.org मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको नेगोसिडाका बरिष्ट प्रशासक हेवेन्द्र शाक्यले बताए ।

दुई हप्ते तालिमका लागि रु. २५ हजार शुल्क र रु. १० हजार सुरक्षण जमानतसहित कुल रु. ३५ हजार निर्धारण गरिएको छ । तालिम सम्पन्न पश्चात् सुरक्षण जमानत रकम फिर्ता गरिने जनाइएको छ । महिला प्रशिक्षार्थीलाई २० प्रतिशत र अपाङ्गता भएका प्रशिक्षार्थीलाई ५० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको संस्थाले जनाएकोछ ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा शनिबार, माघ २४, २०८२
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्